Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
    समाचार

    कनकाईमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    adminBy admin२०७९ आश्विन २१, शुक्रबार ०१:३५ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा क्षेत्र नं.४ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कनकाई नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कनकाई नगरपालिकामा झापा क्षेत्र नं.४ को निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले निर्वाचन प्रयोजनकालागि कनकाईसहित क्षेत्र अन्तर्गतका पालिकाको तर्फबाट आवश्यक्ता अनुसार सहयोग गर्ने प्रतिवद्धता जनाए । निर्वाचनलाई चुस्तदुरुस्त बनाउँने कार्यमा राजनीतिक दल, नागरीक समाज लगायत सम्बन्धित सबैले आ—आफ्नो जिम्मेवारी सम्झनु पर्ने भन्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले सुरक्षा निकाय थप सक्रिय हुनु पर्ने तर्फ जोड दिए ।

    निर्वाचन अधिकृत प्रकाश गौतमले झापा क्षेत्र नम्बर४को निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन् । यस अघि नै जिल्ला समन्वय समिति भद्रपुरको कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । झापा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय समेत रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । झापामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीलाई तोकिएको छ ।

    अघिल्लो निर्वाचनहरूमा सदरमुकाममै जिल्लाका पाँचवटै निर्वाचन कार्यालयको स्थापना हुँदै आएकोमा यस पटकदेखि छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए।

    उम्मेद्वारी मनोनयनदेखि मत गणना समापन सम्मको कार्य सम्पन्न गर्नकालागि झापाको ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले बताए ।
    झापाको क्षेत्र नं. १ मा मेचीनगर नगरपालिकाको कार्यालय, क्षेत्र नं. २ मा अर्जुनधारा नगरपालिकाको कार्यालय, क्षेत्र नं.३ मा जिल्ला समन्वय समिति भद्रपुरको कार्यालय, क्षेत्र नं. ४ मा कनकाई नगरपालिकाको कार्यालयमा र क्षेत्र नं. ५ को दमक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताइएको छ ।

    कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहित, धाँधलीरहित र शान्तिपूर्ण बनाउन राजनीतिक दलहरूसहित सबै पक्षसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् । यहि असोज १२ गतेदेखि सुरु भएको निर्वाचन आचार संहितालाई कडाईका साथ लागु गराउँदै २३ देखि २६ गते सम्म हुने उम्मेद्वारी दर्ता साथै चुनाव चिन्ह वितरण सम्मका निर्वाचन कार्यक्रम तय गरिएको बताइएको छ । उम्मेद्वारी मनोनयनकालागि निर्वाचन अधिकृतको कार्यालयमा जाँदा एउटा राजनीतिक दलबाट २५ जना भन्दा बढीको उपस्थिती हुन नपाउँने व्यवस्था भएको बताइएको छ ।

    निर्वाचन अधिकृत प्रकाश गौतमको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको एक संक्षिप्त कार्यक्रमका विच कनकाईमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्लाका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अब निर्वाचन गतिविधिले तीव्रता पाइसकेको बताए ।

    निर्वाचनलाई शान्तीपूर्ण र भय रहित बनाउँनकालागि चार वटै सुरक्षा निकाय आ—आफ्नो तयारीमा जुटिसकेको बताउँदै सहायक प्रजिअ न्यौपानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउने कार्यमा कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

    सुरक्षा निकायका प्रमुख सहित स्थानीय तहमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव शिव ढुङ्गेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवं झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, राप्रपाका क्षेत्रीय संयोजक नारायण पोखरेल, संघीय समाजवादीका प्रतिनिधि किरण लिङदेन, स्वतन्त्र तर्फका शम्भु सुस्केरा लगायतले निर्वाचन भयरहित वातावरणमा स्वतन्त्र, निस्पक्ष र शान्तीपूर्ण वातावरणमा सम्पन्न हुनु पर्ने तर्फ जोड दिए । निर्वाचन आचार संहिता पालना गर्ने सम्बन्धमा समेत उनीहरुले सामुहिक प्रतिवद्धता जनाए ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.