Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेसीजको उत्कृष्ट नागरिक सम्मान राष्ट्रसेवा विधामा
    कनकाई खबर बिशेष

    जेसीजको उत्कृष्ट नागरिक सम्मान राष्ट्रसेवा विधामा

    ramBy ram२०७५ चैत्र २३, शनिबार १२:१६ गते2 Mins Read

    बिर्तामोड  \ उत्कृष्ट नागरिक सम्मान–२०७५ राष्ट्रसेवा विधामा प्रदान गरिने भएको छ ।
    वीरता जेसीज पूर्वअध्यक्ष क्लबको अगुवाइमा झापाका एक सय २५ बढी संस्थाको सामुहिक सहभागितामा हरेक बर्ष बैशाखको पहिलो साता उक्त कार्यक्रम हुँदै आएको छ । उत्कृष्ट नागरिक छनौट समितिका संयोजक कुमार भट्टराईको अध्यक्षतामा शनिवार बिर्तामोडमा बसेको बैठकले यस बर्ष उत्कृष्ट नागरिकको रुपमा राष्ट्रसेवक मध्येबाट उत्कृष्ट एक जनालाई चयन गर्ने निर्णय गरेको हो । छनौट समितिले राष्ट्रसेवक भएर विशिष्ठ योगदान पु¥याएका व्यक्तित्वको नाम सिफारिस गर्न सार्वजनिक रुपमा आग्रह पनि गरेको छ ।
    हरेक बर्ष विविध विधामा झापालीमध्ये एक जनालाई उत्कृष्ट नागरिक घोषित गरी स्वर्ण पदक, सम्मानपत्र, नगद प्रदान गर्नुका साथै सम्मानित व्यक्तित्वलाई झाँकीसहित नगर परिक्रमा गरेर निवाससम्म पु¥याउने प्रचलन छ ।

    छनौट समितिमा भट्टराईसँगै मोहन शिवाकोटी र मोहन काजी न्यौपाने रहेका छन् । वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, उत्कृष्ट नागरिक सम्मान समारोह २०७५का संयोजक राजेन्द्र चौलागाई, वीरता जेसीजका दीर्घकालीन योजना सभापति तथा पूर्वअध्यक्ष राजकुमार पोखरेल, पूर्वअध्यक्ष राजेन्द्रकुमार थापा, निवर्तमान अध्यक्ष तथा समारोहका सचिव एकराज गिरीले उत्कृष्ट नागरिक सम्मान समारोहलाई उत्कृष्ट बनाउने बारे तयारी भइरहेको बताए ।

    सन् १९८१मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको थालनी गरेको हो । समाजमा विशिष्ठ योगदान पु¥याएका व्यक्तित्वलाई छनौट गरी उत्कृष्ट नागरिक घोषणासँगै सम्मान प्रदान गर्दा त्यस्ता व्यक्तित्वको योगदानको कदर हुनुका साथै सम्बन्धित क्षेत्रमा अझ धेरै योगदान गर्ने हौसला प्रदान हुन्छ भने समाजका अन्य नागरिकलाई त्यस्तै उत्कृष्ट बन्न प्रेरित गर्ने संस्थापक अध्यक्ष बस्नेतको भनाइ छ । बैशाखको पहिलो साता हुने कार्यक्रमको व्यवस्थापकीय तयारी समेत अन्तिम चरणमा पुगेको संयोजक चौलागाईले बताए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.