Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने
    कनकाई नगरपालिका

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ श्रावण ३०, शनिबार १६:३० गते4 Mins Read

    कनकाई खबर / झापा क्षेत्र नं.४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शम्भुप्रसाद ढकाल सुस्केरा सहितको परिवारका तर्फबाट आफ्नी ममतामयी माता स्व.जसोदा ढकालको स्मृतिलाई सधैं बचाइराख्न -आमा बगैंचा- निर्माण गर्ने उद्घोष गरिएको छ ।

    हाल स्व.माताको दशगात्रा कर्ममा रहेकै बेला सिसा फ्रेमिङ मार्फत समबेदनाको बिकल्पमा बिरुवालाई प्राथमिकता दिँदै सांसद ढकालले सामाजिक संजाल मार्फत –आमा बगैंचा– निर्माण गर्ने उद्घोष गरेका हुन् ।

    सिसा फ्रेमिङ गरेको समवेदना पत्र धैरै संकलन भएर त्यसको व्यवस्थापनमा समस्या आएको भन्दै सांसद ढकालले प्रियजनको फोटोजडित सामग्री बोरामा राख्न, खाटमुनि वा गोठमा थन्क्याउन बाध्य हुनु दुःखद भएको बताएका छन् । यस्तो संवेदनशिल विषयमा बिकल्प खोज्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै विगत चार वर्षदेखी अभियानमा लागेका, रास्वपाका नेता समेत रहेका सांसद ढकालले आँफैंबाट यसको सुरुवात गर्न लागेको बताएका छन् ।

    समवेदना बापत सिसाफ्रेमिङको विकल्पका रुपमा दिवंगतको स्मृतिमा विरुवा रोप्ने र विरुवासँगै आफ्ना स्वर्गबासी अग्रज एवं प्रियजनहरुलाई सधैं सधैं बचाइराख्ने उद्येश्यका साथ सांसद ढकाल सहित परिवारजनका तर्फबाट आफ्नी ममतामयी माताको स्मृतिलाई सधैं बचाइराख्न –आमा बगैंचा- निर्माण गर्ने उद्घोष गरिएको हो ।

    सुस्केरा सहित परिवारजनकी एक असल अभिभावक झापाको कनकाई १ निवासी जशोदा ढकालको ८०बर्षको उमेरमा यहि साउन २३ गते शनिवार राती ११ बजे निधन भएको हो । शारिरीक रुपमा अस्वस्थ भएपछि उपचारकालागि ढकाललाई बिर्तामोड हुँदै थप उपचारकालागि नोबेल मेडिकल कलेज बिराटनगर लगिएकोमा उपचारकै क्रममा उहाँको निधन भएको जनाइएको छ ।
    स्व. माताको आइतबार दिउँसो १ बजे कनकाई घाटमा अन्तीम दाहसंस्कार गरिएको हो । स्थानीयस्तरका विभिन्न सामाजिक एवं धार्मिक संघसंस्थाहरुबाट जेष्ठ नागरिकको रुपमा सम्मानित भइसक्नुभएकी अत्यन्तै सरल एवं धार्मिक स्वभावकी स्व.माता केही समयदेखी शारिरीक रुपमा अस्वस्थ भइ उपचारकै क्रममा रहनुभएको थियो ।

    स्व.ढकाल पिता नन्दलाल घिमिरे र माता नन्दमाया घिमिरेको कोखबाट साहिँली छोरी -काइलो सन्तान) को रुपमा वि.सं.२००३ फागुन २१ गते खोटाङको मझुवामा जन्म भएको थियो । यस्तै २०१६ फागुनमै खोटाङको निर्मली डाँडा लामाखुका चरणप्रसाद ढकालसँग विवाह भएको थियो । दिवंगत २ छोरा सहित उहाँको कोखबाट ५ छोरा र २ छोरीको जन्म भएको थियो ।

    खोटाङबाट झापा बसाई सर्ने क्रममा तत्कालीन सुरुङ्गा गाउँपञ्चायत वडा नम्बर १ हालको कनकाई १ मा वि.सं.२०३६ फागुन २० गतेदेखी स्व. ढकालको आफ्नो परिवारका साथ स्थायीरुपमा बसोबास रहेको हो ।

    वि.सं. २०४० मा ३७ वर्षको युवा उमेरमै आफ्नो पतिको बियोग सहनु परेपछि जीवनको सुनौलो उमेरमै असह्यै शोकमा परे पनि अत्यन्तै धैर्यताका साथ सन्तानको दोहोरो अभिभावकीय जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो । संघर्षशील जीवनबाट सन्ततिको सफल र उज्ज्वल भविष्य निर्माताको उदाहरण बन्न सफल माता स्व.जसोदा ढकाल आफना सन्ततीका साथ सक्रिय जीवन यापन गरिरहनुभएको थियो ।

    स्व.ढकालका जीवन कालमा केही अविष्मरणीय दुखद संयोगहरू समेत उल्लेखनीय रहेकाछन् । वि.सं.२०४० मा दशैँका लागि कुटेका चिउरा श्रींमानका मलामीहरुलाई खाजा खुवाउनुपरेको थियो भने वि.सं.२०६२ को वैशाखमा मातातिर्थ औँशीका दिन आफ्नी आमालाई गुमाउनु परेको थियो ।

    त्यस्तै वि.सं.२०७८ को कात्तिकमा तिहारको भाइटिका लगाउन आँटेको बेला स्व.ढकालका दाजुको निधन भएको थियो । आफूले कठोर शोक, संघर्ष र पीडा झेलेर सन्तानलाई आजको सफलतामा ल्याइपुर्याउने जन्मदाता, जन्मदाता मात्रै नभइ सामाजिक कार्यमा सन्तानलाई सदैव प्रेरित गर्ने उदाहरणीय सामाजिक अभिभावकका रुपमा परिचित हुनुहुन्थ्यो ।

    मातृत्व र अभिभावकत्वको अथाह ऋण यस जुनिमा तिर्न असम्भव रहेको बताउँदै माता स्व.ढकालका छोरा झापा क्षेत्र नं.४बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शम्भुप्रसाद ढकालले समस्त छोराछोरी नातिनातिनाहरु सहित परिवारका तर्फबाट आमाको बैकुण्ठ बासको कामना गरेका छन् ।

    कनकाई खबरका सम्पादक/प्रकाशकसँगको छोटो संवादमा सांसद ढकालले आंमाको उपचारमा प्रत्यक्ष संलग्न कनकाई नगरअस्पताल सुरुङ्गा, कनकाई अस्पताल बिर्तामोड, नोबेल अस्पतालका निर्देशक डा. सुनिल शर्मा सहित समस्त डाक्टर र नर्सहरू साथै प्रत्यक्ष अप्रत्यक्ष सहयोगी महानुभावहरूप्रति आभार प्रकट गरेका छन् । साथै शोकको घडिमा स्व.माताको अन्त्यष्टि कर्म, समवेदना, श्रद्धान्जलिमा सहभागि हुनुभएका सबैप्रति नमन गर्दै परिवारका तर्फबाट आभार प्रकट गरिएको छ ।

    शोकको यस घडीमा कनकाईको सुरुङ्गामा प्रधान कार्यालय रहेको कनकाई खबर डटकम अनलाइन सहित कनकाई खबर साप्ताहिक परिवारका तर्फबाट शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनहरु स्व. माताका जेठाजु तारानाथ ढकाल सहितको परिवार, छोराबुहारीहरू क्रमशः नारायण र उषा ढकाल, शम्भुप्रसाद र शारदा ढकाल, ध्रुव र चन्द्रा ढकाल, छोरी ज्वाइँ गोमा र बासुदेव काफ्ले, बिमला र जीवन खनाल, नातिनातिनी सन्तोष ढकाल, विनिता गौतम, सरोज ढकाल, मुना काफ्ले, सुशानदेव ढकाल, सविना ढकाल, समृद्धि ढकाल सहित सम्पूर्ण ढकाल बन्धुहरुमा धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस भन्ने कामना सहित हार्दिक श्रद्धाञ्जलि एवं गहिरो समवेदना प्रकट गर्दछौं ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.