Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सन्थाल समुदायवीचको विवाद समाधान, पहिचानको साझा नाम पारित
    समाचार

    सन्थाल समुदायवीचको विवाद समाधान, पहिचानको साझा नाम पारित

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन ३, सोमबार ०२:०४ गते3 Mins Read

    कनकाई खबर \ पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका आदिवासी सन्थालहरुले आफ्नो समुदायको पहिचानको साझा नाम ‘सन्थाल’ राख्ने सहमति गरेका छन् ।

    यसअघि सन्थाल, सन्ताल वा सान्ताड मध्ये के राख्ने भन्नेमा लामो समयदेखि विवाद थियो । उनीहरुले अब “सतार” शब्द हटाएर वास्तविक थर लेख्ने अभियानमा एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् । “सतार” शब्दले आफ्नो समुदायलाई होच्याउने , अपमानित गर्ने, भावनामा ठेस पुर्याएको भन्दै उनीहरुले त्यसलाई तत्काल हटाउन सरकारसंग माग गरेका छन् ।


    झापाको कनकाई ३ स्थित सुरुङ्गामा सन्थाल समुदायका प्रतिनिधि संस्था, अगुवा, वुद्धिजीवी, जनप्रतिनिधिसहितको गोलमेच छलफलबाट विवाद टुङ्ग्याउदै समुदायको पहिचान, प्रतिष्ठा र अधिकारको लडाइमा एकजुट भएर अघि बढ्ने सहमति जुटेको हो । उनीहरुले पहिचानको साझा नाम ‘सन्थाल’ पारित गरेका हुन् । ‘समुदाय बुझाउने नाम सन्थाल, सन्ताल, सन्ताड के राख्ने भन्नेमा समदायभित्रै लामो समयदेखि फरक तथ्यका आधारमा विवाद भई विभाजित रहदै आएको अवस्थामा समुदायवीचको एकता, सद्भाव र अधिकार प्राप्तिको सवाललाई प्राथमिकतामा राख्दै, नेपाल र भारतको संविधानमा समेत ‘सन्थाल’ उल्लेख भएको मनन गर्दै हाम्रो समुदायको पहिचानको सम्मानित र साझा नाम “सन्थाल” लेख्न लेखाउन हामी सहमत छौं’–सहमतिमा उल्लेख छ ।


    त्यस्तै सन्थाल समुदायलाई होच्याउने , अपमानित गर्ने, भावनामा ठेस पुर्याउने “सतार” शब्द नागरिकता, नेपाली शब्दकोष लगायतका सरकारी प्रमाणपत्र तथा सरकारी दस्तावेज, पुस्तकहरुमा उल्लेख गर्नुका साथै अझै सरकारी कामकाजमा उक्त शब्द चलनचल्तीमा रहेकोप्रति गोलमेच संवादमार्फत दुःख व्यक्त गरिएको छ । यसअघि जारी भएका सबै नागरिकता, अन्य प्रमाणपत्र , दस्तावेज, रेकर्ड तथा पुस्तकहरुमा उल्लेख भएका “सतार” शब्द तत्काल सच्याएर सन्थाल उल्लेख गर्ने व्यवस्था मिलाउन तथा अब जारी हुने प्रमाण कागजमा समेत सन्थाल लेख्न लेखाउन तीनै तहका सरकारसमक्ष उनीहरुले जोडदार माग गरेका छन् ।


    उक्त विषयमा असार ११ गते झापाका राजनीतिक दलहरुको सामुहिक निर्णयबाट यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको विषय पनि स्मरण गराइएको छ । सन्थालहरुका लागि जारी हुने नागरिकता लागयत सबैखाले प्रमाणपत्र तथा दस्तावेज, रेकर्डहरुमा नामको पछाडि जातिका वास्तविक थरहरुः बेस्रा, मुर्मु, मार्डी, सोरेन, हास्दा, बास्के, हेमरम, चोडे, पौरिया, किस्कु, टुडु र बेदिया उल्लेख गर्न तथा समुदाय बुझाउने नाम सन्थाल प्रयोग गर्न गराउनसमेत गोलमेच संवादमार्फत माग गरिएको छ । त्यसैगरी आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लोपोन्मुख तथा आदिवासी सन्थाल जातिको संवैधानिक र राजनीतिक अधिकारप्रति सम्मान गर्दै गर्दै अर्थपूर्ण तथा सार्थक सहभागिता सुनिश्चित गर्न सरकार र राजनीतिक दलहरुसंग गोलमेच संवादमार्फत माग गरिएको छ ।


    सन्थाल समुदायको सबैभन्दा ठूलो पर्व सोहराय पूजामा सार्वजनिक विदाको व्यवस्था गर्न पनि उनीहरुले तीनै तहका सरकारसंग माग गरेका छन् । अन्य समुदायको पर्वमा विदा दिए झैं सन्थालको पहिचान र सम्मानका लागि सोहराय पूजामा विदा दिन उनीहरुको माग छ । सरकारले पर्व विदामा समेत सन्थाललाई उपेक्षा गरेको गुनासो उनीहरुले गरे । सोहराय पूजा माघ पूर्णिमामा पर्दछ । संवाद समूह झापाको संयोजनमा भएको गोलमेच संवादमा आफ्ना माग पूरा गर्न सामुहिकरुपमा पहल गर्ने पनि उनीहरुवीच सहमति भएको छ ।


    नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर बेस्रा, रिलोमाला सन्थाली अखडाका केन्द्रीय अध्यक्ष रिमिल श्यामसुन्दर बेस्रा, जिल्ला समन्वय समिति झापाका सदस्य सन्तोष सोरेन, कनकाई नगरपालिकाका कार्यपालिका सदस्य भगन टुडु लगायतले सहमतिमा हस्ताक्षर गरेका छन् ।


    सहमतिमा नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय महासचिव कुन्दन मुर्मू, पूर्वउपाध्यक्ष डिवीलाल मार्डी, सदस्य बुधराई मुर्मू, नेपाल सन्थाल महिला उत्थान संघ केन्द्रीय अध्यक्ष मन्दिरा किस्कू, सचिव सर्मिला सोरेन, उत्थान संघ झापाका अध्यक्ष लखन हेमरम, उपाध्यक्ष विक्रम किस्कु, सचिव सामसन सोरेन तथा सन्थालका विभिन्न प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरु नारायण मुर्मू, शिवु मुर्मू, कमल मार्डी, सुन्दरलाल मार्डी, जगन मुर्मू, सुरेन्द्र हेमरम, श्याम मुर्मू, लखीराम किस्कू, लुथ्रु हेमरम, श्याम हेमरम, जोसेक मुर्मू, राइसिन हेमरम, नाचन मुर्मू, देवान टुडू, बाबुराम मुर्मू, बुद्धिलाल मुर्मू ले समेत हस्ताक्षर गरेका छन् ।


    सन्थालको जनसंख्या ५१ हजार भन्दा बढी रहेको छ । लामो छलफल प्रक्रियापछि नेपाल तथा भारतका सन्थाल विज्ञहरुको सुझाव अनुसार सन्थाल समुदाय उक्त टुङ्गोमा पुगेका हुन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.