Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विपन्न समुदायका वालवालिकाको सारथी बन्यो रोटरी क्लव सुरुङ्गा
    शिक्षा

    विपन्न समुदायका वालवालिकाको सारथी बन्यो रोटरी क्लव सुरुङ्गा

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन ४, मंगलवार १६:१२ गते2 Mins Read

    कनकाई खबर \ रोटरी क्लव अफ सुरुङ्गाले विपन्न समुदायका वालवालिकाहरु भएको कनकाई नगरको एक विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।


    साक्षरता अभियानलाई सफल वनाउँने कार्यमा क्रियाशिल रहँदै मानवीय सेवामा समर्पित रहेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संंस्था रोटरी क्लवले कनकाई नगरपालिका २ स्थित पञ्चकन्या प्राविमा अध्ययनरत वालवालिकाहरुलाई विद्यालय परिसरमै उपस्थित भएर शैक्षिक सामाग्री वितरण गरेको हो । नर्सरीदेखी कक्षा तीनसम्म पठनपाठन हुँदै आएको यस विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि आगामी दिनमा समेत रोटरी क्लवले सहकार्य गर्दै अघि बढ्ने क्लवका अध्यक्ष खेम प्रसाईँले वताएका छन् ।

    क्लवका तर्फवाट विद्यालयको आवश्यक्तालाई मुल्यांकन गर्दै शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ । आर्थिक अवस्था ज्यादै न्युन भएका मजदुर वर्गका छोराछोरीहरु अध्ययनरत यस कनकाई २ स्थित भुरुङ्गामा संचालित पञ्चकन्या प्राविको शैक्षिक स्तर वृद्धिकालागि रोटरी क्लव अफ सुरुङ्गाको सहयोगले विद्यालयलाई थप हौसला प्रदान गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानु खबासले खुशी व्यक्त गरेका छन् ।


    ग्रामिण क्षेत्रमा रहेर विभिन्न समस्याहरुलाई सहज बनाउँने प्रयासमा अघि बढेको यस विद्यालयले अंग्रेजी माध्यमलाई समेत अभ्यासका रुपमा संचालन गर्दै लगेको विद्यालयका प्रधानाध्यापक रञ्जीता श्रेष्ठले वताएकी छन् । सामाजिक क्षेत्रमा विभिन्न गतिविधी संचालन गर्दै अघि बढेको रोटरी क्लव जस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त सामाजिक संस्थासँगको सहकार्यले विद्यालयको चौतर्फी विकासमा थप सहयोग पुग्नेछ भन्ने कुरामा विद्यालय परिवार विश्वस्त रहेको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले जनाएकी छन् ।


    विद्यालयमा एउटा मात्र राहत दरवन्दीमा शिक्षिका रञ्जीता श्रेष्ठ कार्यरत छिन् । ज्यादै न्युन पारिश्रमीकमा विद्यालयको कर्मचारीका रुपमा लीला मगर रहेकी छन् भने वालविकास तर्फ मीना दहाल कार्यरत छिन् । तल्लो तहका कर्मचारी साथै वालविकासमा कार्यरत शिक्षकशिक्षिकाहरुलाई राज्यले सरकारी सेवासुविधा दिनु पर्ने माग गर्दै शिक्षिका दहालले सेवा संचालनसँगै सरकारले सुविधाको पनि व्यवस्था गर्नु पर्नेमा जोड दिएकी छन् । दहालले स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकालाई पञ्चकन्या प्रावि तर्फ ध्यान केन्द्रित गरिदिन अनुरोध समेत गरेकी छन् ।

    रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाईको सभापतित्व रहेको शैक्षिक सामाग्री वितरण कार्यक्रमका संयोजक क्लवका सहसचिव रामप्रसाद निरौलाले स्वागत सहित औचित्यमाथि प्रकाश पारेका थिए । सचिव मेनुका उप्रेतीले संचालन गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष सुशिलकुमार श्रेष्ठ, पुर्वअध्यक्ष कुमारमणि पोखरेल लगायत पदाधिकारीहरु, विद्यालयका शिक्षकशिक्षिका तथा अभिभावकहरुको उपस्थिती रहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.