Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई छठ सेवा समाजले गरेकोे रक्तदानमा ६० जनाले गरे रक्तदान
    समाचार

    कनकाई छठ सेवा समाजले गरेकोे रक्तदानमा ६० जनाले गरे रक्तदान

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन ३, सोमबार १९:३७ गते2 Mins Read

    कनकाई खबर \ संविधान दिवसको अवसर पारेर कनकाई छठ सेवा समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको वार्षिक क्यालेण्डर अनुसार संचालन गरेको रक्तदान कार्यक्रममा महिला साथै पुरुष गरी ६० जनाले रक्तदान गरेको बताइएको छ ।


    पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुबाट मानव सेवाकालागि रक्तदानको कार्यक्रम संचालन भइरहेका छन् । सोही क्रममा स्थानीय स्तरमा सामाजिक क्षेत्रमा क्रियाशिल संस्था कनकाई छठ सेवा समाजले सुरुङ्गास्थित प्रधान मेडिसिन सेन्टर अगाडी रक्तदान कार्यक्रम सम्पन्न गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतोले जानकारी दिए ।


    संस्थाका अध्यक्ष राजकिशोर चौधरीको सभापतित्व एवं कार्यक्रमका संयोजक अशोक शाहले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतोले स्वागत गरेका थिए । संस्थाका महासचिव रविन गुप्ताले संचालन गरेको औपचारिक कार्यक्रममा संस्थापक अध्यक्ष उपेन्द्र प्रधान, निवर्तमान अध्यक्ष सुरेन्द्र प्रधान, पूर्वअध्यक्षहरु पवन शाह, किशनकुमार सोनी, चन्दन शाह, वरिष्ठ सल्लाहकार जगतनारायण मण्डल, सल्लाहकार शिवशंकर महासेठ, कनकाई नगरपालिकाका कार्यपालिका सदस्य नवलकिशोर दत्त, कनकाई ३ का वडासदस्य अनिल गोयल, नेपाल भारत मैत्री संघ सुरुङ्गा शाखाका सभापति अर्जुन बोहोरा, समाजसेवी शेरवहादुर थापा, युवराज संग्रौला, बंगाली समाजका अध्यक्ष पंकज मण्डल लगायतको सहभागीता रहेको संस्थाका उपाध्यक्ष मुन्ना शाहले जानकारी दिए ।


    त्यस्तै संस्थाको महिला समिति अध्यक्ष पुष्पा पण्डित, सचिव आरती ठाकुर, युवा समिति अध्यक्ष राकेश चौधरी, लेखा समितिका संयोजक दिपेन्द्र प्रधान, सदस्य विरेन्द्र शाह, संस्थाका पुर्व उपाध्यक्ष विजयकुमार शर्मा लगायतको सहभागीता रहेको बताइएको छ । रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी विर्तामोड रक्तसंचार सेवाले गरेको बताइएको छ ।


    रक्तदान कार्यक्रमकालागि प्रमिला शाह, मन्जु शाह र मिना शाहले फलफूल साथै ओमप्रकाश पन्जीयारले पिउने पानी र जुसको सौजन्य गरेको संस्थाका कोषाध्यक्ष दिनेश ठाकुरले जानकारी दिए । सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको यस छठसमितिले निर्माणाधीन अवस्थामा रहेको संस्थाको सूर्यनारायणको मन्दिरसहितको सामुदायिक भवनलाई पूरा गर्ने साथै सामाजिक क्षेत्रमा अन्य गतिविधिलाई समेत निरन्तरता दिने योजना बनाएको संस्थाका अध्यक्ष राजकिशोर चौधरीले जानकारी दिए ।


    संस्थामा अध्यक्ष चौधरीसँगै वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतो, उपाध्यक्ष मुन्ना शाह, महासचिव रवीन्द्र गुप्ता, सचिव किरण कारक र कोषाध्यक्ष दिनेश ठाकुर रहेका छन् । अन्य सदस्यहरू नेत्र सोनी, अशोक शाह, विनोद चौधरी, राकेश चौधरी, सञ्जय शाह र महिला सदस्यद्वय अन्जु शाह र शोभा शाह लगायतको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.