Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा वृहत सन्थाल मेला, प्रतियोगितात्मक नृत्यको उपाधी गौरीगञ्जलाई
    कनकाई खबर बिशेष

    कनकाईमा वृहत सन्थाल मेला, प्रतियोगितात्मक नृत्यको उपाधी गौरीगञ्जलाई

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन १७, सोमबार ०४:२३ गते3 Mins Read

    कनकाई खबर / झापाको सुरुङ्गामा वृहत कनकाई सन्थाल मेला सम्पन्न भएको छ ।

    वडा दशैंको अवसर पारेर फुलपातीका दिन सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा सम्पन्न प्रतियोगितात्मक सन्थाल नृत्यको उपाधी जियोर्ड झरना सन्थाल क्लव गौरीगञ्जले हात पारेको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट १६ वटा सन्थाल समूहको प्रत्यक्ष सहभागीता रहेको प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए । खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले लोप हुँदै गएको सन्थाल समुदायको संस्कृति संरक्षणमा सक्रियता देखाएको छ ।

    “खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानले स्थानीय सरकारसँगको समन्वयमा समाज रुपान्तरणकालागि भूमिका खेल्दै अघि बढ्ने संस्थाका अध्यक्ष थपलियाले प्रतिवद्धता जनाएका छन् ।

    सन्थाल नृत्य प्रतियोगितामा उत्कृष्ट भएको गौरीगञ्जलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले क्षय हुँदै गएको सन्थाल संस्कृतिको संरक्षणकालागि २०७४ को संविधानबाट थप सहयोग पुगेको बताए । संविधानको मर्म र भावना अनुरुप सन्थाल संस्कृतिको संरक्षणमा कनकाई नगरपालिका समेत जिम्मेवारीका साथ अघि बढेको बताउँदै नगर प्रमुख पोखरेलले कनकाई सन्थाल मेलालाई नगरपालिकाले वडा दशैंको फुलपातीका दिन विशेष पर्वका रुपमा मनाउँदै अघि बढ्ने बताए । विभिन्न जातजाती,धर्मसंस्कृति र सम्प्रदायप्रति आस्था राख्ने मानिसहरुको बसोबास रहेको कनकाईमा सन्थाल संस्कृतिको संरक्षण तर्फ स्थानीय सरकारले कुनै कन्चुस्याईँ नगर्ने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाए ।

    प्रतियोगितामा प्रथम हुने गौरीगञ्ज सन्थाल समूले नगद ३१ हजार र प्रशंसा पत्र प्राप्त गरेको छ भने द्वितीय हुने झापा गाउँपालिकाले नगद रु.२५ हजार , तृतीय हुने बाह्रदशी ३ राजगडले नगद २१ हजार , चौथो हुने मदरगाछ सन्थाल झापा गाउँपालिका—७ ले नगद १८ हजारसहित सबैलाई प्रशंसा पत्र प्रदान गरिएको प्रतिष्ठानका उपाध्यक्ष हरिकुमार कार्कीले जानकारी दिए । अन्य सहभागी समूहलाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार समेत प्रदान गरिएको उपाध्यक्ष कार्कीले बताए ।

    मेला सम्पन्न गर्नकालागि कनकाई नगरपालिकाले एक लाख , कनकाईको वडा नं. ३ बाट प्रथम पुरस्कार, वडा नं.४ बाट दोस्रो पुरस्कार, वडा नं. २ बाट तेस्रो पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । त्यस्तै चौथो पुरस्कार रु.१८ हजार समाजसेवी एकराज उप्रेतीबाट प्राप्त भएको थियो भने पाँचौं पुरस्कार प्रिमियम कन्सल्टेन्सीका संचालक प्रज्ञान थपलिया र मौसम गिरीबाट प्राप्त भएको बताइएको छ । त्यस्तै वडा नं.७ का वडाअध्यक्ष भिष्मभुषण सिटौलाले समेत रु.१५ हजार सहयोग गर्ने बताएका छन् ।

    नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा सामाजिक अभियन्ता सुनिल भेट्वाल, नारायण पोखरेल,राजेन्द्र उप्रेती,सुनिल मुर्मू र बुद्धिलाल मुर्मू रहेका थिए । प्रतियोगितामा सहभागीहरुको भेषभुषा, नृत्य प्रस्तुती, सहभागी संख्या लगायतको मुल्यांकन गरिएको बताइएको छ ।

    प्रतिष्ठानका अध्यक्ष छवी थपलियाको सभापतित्व रहेको उद्घाटन समारोहमा प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, पुर्वअध्यक्ष दुर्गा प्रसाईँ, दिनानाथ खतिवडा लगायत कनकाई नगरपालिकाका कार्यपालिका सदस्य साथै वडाअध्यक्षहरुसहितका जनप्रतिनिधि, स्थानीय सामाजिक साथै राजनीतिक दलका प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको बताइएको छ । रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाईँले शुभकामना मन्तव्य राखेको कार्यक्रममा रोटरी क्लवकै पुर्व अध्यक्ष टिकाप्रसाद जमरकट्टेलले सन्थाल भाषामा शुभकामना मन्तव्य राख्दै सहभागीहरुको ध्यान केन्द्रित गरेका थिए । प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव मान्ता खरेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.