Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सन्थाल समुदायको संस्कृति संरक्षणमा जुट्यो कनकाई खेलकुद प्रतिष्ठान
    खेलकुद

    सन्थाल समुदायको संस्कृति संरक्षणमा जुट्यो कनकाई खेलकुद प्रतिष्ठान

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन १५, शनिबार ०२:४९ गते3 Mins Read

    कनकाई खबर \ खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले सन्थाल समुदायको संस्कृति संरक्षणमा सक्रियता देखाएको छ ।


    “खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानले समाज रुपान्तरणकालागि पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएको हो । एक हप्ता अघि मात्र सम्पन्न प्रतिष्ठानको अधिवेशनबाट स्थानीय युवा सामाजिक अभियन्ता छवि थपलियाको नेतृत्व पाएको यस प्रतिष्ठानले नयाँ समितिको पहिलो बैठकबाट भएको निर्णय अनुसार आफ्नो गतिविधि अघि बढाएको हो ।


    यसै अवसरमा प्रतिष्ठानले वडा दशै २०७९ को फुलपातीका दिन कनकाई माविको खेलमैदानमा जिल्लास्तरीय एक भव्य सन्थाल मेलाको आयोजना गरेको छ । प्रतिष्ठानले सन्थाल संस्कृतिको समेत संरक्षण गर्ने उद्येश्यका साथ आफ्नो वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष वडादशैंको फुलपातीका दिन कनकाई सन्थाल मेलाको आयोजना गर्ने जनाएको छ । सुरुङ्गामा पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै प्रतिष्ठानका तर्फबाट अध्यक्ष छवि थपलियाले प्रतिष्ठानले खेलकुदका गतिविधिहरु मात्रै नभएर अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत संचालन गर्दै जाने योजना बनाएको बताए । यसै सन्दर्भमा लोप हुदै गएको सन्थाल समुदायको संस्कृति संरक्षण एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ वडा दशैको अवसर पारेर बृहत सन्थाल नृत्य प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष थपलियाले जानकारी दिए ।


    खेलकुद प्रतिष्ठानको मुख्य उद्येश्य खेलकुदका गतिविधिसँग जोडिएको भएता पनि संस्था स्थापनाकालदेखि नै खेलका गतिविधि मात्रै नभएर अतिरिक्त क्रियाकलापमा पनि प्रतिष्ठानले विभिन्न गतिविधि गर्दै आएको प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेतीले जानकारी दिए । यसै सन्दर्भमा लोपोन्मुख सन्थाल संस्कृतिको जगेर्ना गर्दै वडा दशैंको अवसरमा देशविदेशबाट चाडपर्व मान्न घरमा आएका स्थानीयवासीकालागि मनोरञ्जन समेत हुनेगरी कार्यक्रमको आयोजना गरिएको संस्थापक अध्यक्ष उप्रेती बताउँछन् ।


    प्रतियोगितात्मक सन्थाल मेलाकालागि हाल झापाको विभिन्न स्थानमा बसोबास गर्दै आएका सन्थालहरुले समूह दर्ता गरिरहेको बताइएको छ । कार्यक्रममा जिल्लाभरका १८ वटा सम्म सन्थाल समूहको सहभागिता रहन सक्ने प्रतिष्ठानक उपाध्यक्ष हरि कार्कीले जानकारी दिएका छन । प्रतियोगितात्मक सन्थाल मेलामा निर्णायकको भुमिकामा सन्थाल समूहबाटै दुई जना र अन्य तीन जना गरी पाँच सदस्यीय निर्णायक समिति रहने पत्रकार सम्मेलनमा उपाध्यक्ष कार्कीले जानकारी दिए ।


    प्रतियोगितामा पुरस्कार स्वरुप प्रथमले नगद ३१ हजार , द्वितीयले नगद २५ हजार , तृतीयले नगद २१ हजार , चौथोले नगद १८ हजार र पाचौंले १५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने अन्य सहभागी समूहलाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार समेत प्रदान गरिने प्रतिष्ठानकी अर्की उपाध्यक्ष अम्बिका खरेलले बताएकी छन ।


    मेला सम्पन्न गर्नकालागि तीन लाख रुपैंया भन्दा बढी रकम लाग्ने अनुमान गरिएको प्रतिष्ठानकी कोषाध्यक्ष चित्रा श्रेष्ठले जनाएकी छन् । जसकालागि कनकाई नगरपालिकाले एक लाख , कनकाईको वडा नं. ३ बाट प्रथम पुरस्कार, वडा नं.४ बाट दोस्रो पुरस्कार वडा नं. २ बाट तेस्रो पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानकी कोषाध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन् ।प्रतियोगितामा सहभागीहरुको भेषभुषा, नृत्य प्रस्तुती, सहभागी संख्या लगायतको मुल्यांकन हुने जनाइएको छ ।


    चौथो पुरस्कार समाजसेवी एकराज उप्रेतीबाट सहयोग प्राप्त हुने भएको छ । त्यस्तै नगरका अन्य वडाहरुसँग पनि रु.२० हजारका दरले सहयोग प्राप्त हुने आयोजक समितिले अपेक्षा राखेको बताइएको छ । कार्यक्रम सम्पन्न गर्न अन्य सहयोगी मनहरुबाट समेत अपेक्षा राखिएको साथै अपेक्षा गरे अनुरुप सहयोग प्राप्त हुने विश्वास गरिएको प्रतिष्ठानकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् । चाडपर्व विशेष मनोरञ्जनात्मक रुपमा सम्पन्न हुने गरी आयोजना गरिएको कार्यक्रमकालागि सबै क्षेत्रबाट भरपुर सहयोग प्राप्त हुने विश्वास गरिएको प्रतिष्ठानकी सचिव खरेलले बताएकी छन् ।

    प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष दिनानाथ खतिवडा, सल्लाहकारद्वय राजेन्द्र उप्रेती र रामप्रसाद निरौला लगायतले कार्यक्रम सफलताको कामना व्यक्त गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.