Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नगरपालिकाले मिडियालाई महत्व नदिएको आरोप
    समाचार

    नगरपालिकाले मिडियालाई महत्व नदिएको आरोप

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन १०, सोमबार २३:२० गते2 Mins Read

    मेचीनगर \  प्रेस क्लव मेचीनगरको आयोजनामा सोमबार शुभकामना आदान प्रदान तथा नेपालमा पत्रकारिता विगत र बर्तमान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रमको उद्घाटन् मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले व्यानर पढेर गरेका थिए ।

    कार्यक्रमका अधिकाशं वक्ताहरुले स्थानीय सरकारले सञ्चार माध्यमलाई महत्व नदिएको आरोप लगाए । कोरोनापछि सञ्चार क्षेत्र संकटमा परेको बताउँदै समस्या समाधानका लागि स्थानीय सरकारले ध्यान दिनु पर्नेमा उनीहरुको जोड थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, प्रेस क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्वअध्यक्ष मुक्ति पौडेल, नारी सञ्चार गृहकी पूर्वअध्यक्ष अम्बिका भण्डारी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी ज्ञानकुमार महतो, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेल, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी लगायतले वडा दशैंको शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रमा परेको संकट समाधानका लागि नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरे ।

    नगरका जनप्रतिनिधिहरुले वडाका सूचना आफैले सामाजिक सञ्जालमा पोष्ट गरेर सञ्चारमाध्यमलाई धुमिल बनाउन खोजेको र जनतालाई सूचनाको हकबाट बन्चित गरिहेको भन्दै पत्रकारहरुले आपत्ति जनाएका थिए ।

    प्रमुख अतिथि बुढाथाकीले नगर र सबै वडा कार्यालयलाई व्यवस्थित गर्न आफू लागेको बताए । नगरको प्रेस संयोजक नियुक्तिको तयारी भइरहेको जानकारी दिर्दै मेयर बुढाथाकीले पत्रकारले प्रविधिको विकाससँगै प्रवृतिलाई सुधार गर्न आग्रह गरेका थिए ।

    कार्यक्रममा नारी सञ्चार गृहकी पूर्वअध्यक्ष भण्डारीले अक्षयकोष स्थापनाका लागि नगद ५ हजार प्रेस क्लबलाई हस्तान्तरण गरेकी थिइन् ।

    शुभकामना कार्यक्रमपछि प्रशिक्षण तथा अन्तरक्रिया भएको थियो । सहभागी पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष चिन्तामणि दाहालले पत्रकारिताको इतिहास, वर्तमान र भविष्यको चुनौतिका बारेमा जानकारी गराएका थिए ।

    प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष जिआर धितालले र कार्यक्रमको सञ्चालन सचिव देवु बानियाँले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.