Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?
    समाचार

    दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन १९, बुधबार ०२:०९ गते2 Mins Read

    १९ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटलाई तोकिदिएको छ ।

    ११ बजेर ५१ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ?

    ‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’

    ‘साइतमा मिल्छ भने ११ बजेर ५१ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा. गौतमले भने ।

    सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए ।

    ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने ।

    टीका र जमरा देवीको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न आज दिनभरी नै टीका लगाउन शुभ हुने अधिकारीले बताए । आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत ११ बजेर ५१ मिनेटको दिइएको उनले बताए । समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाए राम्रो हुने उनले बताए ।

    तर टीका लगाउनु अघि देवी विसर्जन भने गर्नैपर्ने उनले बताए ।

    देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था  भए के गर्ने ?

    देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारीले बताए ।

    टीका लगाउनुअघि आज बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जनको साइत तोकिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

    कतैकतै पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । पूर्णिमासम्म टीका लगाउँदा पनि केही फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. गौतमले बताए । ‘देवीको प्रसाद हो, पूर्णिमासम्म लगाउँदा पनि राम्रै हुन्छ,’ उनले भने ।

    मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।

    घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

    असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.