Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोटीहोम धार्मिक विकास संस्थामा संयुक्त प्यानल विजयी
    समाचार

    कोटीहोम धार्मिक विकास संस्थामा संयुक्त प्यानल विजयी

    ramBy ram२०७६ बैशाख ७, शनिबार १४:४७ गते3 Mins Read

    राम निरौला

    सुरुङ्गा/ कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको शुक्रवार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलका सवै उम्मेद्वार निर्वाचित भएका छन् ।
    नेपाल कम्युनिष्ट पार्टी र विवेकशिल साझा पार्टीको सहकार्यमा राप्रपाको एउटा समूहको समेत सहयोग रहेको संयुक्त प्यानलका तर्फवाट उम्मेद्वारी वनेका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्वाचित भएका हुन् । अर्का तर्फ नेपाली कांग्रेस, राप्रपा नेपाल र संघीय समाजवादी फोरम नेपालको सहकार्यमा लोकतान्त्रिक समावेसी प्यानल निर्माण गरी निर्वाचनको मैदानमा रहेको थियो ।

      निर्वाचित भएका संयुक्त प्यानलका पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा नवलकिशोर दत्तले ७५० मत प्राप्त गरेर २२७ मतको अन्तरले विजयी वनेका छन् भने उनका प्रतिष्पर्धी लोकतान्त्रीक समावेसी प्यानलका अध्यक्षका प्रत्यासी गंगाराम दहालले ५२३ मत प्राप्त गर्न सफल भएका छन् । विजयी वनेका दत्त लामो समयसम्म शिक्षा क्षेत्रमा काम गरेका सेवा निवृत्त शिक्षक समेत हुन् ।

      यस क्षेत्रमा सवै जातजाती, वर्ग र समुदायका जनतावीच लोकप्रिय वन्दै आएका दत्त कनकाई नगरपालिकाको कार्यपालिका सदस्य समेत हुन् । नवनिर्वाचित अध्यक्ष दत्तले कोटीहोम धार्मिक विकास संस्थाको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए । त्यस्तै अध्यक्षका प्रत्यासी दहाल लामो समयदेखी संस्थाको सहसचिव, सचिव, महासचिव लगायत विभिन्न जिम्मेवारीमा रहँदै निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका थिए ।

      विभिन्न धार्मिक एवम् सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर सफल कार्य सम्पादन गरिरहेका दहाल समाजका एक शालीन एवम् सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । त्यस्तै अन्य सवै पदाधिकारीहरु समाजका अग्रज व्यक्तित्वका रुपमा क्रियाशिल सामाजिक अभियन्ताका रुपमा परिचित छन् । जस मध्येका वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद ओलीले ७२२ मत प्राप्त गरी विजयी वनेका छन् भने उनका प्रत्यासी नारायणप्रसाद पोखरेलले ५४४ मत प्राप्त गरेका छन् ।

      धार्मिक उपाध्यक्षमा टंकप्रसाद सुवेदीले ६९६ मत प्राप्त गरी विजयी वनेका छन् भने उनका प्रतिस्पर्धी कविन्द्र संग्रौलाले ५५४ मत प्राप्त गरेका छन् । त्यस्तै पर्यटन उपाध्यक्षमा दिननाथ खतिवडाले ७२५ मत प्राप्त गरेर विजयी वनेका छन् भने उनका प्रतिस्पर्धी रामप्रसाद अधिकारीले ५३२ मत प्राप्त गर्न सफल भएका छन् । त्यस्तै महासचिवमा डिल्लीराम वाह्रकोटीले ७३८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रेणुप्रसाद कडेलले ५१९ मत प्राप्त गर्न सफल भएका छन् ।

      त्यस्तै सचिवमा अम्विकादेवी खरेलले ६४२ मत प्राप्त गरेर विजयी भएकी छन् भने प्रतिस्पर्धीका रुपमा रहेका रमेश संग्रौलाले ५९५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा नरेन्द्रप्रसाद फुयालले ७४४ मत प्राप्त गरी विजयी वनेका छन् भने उनका प्रतिस्पर्धी रमेश शेर्पाले ५७६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक टिका पोखरेलले वताएका छन् ।

      त्यस्तै विजयी वनेका सदस्यहरुमा क्रमशः दलवहादुर विश्वकर्मा६१७, टीका अधिकारी६५२, श्रीप्रसाद खरेल ६८०, चन्द्रप्रसाद भेट्वाल ६५६, रघुनाथ भट्टराई ६८०, गोविन्दप्रसाद चापागाईँ ६६६, खेम शिवाकोटी ६७४, खेमनाथ खत्री ६४४, गीता चौहान ६६६, ईश्वरा थापा ६५६, टीकाराम प्रसाईँ ६५०, गणेशप्रसाद कडरीया ६३६, मनोजकुमार शिवाकोटी ६५३, खड्गप्रसाद प्रसाईँ ६४५, सोमनाथ खतिवडा ६३७ र भानुभक्त नेपालले ५६२ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका सदस्य रुपनारायण खतिवडाले वताएका छन् ।

      प्रत्यासीका रुपमा रहेका सदस्यहरुमा क्रमशः छत्रवहादुर कार्कीले ५२३, निलम ढकालले ५१९, गणेशप्रसाद ढकालले ५०७, देवीकुमारी शिवाकोटीले ४९६, मानवहादुर पौडेलले ५१३, मोहन राजवंशीले ४७६, गोपालप्रसाद सिग्देलले ५०८, पुरुषोत्तम ढकालले ५१८, हरिप्रसाद सेडाईँले ५०८, कैलाशमान दर्जीले ४६८, चन्द्रप्रसाद रिजालले ५३८, गीतादेवी पाण्डे भेट्वालले ५१९, गोमा सिटौलाले ५१३, रामनाथ ढकालले ४८७, मीनाकुमारी पाठकले ५०२, गीता उप्रेतीले ४८० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सदस्यमा स्वतन्त्रका रुपमा रहेका लिलाप्रसाद अधिकारीले ८८, गुरुप्रसाद निरौलाले ३७ र सुदर्शन दाहालले ९४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य ईन्द्र रोक्काले वताएका छन् ।

     संस्थामा १४ सय ४३ मतदाता रहेकोमा १३ सय सात मत खसेको थियो । अध्यक्षसहित सातजना पदाधिकारी र १६ जना सदस्य गरी २३ पदका लागि भएको निर्वाचनमा दुईवटा प्यानलविच प्रतिस्पर्धा भएको हो । सदस्य पदका लागि तीनजना स्वतन्त्र सहित अन्य ४६ जना गरी दुवै प्यानलका ४९ जनाको उम्मेद्वारी परेकोमा संयुक्त प्यानलका २३ जना निर्वाचित भएका हुन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.