Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा सिरुवा पर्व मनाइयो
    समाचार

    कनकाईमा सिरुवा पर्व मनाइयो

    ramBy ram२०७६ बैशाख ३, मंगलवार ००:४३ गते2 Mins Read

    कनकाई / झापाको कनकाई नगरको विरिङ् नदी किनारमा सामुहिक पूजाअर्चनाका साथ सिरुवा घाटोसरी कार्यक्रम मनाइएको छ ।
    विशेष गरी राजवंशी समुदायले प्राथमिक्ताका साथ नयाँ वर्षको सुरुवातसँगै मनाउँने गरेको सिरुवा पर्वको धार्मिक साथै वैज्ञानीक महत्व समेत रहेको वताइएको छ । घाटोसरी विश्वभरि रहेका कोच राजवंशीहरुको महान पर्व भएकाले यो पर्व हरेक वर्षको बैशाख २ गतेका दिन महत्वका साथ मनाउँने परम्परा भएको वताइएको छ । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आयोजक संस्थाका सदस्य अरुण राजवंशीले घाटोसरी पर्वमा कोच समुदायका महिलाहरु खोलाको किनारमा गएर पुजाअर्चना गर्नुका साथै घाटोसरी गीत गाउँने परम्परा रहेको वताएका छन् ।

       यस पर्वको पहिलो दिन बैशाख १ गते पानी सिरुवा, दोस्रो दिन घाटो सरी र तेस्रो दिन रङ्ग सिरुवा मनाउँने परम्परा रहेको राजवंशीले वताए । नेपालमा लोप हुन लागेका विभिन्न जातजातीहरुको आफ्नो धर्मसंस्कृति, भाषाभाषीहरुको संरक्षणका लागि सवै जाती एक जुट हुनु पर्ने तर्फ जोड दिँदै कार्यक्रमका प्रमुख अतिथी झापा क्षेत्र नं.२ का प्रदेश सभा सदस्य एकराज कार्कीले राजवंशी समुदायको भावनालाई राज्यले सधैं सम्मान गर्ने वताएका छन् ।

     

       राष्ट्रिय पोशाक साडी चोलोमा सजिएका राजवंशी समुदायका महिलाहरुले कार्यक्रमका अतिथीहरुसँग सामुहिक घाटोसरी गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । आयोजक संस्थाका तर्फवाट कार्यक्रमका प्रमुख अतिथी लगायत सम्पूर्ण अतिथीहरुलाई माटोको टिका लगाएर कार्यक्रमको उद्घाटन गरिएको आयोजक समितिका सदस्य धर्मलाल राजवंशीले वताएका छन् ।

       कनकाई नगरपालिका ९ स्थित आयोजक संस्था सामुहिक सिरुवा घाटोसरी कोचिला महिला फन्टकी अध्यक्ष मीना राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, विभिन्न जातजाीको नेतृत्व गर्ने जातीय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधी लगायत राजवंशी महिला समुदायको वाक्लो उपस्थिती रहेको कनकाई नगर वडा नं. ९ का अध्यक्ष प्रेम राजवंशीले वताएका छन् । कार्यक्रममा झापा क्षेत्र नं.४ ‘ख’ का प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसार्इँ, नेपाल आदिवासी जनजाती महासंघ झापाका सचिव विरेन मेचे लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.