Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “उद्यमशिल बन्न चाहने नगरवासीले अब खुम्चिएर बस्नु पर्दैन” ः कनकाई नगर प्रमुख पोखरेल
    समाचार

    “उद्यमशिल बन्न चाहने नगरवासीले अब खुम्चिएर बस्नु पर्दैन” ः कनकाई नगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन १३, बिहीबार २२:५३ गते3 Mins Read

    कनकाई खबर \  झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पुँजी अभावका कारण उद्यमशिल बन्न चाहने कुनै पनि नगरवासीले अब खुम्चिएर बस्नु नपर्ने बताएका छन् ।

    कनकाईमा उद्यमशिलता विकास गर्ने उद्येश्यले नगरवासीलाई साझेदारीमा सरल कृषि कर्जा उपलव्ध गराउँन वित्तिय संस्थाहरुसँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै कनकाई नगर प्रमुख पोखरेलले उद्यमशिल बन्न चाहने नगरवासीले पुँजी अभावमा खुम्चीएर बस्नु नपर्ने बताएका हुन् । वित्तिय संस्थाहरुसँगको सहकार्यमा उद्यमशिल विकास कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन भएका चिजलाई बजारीकरण गर्ने काममा समेत कनकाई नगरपालिकाको ध्यान केन्द्रित रहेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।


    वैंक तथा वित्तिय संस्थाहरुले उत्पादनका क्षेत्रमा काम गर्ने उद्यमीकालागि सरल कृषि कर्जा उपलव्ध गराँउने भएपछि नगरपालिकाको तर्फबाट नगर प्रमुख पोखरेल र नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठ साथै सिद्धार्थ बैंकका सुरुङ्गा शाखा प्रमुख श्यामबाबु नेपाल विच नगर प्रमुखकै कार्यकक्षमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्र, हेफर नेपालका सहनिर्देशक प्रकाश कटुवाल, अभियान नेपालका प्रेम गिरीसहित बैंक तथा वित्तिय संस्थाका विभिन्न तहका प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, कारितास नेपालका प्रतिनिधिसहितको उपस्थितीमा भएको हस्ताक्षर कार्यक्रमको नगरपालिकाका कृषि शाखा प्रमुख यदुनाथ उप्रेतीले सहजीकरण गरेका थिए ।


    उद्यमशिलता विकास, वित्तिय पौँच र वित्तिय साक्षरताकालागि नबिल बैक र सिद्धार्थ बैंकले लगानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता कार्यान्वयनपछि कृषि तथा पशुपंक्षी व्यवसाय, महिला तथा युवाहरुमा वित्तिय साक्षरता र वित्तिय पहुँच प्रवद्र्धन गर्न विभिन्न किसिमका कर्जा उपलव्ध हुने नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले जानकारी दिए । बैंकले लगानी गरेको सहुलियत दरको कर्जाबाट कुनै पनि सेवाग्राही उद्यमशिल बनोस् भन्ने बैंकको समेत चाहाना रहेको सिद्धार्थ बैंक सुरुङ्गा शाखा प्रमुख श्यामबाबु नेपाल बताउँछन् । लगानीको सुनिश्तिताकालागि स्थानीय सरकार कनकाई नगरपालिका साथै हेफर नेपालले सहजीकरण गरिदिएपछि बैंकलाई लगानी गर्न सजिलो हुने बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु बताउँछन् । कनकाईमा यस अघि माछापुछ्रे बैंकसँग सम्झौता भई कार्यक्रम अघि बढिसकेको छ भने अहिले नबिल र सिद्धार्थ बैंकसँग भएको सम्झौताले कनकाईको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । कनकाई नगरपालिकासँग एसबिआई बैंकले पनि सहकार्य गरेर अघि बढ्ने जनाइएको छ ।

    साना किसान उद्यमीहरुकालागि पुँजीको अभाव भएका कारण व्यवसाय गर्न नसकिरहेको अवस्थामा हेफर नेपालले ल्याएको कार्यक्रमबाट युवाहरुलाई स्वरोजगार बन्न सहज भएको हेफरका सह निर्देशक प्रकाश कटुवाल बताउँछन् । सरकारको कृषिमा अनुदानको कार्यक्रम प्रभावकारी नभएको अवस्थामा हेफरबाट भएको सहजीकरण सफलता तर्फ अघि बढेको कटुवालको ठहर छ ।


    सम्झौता कार्यान्वयनपछि कनकाई नगरपालिका क्षेत्रका कृषि तथा पशुपंछीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि हुने लक्ष्य राखिएको छ । त्यस्तै शिक्षित बेरोजगार महिला तथा युवाहरुलाई मुलुकभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्नुका साथै विदेशबाट फर्किएका युवाहरुको विदेशमा आर्जन गरेको सिप एवं व्यवसायिक दक्षता उपयोग गर्दै त्यस्ता जनशक्तिलाई स्वरोजगार बनाउँनु सम्झौताको मुख्य लक्ष्य रहेको जनाइएको छ । कनकाई नगरपालिका र बैंकसँग भएको सम्झौताबाट दलित समुदायको परम्परागत सीप र पेशालाई समेत आधुनिकिकरण एवं प्रवद्र्धन गरी उद्यमशिलता विकास गर्न वित्तिय पहुँच विस्तार हुन सक्ने विश्वास गरिएको छ ।


    कनकाई नगरपालिका तथा हेफर प्रोजेक्ट नेपाल साथै कारितास नेपाल लगायतका संस्थाहरुद्वारा कनकाईमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाको सहयोग र सहजीकरणमा केही वर्षअघिदेखि नै विभिन्न समूह गठन भइ गतिविधि भइरहेको बताइएको छ । उद्यमशिलता विकासकालागि भएको सम्झौता अनुसार हाल क्रियाशिल समूह तथा सहकारीहरुमा कृषि तथा पशु उद्यमी सदस्यकालागि वडा कार्यालयबाट सिफारिस भई आएका व्यक्तिहरुलाई मुल्यांकनका आधारमा सहुलियतपूर्ण कर्जाकालागि नगरपालिकाबाट सिफारिस हुने सम्झौता पत्रमा उल्लेख छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.