कनकाई खबर \ वडादसैको अवसरमा संचालन भएको कनकाई नगरपालिका ६ को टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधी मन्सापुर टोलले हात पारेको छ ।
शनिवार भएको फाइनल खेलमा मन्सापुरले गायत्री आदर्श टोललाई ट्राईब्रेकरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । उपाधिसगै मन्सापुरले नगद १५ हजार प्राप्त गर्यो, उपबिजयी हुने गायत्री टोलले १० हजारमा चित्त बुझायो ।
प्रतियोगताको सान्त्वना पुरस्कार भने पारिजात क्याम्पा टोल विकास समितिले जितेको छ । यसैवीच प्रथम हुने टिमलाई कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगद ३ हजार र टोल विकास समितिका अध्यक्षको तर्फबाट नगद ५ हजार थप पुरस्कार समेत प्रदान गरिएको थियो । यसैगरी दोस्रो हुने गायत्री आदर्श टोललाई समेत नगरप्रमुख पोखरेलले थप नगद २ हजार रुपैँया प्रदान गरे ।
प्रतियोगितामा खेल अवधिमा दुबैको समान १÷१ गोल भएपछि खेलको निर्णय सोझै पेलान्टी सुटआउटबाट गरिएको हो । खेलको पहिलो हाफमा मन्सापुरका तर्फबाट तिलक बास्तोलाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा आदर्श गायत्री टोलका विवेक कार्कीले बराबरी गोल गर्दै खेल ट्राईब्रेकरमा धकेलेका थिए ।
चम्पापुर माविको खेल मैदानमा असोज ९ गतेदेखि संचालनमा रहेको प्रतियोगितामा कनकाई ६ का ८ टोलका फुटबल टिमहरुको सहभागिता रहेको थियो । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुबाट कनकाई नगरपालिका ६ को फुटबल टिम बनाईने कनकाई ६ का वडाअध्यक्ष दीर्घवहादुर थापाले बताए । प्रतियोगितामा मेन अफ द सिरिज बिजयी टिमका ईशान उप्रेती घोषित भए भने फाईनल खेलको म्यान अफ द म्याच उपबिजयी टिम गायत्रीका रोशन न्यौपाने भए । प्रतियोगितामा बोल्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले कनकाई नगरमा महिला फुटबल टिमका झै एक सशक्त पुरुष फुटबल टिमको निर्माण गरिन लागेको जानकारी दिए ।
वडाअध्यक्ष दीर्घवहादुर थापाले चाडै वार्डको टिम घोषणा गरिने बताए । कार्यक्रमको संचालन कनकाई ६ का खेल विकास समितिका अध्यक्ष सुर्यप्रसाद पौडेलले गरेका थिए ।