Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आफ्नो कर्मक्षेत्रमा उत्कृष्ट योगदान गर्ने कनकाईका ८ शिक्षक–कर्मचारी सम्मानित
    शिक्षा

    आफ्नो कर्मक्षेत्रमा उत्कृष्ट योगदान गर्ने कनकाईका ८ शिक्षक–कर्मचारी सम्मानित

    adminBy admin२०७९ आश्विन ३०, आईतवार १८:३३ गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गाम नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिको तेस्रो परिषद भेला सम्पन्न भएको छ ।

    संगठनका नगर अध्यक्ष गोपीकृष्ण भट्टराईको सभापतित्व एवं १ नं.प्रदेश इन्चार्ज धर्मानन्द खरेलको प्रमुख आतिथ्य रहेको परिषद भेला कनकाई माविको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रममा कनकाई नगर क्षेत्र अन्तर्गतका विद्यालयमा कार्यरत ८ जना शिक्षक–कर्मचारीलाई संस्थाका तर्फबाट सम्मान गरिएको छ ।


    लामो समयदेखि निरन्तर संगठनलाई साथै आफ्नो कर्मक्षेत्रमा उत्कृष्ट योगदान गरेको मूल्याङ्कन गर्दै वर्ष उत्कृष्ट शिक्षक तथा कर्मचारीका रुपमा सम्मानको कार्यक्रम सम्पन्न गरेको बताइएको छ । त्यसरी सम्मानित हुनेहरुमा कनकाई मावि सुरुङ्गाका बल्लभकुमार गौतम, गंगाप्रसाद खतिवडा र चेतन रिजाल, सिंहदेवी आधारभूत विद्यालय टेक्राका पूर्णकुमार फुयाँल र भृकुटी मावि दुर्गापुरका बिना थपलिया रहेका छन् ।

    त्यसरी नै आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका दुर्गाप्रसाद उप्रेती र जनचेतना आधारभूत विद्यालय कनकाई–३ का सुमित्रा उप्रेतीलाई सेवानिवृत्त शिक्षकको रुपमा सम्मान प्रदान गरिएको छ । त्यसै क्रममा आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका कर्मचारी स्व. धनसिंह राजवंशीलाई मरणोपरान्त नगदसहित उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरिएको छ । संगठनका प्रदेश नं. १ ईञ्चार्ज धर्मानन्द खरेल, केन्द्रीय सदस्य बुद्धिमान कार्की , केन्द्रीय प्रतिनिधि कृष्णप्रसाद अधिकारी,संगठनका नगर अध्यक्ष भट्टराई लगायतले सम्मानित व्यक्तित्वहरुलाई सम्मान पत्रकासाथ दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ ।


    शिक्षकका हक, हित र अधिकार प्राप्तीकालागि संघर्ष गर्दै शैक्षिक क्षेत्रमा व्यापक परिवर्तन गर्ने मुख्य उद्येश्यका साथ ४३ वर्ष अघि स्थापना भएको संगठनले नेपाललाई समृद्ध बनाउँने महान अभियानमा महत्वपूर्ण भूमिका खेल्दै आएको संगठनका नगर अध्यक्ष भट्टराई बताउँछन् । कार्यक्रमको अध्यक्षता गरिरहेका संगठनका अध्यक्ष भट्टराईले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


    अध्यक्ष भट्टराईले कनकाई नगरभित्रका सामुदायिक विद्यालयका प्रअ र संगठनका वीचमा सुमधुर सम्बन्ध रहेको र यसलाई अझ प्रभावकारी बनाउने, संगठनभित्रको अनुशासन र समय परिपालनालाई जोड दिने, बनेका उपसमिति, वडा समिति र विद्यालय एकाइ समितिलाई सक्रिय बनाउने, नेपाल शिक्षक महासंघको निर्वाचनमा संगठनको नेतृत्व रहने गरी कार्ययोजना अघि बढाउने प्रतिवेदनमा उल्लेख गरेका थिए ।

    त्यसैगरी, स्थानीय नगरपालिका शिक्षा शाखा जनशक्तिमा सबल भए पनि कनकाईको शैक्षिक विकासमा प्राविधिक तथा प्रशासनिक कार्य अघि बढाउने नाममा नगरभित्रका विद्यालयमा दरबन्दी कायम भएका शिक्षकलाई कर्मचारीको रूपमा नियुक्ति गरिएकाले नगरपालिकाको सो कार्यबाट सम्बन्धित विद्यालयका विद्यार्थीको भाग्य र भविष्यमा असर परेकाले उक्त शैक्षिक क्षति हुन नदिन सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने माग गरिएको छ । स्थानीय सरकारसँग समग्र नगरको शिक्षा क्षेत्रको हितमा सहकार्य गरेर जान वातावरण निर्माण हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


    कार्यक्रममा कनकाई मावि सुरुङ्गाका प्रअ तथा आन्तरिक लेखा परीक्षण समितिका संयोजक कर्णबहादुर डाँगीले लेखा परीक्षण प्रतिवेदन र संगठनका कोषाध्यक्ष कृष्णप्रसाद गौतमले आ.व.२०७८ \ ०७९ को आयव्यय समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा औचित्यमाथि प्रकाश पारेका उपाध्यक्ष ज्ञानबहादुर रायमाझीले कनकाई विशेष कोष सञ्चालनको अवधारण पत्र प्रस्तुत गरेका थिए । प्रस्तुत सबै प्रतिवेदन तथा अवधारणापत्र सभाले पारित गरेको संगठनका नगर सहसचिव निर्मलादेवी भट्टराईले जानकारी दिइन् ।


    संगठनकी उपाध्यक्ष मेनुकादेवी तिम्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव चन्द्रप्रसाद पोखरेलले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.