Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण
    कनकाई नगरपालिका

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    कनकाई खबरBy कनकाई खबर२०८३ श्रावण ३०, शनिबार १८:११ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकामा अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण गरिएको छ ।
    कनकाई नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षिय साझेदारीमा विभिन्न १७ किसिमका सहायक सामाग्री १३ जना अपांगता भएका नागरिकहरुलाई वितरण गरिएको हो ।

    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको अध्यक्षता एवं नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमका बीच सामाग्री वितरण गरिएको हो । कनकाई नगर क्षेत्रका विभिन्न वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि अवस्था र आवश्यक्ताका आधारमा यस अघिदेखी नै विभिन्न किसिमका सहायक सामाग्री वितरण हुँदै आएको कनकाई नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख तुलसा थापाले जानकारी दिएकी छन् ।

    कनकाई नगरमा करिब १ हजार २ सयको संख्यामा अपाङ्गता भएका व्यक्ति भएपपनि आवश्यकता र अवस्थाका आधारमा नगरका सबै वडामा सहायक सामाग्री बितरण हुँदै आएको बताइएको छ । कनकाई नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरु साथै त्यस्ता परिवारका सदस्यहरुलाई लक्षित गरी आयआर्जनमा टेवा पुर्याउने उद्येश्यले कनकाई नगरपालिकाले यस अघि विभिन्न विधामा ६५ दिने तालिम समेत दिएर आत्मनिर्भर बनाउने प्रयास गरेको बताइएको छ ।

    अपाङ्गता भएका नागरिकहरूलाई एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न असहज भइरहेको अवस्थामा सहायक सामग्रीले सहज बनाउने विश्वास व्यक्त गर्दै नगर प्रमुख पोखरेलले यस किसिमको सहयोगले लक्षित वर्ग प्रत्यक्ष रुपमा लाभान्वित भएको बताएका छन् । यस पवित्र कार्यमा सहकार्य गर्ने कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनप्रति नगर प्रमुख पोखरेलले धन्यवाद सहित आभार प्रकट गरे ।

    त्रिपक्षिय साझेदारीमा भएको सहायक सामाग्री वितरण कार्यक्रमले सम्बन्धित व्यक्ति र परिवारलाई ठूलो राहत मिलेको भन्दै कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले आगामी दिनमा समेत यस किसिमको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्नेमा जोड दिएकी छन् । अपाङ्गताका क्षेत्रमा विभिन्न कार्यक्रम सहित सहकार्य गर्दै आएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनका प्रतिनिधिहरुलाई समय समयमा आवश्यक सामाग्री सहित लक्षित वर्गसँगको भेटघाटमा आउनुपर्ने तर्फ जोड दिँदै उपप्रमुख शिवाकोटीले सम्बन्धित परिवारबाट समेत अपाङ्गता भएका व्यक्तिहरुको विशेष ख्याल गर्न अनुरोध गरेकी छन् ।

    सहायक सामाग्री वितरण कार्यक्रममा सिबिआर बिराटनगरका प्रबन्धक नबिन दहाल सहितको प्राविधिक टोलीले आवश्यक सहजीकरण गरेको जनाइएको छ । प्रवन्धक दहालले यो सहयोग एवं सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्वता व्यक्त गरेका छन् ।

    सहायक सामाग्री वितरण कार्यक्रमको सहजीकरण कनकाई नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख तुलसा थापाले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.