Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा क्षेत्र नंं.४ मा काँग्रेस सहितको गठबन्धनका तर्फबाट प्रचार समिति गठन
    राजनीति

    झापा क्षेत्र नंं.४ मा काँग्रेस सहितको गठबन्धनका तर्फबाट प्रचार समिति गठन

    adminBy admin२०७९ आश्विन २६, बुधबार ००:४८ गते2 Mins Read

    कनकाई खबर \ झापा निर्वाचन क्षेत्र नं. ४ मा नेपाली काँंग्रेस सहितको पाँच दलीय गठबन्धनले मंसिर ४ गतेको निर्वाचन केन्द्रित प्रचार प्रसार समिति गठन गरेको छ ।

    गठबन्धनको मंगलबार सम्पन्न विशेष भेलाबाट नेपाली कांग्रेसका क्षेत्रीय सभापति जयनारायण शाहको संयोजकत्वमा ५ हजार एक सदस्यीय प्रचार प्रसार समिति गठन गरेको हो । क्षेत्रीय सभापति शाहको सभापतित्वमा सम्पन्न भेलालाई सम्बोधन गर्दै कांँग्रेस झापाका सभापति एवं क्षेत्र नं. ४ का प्रतिनिधिसभाका प्रत्यासी उमेद्वार देउकुमार थेबेले उत्साहाका साथ निर्वाचन केन्द्रित कार्यक्रममा लाग्न सम्पूर्ण कार्यकर्ताहरुलाई अनुरोध गरे ।


    आँफूहरु जनताको सेवकको रुपमा निर्वाचनमा होमिएको भन्दै थेवेले क्षेत्र नं.४ को विकास निर्माणको खाकासहित भावी योजना प्रस्तुत गरे । झापा गाउँपालिकादेखि कनकाइर्, सुकेडाँगी हुँदै दानाबारी जोड्ने सडक निर्माण गर्ने , महाभारा, दोमुखा, लारुम्बा सडक निर्माण गर्ने जस्ता विकासे योजनाका बारेमा तयार गरेको खाका थेवेले प्रस्तुत गरे । धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी पर्यटक भित्र्याउँने, झापा गाउँपालिका, कनकाई र शिवसताक्षीमा उद्योग स्थापना गर्न पहल गर्ने , शिवसताक्षीमा कृषि विद्यालय स्थापना गर्ने जस्ता योजना थेवेका आगामी कार्ययोजनाका रुपमा रहेको बताइएको छ । त्यस्तै अन्तर्राष्ट्रिय रंगशालाको निर्माण गर्ने, कनकाई, बिरिङ , कमल, बन्यानी ,सन्का खोलालाई ब्यवस्थित गर्दै जनताको जिउ धनको रक्षा गर्ने लगायतका योजनाको खाकाको बारेमा थेवेले जानकारी गराए ।

    कार्यक्रममा क्षेत्र नं.४ (क) का प्रत्यासी उमेद्वार नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य झलकसिङ दर्लामी, प्रदेश (ख) का प्रत्यासी उमेद्वार नेपाली काँग्रेस महाअधिबेसन प्रतिनिधि एकराज उप्रेतीले समेत आ—आफ्ना भावी योजनाका बारेमा तयार पारिएको पाँचवर्षे विकासे योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा एकिकृत समाजबादी पार्टीका केन्द्रिय सल्लाहकार सदस्य नारायणसिंह राजवंशी, कांँग्रेससहित गठबन्धनका नेताहरु भिम राजवंशी , भक्ती सिटौला , किरण भट्टराई , उत्तम चम्लागाईँ , रुद्र बजगाईँ , महेन्द्र भट्टराई, ख्यामराज सिटौला, विनोद ढकाल, दुर्गा प्रसाईँ लगायत विभिन्न तह तप्कामा रहेका पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.