Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राजनीतिको माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेल्ने कनकाईकी रेणुकाको प्रतिवद्धता
    राजनीति

    राजनीतिको माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेल्ने कनकाईकी रेणुकाको प्रतिवद्धता

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन ८, शनिबार १३:२३ गते3 Mins Read

    कनकाई खबर \ नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ कनकाई नगर समितिको सभापतिमा सर्वसम्मत चयन भएकी रेणुका उप्रेती मैनालीले आगामी दिनमा राजनीतिको माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेल्ने प्रतिवद्धता जनाएकी छन् ।

    महिला संघ नगर सभापतिमा सर्वसम्मत रुपमा चयन भएकी मैनालीले महिलाहरु एक जुट भएर अघि बढ्ने हो भने समाज रुपान्तरणमा कुनै समस्या नहुने भन्दै यस्तो प्रतिवद्धता जनाएकी हुन् । कनकाई–३ निवासी मैनालीको नेतृत्वमा १८ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन भएको हो ।

    लामो समय सम्म शिक्षण पेशामा आबद्ध भएर शैक्षिक साथै सामाजिक क्षेत्रमा समेत अनुभव बटुलीसकेकी मैनाली रोटरी क्लव अफ सुरुङ्गाकी कार्यसमिति सदस्य समेत हुन् । विगत २२ वर्ष अघि २०५७ सालदेखि १७ वर्ष सम्म सुरुङ्गास्थित हरिकुल उच्च मावि साथै अघिल्ला ५ वर्ष मेरीगोल्ड अंग्रेजी माविमा शिक्षण पेशामा आवद्ध मैनालीले सोही समयमा विर्तामोडस्थित कनकाई क्याम्पसमा समेत ५ वर्ष सम्म अध्यापन गर्न भ्याएकी थिइन् । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाबाट नेपाली विषयमा स्नातकोत्तर तह सम्मको अध्ययन गरेकी मैनालीले अबको समय राजनीतिको माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेल्ने बताएकी हुन् । राजनीतिक दलहरुको नेतृत्व तहमा महिलाको सहभागिता कमजोर भएकै कारण पछिल्लो समय राजनीतिप्रति जनताको विश्वास घट्दै गएको बताउँदै मैनालीले हरेक क्षेत्रको नेतृत्व तहमा अब महिलाहरुको सक्रियता आवश्यक रहेको बताइन् ।


    मैनालीको नेतृत्वमा गठन भएको १८ सदस्यीय समितिको उपसभापतीमा कविता श्रेष्ठ र सीता खड्का, सचिवमा गीता उप्रेती र संगिता भुजेल, सह–सचिवमा सोनामणी हेमरम र रचना प्रसाईँ साथै कोषाध्यक्षमा सरला तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः तारा कोईराला, मैया श्रेष्ठ, सिता सुजी, अनिता श्रेष्ठ, मुना अछामी, सारदा घिमिरे, तारा थपलिया, मंगलसरी राजवंसी र मुना उप्रेती चयन भएका छन् ।


    नेपाली कांग्रेस नगर सभापती दुर्गाप्रसाद प्रसाईको सभापतित्व एवं पार्टीका जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि भिम राजवंशी, धनमाया चिमयरिया र सीता थेवेको आतिथ्यता रहेको थियो । नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, जिल्ला सदस्य लीला चिमरिया, कविता बस्नेत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा नव निर्वाचित सभापती रेणुका उप्रेती मैनालीले स्वागत गरेकी थिइन् ।
    नगर सचिव रेणुप्रसाद कडेलले संचालन गरेको औपचारिक कार्यक्रममा नगर सभापती दुर्गाप्रसाद प्रसाईले औचित्यमाथी प्रकाश पारेका थिए । कार्यक्रममा समिति गठनको सहजीकरण नेपाली कांग्रेस नगर सचिव कडेल, कनकाई.–१ का वडासभापती मनोज बस्नेत, महिलासंघ क्षेत्रीय सभापती कविता बस्नेत , जिल्ला सदस्य झुमा वेडारी लगायतले गरेका थिए ।


    कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले प्रदेश र संघको आसन्न निर्वाचनमा आम दिदी–बहिनी आ–आफ्नो ठाँउबाट खटेर लाग्नुपर्ने र सबै तवरबाट सक्रियता देखिएमा आगामी मंसिर ४ को चुनावमा विजयी प्राप्त गर्न कठिन नहुने बताए । सभापती थेवेले अब झापा ४ को मुहार फेर्नकालागि एक मात्र शक्तिशाली पार्टी नेपाली कांग्रेस अघि बढिसकेको हुनाले पार्टीलाई जिताएर यहाँको समग्र विकासको नेतृत्व गर्न दिदी बहिनीको अहम भुमिका हुने बताए । त्यस्तै आधा आकाश ढाकेको महिला शक्तिले यो पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई बिजयी गराउने उनले विश्वास व्यक्त गरे ।

    शुक्रबार सम्पन्न औपचारिक कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख समेत रहेकी कांग्रेसनेतृ आशा शिवाकोटीले शुभकामना सहित नवनिर्वाचित सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.