Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा राप्रपासँगको तालमेलमा उम्मेद्वारको टुंगो लगाउँदै नेकपा एमाले
    राजनीति

    झापामा राप्रपासँगको तालमेलमा उम्मेद्वारको टुंगो लगाउँदै नेकपा एमाले

    adminBy admin२०७९ आश्विन २१, शुक्रबार ०६:५५ गते3 Mins Read

    कनकाई खबर \ नेकपा एमालेले झापाका पाँचवटै संघीय र प्रदेश सांसदका उम्मेद्वारको टुंगो लगाएको छ । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चारवटा संघीय र ८ वटा प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको छ । उम्मेद्वारहरुको अन्तिम सूची आज नै झापा आइपुग्ने पार्टी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार झापा क्षेत्र नं. ५ मा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बन्नेछन् । क्षेत्र नं. १ मा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सार्ने निर्णय भएको छ । उक्त क्षेत्रबाट संघीय सांसदका लागि सर्वसम्मत सिफरिसमा परेका केन्द्रीय सदस्य रविन कोइरालालाई प्रदेशसभा सदस्य बनाइने भएको छ ।

    क्षेत्र नं २ मा स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरे उम्मेदवार बन्नेछन् । क्षेत्र नं ३ मा एमालेले राप्रपालाई छोडेको छ । सो क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उम्मेद्वार बन्नेछन् । यस्तै क्षेत्र नं। ४ मा लालप्रसाद ९एलपी० सावाँ लिम्बूले पुनः उम्मेदवारी पाएका छन् । प्रदेश सभातर्फ क्षेत्र नं .१ को ख क्षेत्र राप्रपालाई छोडेर क क्षेत्रमा एमाले केन्द्रीय सदस्य कोइरालालाई उम्मेद्वार बनाउने तयारी छ । क्षेत्र नं. २ को क बाट निवर्तमान सांसद एकराज कार्की नै उम्मेदवार बन्नेछन् भने ख बाट पार्टीका प्रदेश सचिव चिन्तन पाठक उम्मेदवार निश्चित भएका छन् ।

    यस्तै, निर्वाचन क्षेत्र नं. ३ ख मा एमाले केन्द्रीय सदस्य हरि राजवंसी र क मा प्रदेश सदस्य एवं निवर्तमान सांसद बसन्त बानियाँ उम्मेद्वार हुनेछन् । क्षेत्र नं ४ क बाट एमालेका राधाकृष्ण खनाल उम्मेदवार बन्नेछन् भने ख क्षेत्र राप्रपाले उम्मेदवार पठाउने छ । निर्वाचन क्षेत्र नं. ५ को क मा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व प्रदेश मन्त्री हिक्मत कार्की र ख मा पार्टीका प्रदेश सदस्य होमबहादुर थापा उम्मेद्वार बन्ने निश्चित भएको छ ।

    कांग्रेस नेतृत्वको गठबन्धन

    नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले पनि माओवादीसँगको तालमेलमा झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । कांग्रेसले निर्वाचन क्षेत्र नं। १, ३ र ४ आफूले लिएर २ र ५ माओवादीलाई छाडिदिएको छ ।

    पार्टी स्रोतका अनुसार प्रतिनिधिसभा क्षेत्र नं। १ बाट महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार बन्नेछन् । क्षेत्र नं। ३ बाट पूर्वमहामन्त्री तथा नेपाल सरकारका पूर्वमन्त्री कृष्ण सिटौलाले उम्मेदवारी दिँदैछन् भने क्षेत्र नं। ४ बाट जिल्ला सभापति देउकुमार थेवे उम्मेदवार बन्ने निश्चित भएको छ ।

    प्रतिनिधिसभा क्षेत्र नं। २ मा एमाओवादीका नेतृ तथा पूर्वमन्त्री धर्मशीला चापागाईं र क्षेत्र नं। ५ मा रञ्जित तामाङले प्रतिष्पर्धा गर्नेछन् । यसैबीच सत्ता गठबन्धनको भागवण्डामा झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रलाई दिने निश्चित भएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् ।

    झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि काँग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाईँ, जलकुमार गुरुङ र छत्र गिरीको नाम सिफारिस गरेको थियो । झापा २ मा काँग्रेसले जित्नसक्ने स्थानमा माओवादीलाई सुम्पिएको भन्दै बुढाथोकीले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टीभित्र संस्थापन पक्षका नेता बुढाथोकीले माओवादीलाई उम्मेदवार बनाएर पार्टीले आफ्नो नाक काटेको टिप्पणी गरेका छन् ।

    स्थानीय तहको मतको आधारमा कांग्रेसभन्दा एमाले यस क्षेत्रमा अगाडि छ । एमालेले ३४ हजार ४१२ मत पाउँदा दोस्रो शक्ति काँग्रेसले ३१ हजार १५८ मत पाएको थियो । माओवादी केन्द्र झापामा चौथो शक्ति हो । माओवादीले स्थानीय चुनावमा दुई हजार ३५७ मत पाएको थियो ।

    झापा २ बाट नै नेकपा मालेका महासचिव सिपी मैनालीले पनि उम्मेदवारी दिने चर्चा छ । नेकपा एमालेको साथ पाएमा आफू सो क्षेत्रबाट प्रतिष्पर्धा गर्ने उनको धोको छ । प्रदेश सभातर्फ नेपाली कांग्रेसका आकांक्षीको संख्या अत्याधिक भएकाले क्षेत्र नं. २ क बाट जलकुमार गुरुङको लगभग निश्चित भए पनि अन्य उम्मेदवारहरुबारे पार्टी स्रोत मौन बसेको पाइन्छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.