Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा क्षेत्र नंं.४ मा दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन
    राजनीति

    झापा क्षेत्र नंं.४ मा दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन

    adminBy admin२०७९ आश्विन २३, आईतवार १६:३६ गते2 Mins Read

    कनकाई खबर \ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापाको क्षेत्र नं.४ बाट दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन भएको छ ।


    भर्खरै राप्रपामा प्रवेश गरेकी महिला उम्मेद्वार खुश्वु ओलीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी दर्ता गराएकी छन् । यस अघि देखि नै सोही पदकालागि आकांक्षी बनेकी ओलीलाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र रुपमा आफ्नो उम्मेद्वार दर्ता गराएकी हुन् । त्यस्तै राष्ट्रिय जनमुक्ती पार्टीबाट क्षेत्र अन्तर्गत प्रदेश(क)मा संगीता नेम्बाङले आफ्नो उम्मेद्वारी मनोनयन गराएकी छन् ।


    राप्रपासँग चुनावी गठबन्धन गरेको नेकपा एमालेले निवर्तमान संघीय सांसद एलपी साँवा लिम्बूलाई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेद्वार खडा गराएको छ । त्यस्तै माओवादीसहित ५ दलको गठबन्धनमा रहेको नेपाली कांग्रेसले पार्टीका जिल्ला सभापति देउमान थेवेलाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाएको छ । साँवा र थेवेसहित प्रतिनिधि सभा सदस्यकालागि २०जनाले उम्मेद्वारी मनोनयन गराएका छन् । त्यस्तै क्षेत्र अन्तर्गतको प्रदेश (क) मा निवर्तमान प्रदेश सभा सदस्य झलकबहादुर मगरसहित १० जनाले र प्रदेश (ख) मा १३ जना गरी जम्मा ४३ जनाले उम्मेद्वारी मनोनयन गराएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।


    निर्वाचन अधिकृतको कार्यालय कनकाई नगरपालिकामा भएको उम्मेद्वारी मनोनयका क्रममा सबैभन्दा बढी उमेरका ८१ वर्षीय जयप्रसाद चम्लागाईँले स्वतन्त्र तर्फ प्रदेश (ख) मा आफ्नो उम्मेद्वार दर्ता गराएका छन् भने सबैभन्दा कम उमेर भएका २७ वर्षीय किरण श्रेष्ठले समेत प्रतिनिधि सभा सदस्यकालागि उम्मेद्वारी मनोनयन गराएका छन् ।

    झापाको क्षेत्र नं.४ मा ६१ हजार १ सय १ महिला र ६२हजार २२ पुरुष साथै अन्य १ गरी जम्मा १ लाख २३ हजार १२४ मतदाता संख्या रहेको बताइएको छ । विभिन्न स्थानमा गरी ६३ मतदान स्थल रहेको यस क्षेत्रमा १४९ वटा मतदान केन्द्र रहने बताइएको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.