Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » क्युएए प्राप्तीको खुशीयाली साँट्दै कनकाई बहुमुखी क्याम्पस
    शिक्षा

    क्युएए प्राप्तीको खुशीयाली साँट्दै कनकाई बहुमुखी क्याम्पस

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन १, शनिबार ००:२८ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले क्युएए प्राप्त गरेको अवसरमा सरोकारवालाहरुसँग खुशीयाली साँटेको छ ।

    खुशियालीसँगै नौमति बाजा सहित शिक्षक , विद्यार्थी , संचाक समितिका पदाधिकारी लगायत क्याम्पससँग प्रत्यक्ष सरोकार राख्नेहरुबाट सुरुङ्गा बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि क्याम्पस परिसरमा एक औपचारिक कार्यक्रमसँगै क्युएए प्राप्त गरेको प्रमाण पत्रको अनावरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मातृकाप्रसाद सिटौलाले प्रमाण पत्रको अनावरण गरेका हुन् । प्रमाण पत्र क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रसाद (प्रकाश)चुडालले वाचन गरेर औपचारिक रुपमा सार्वजनिक गरेका थिए ।


    कार्यक्रममा स्वागतसहित औचित्य माथि प्रकाश पार्दै क्याम्पस प्रमुख विकास उप्रेतीले यो खुशी क्याम्पससँग सरोकार राख्ने सबैसँग बाँड्नको निमित्त कार्यक्रमको आयोजना गरिएको बताए । सबै अविभावक ,विद्यार्थी ,व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,सघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सबैको लामो संघर्ष र ठुलो मेहनतले मात्रै यो सम्भव भएको भन्दै क्याम्पस प्रमुख उप्रेतीले क्याम्पसले क्युएए सटिफिकेट प्राप्त गरेसंगै अब यहाँका विद्यार्थीको सटिफिकेट अन्र्तराष्ट्रिय बजारमा उत्कृष्ट मुल्याङ्कन हुने जानकारी दिए । कनकाई बहुमुखी क्याम्पसलाई शैक्षिक र भौतिक विकासकालागि विश्व अनुदान आयोगबाट समेत सहयोग प्राप्त हुने भन्दै क्याम्पस प्रमुख उप्रेतीले यस हौसलालाई बचाएर सबैले थप उत्साहका साथ काम गर्न सके भौतिक, शैक्षिक , सामाजिक विकासका क्षेत्रमा कनकाई क्याम्पस थप नमुना बन्ने कुरामा जोड दिए ।

    यसै अवसरमा क्युएए प्राप्तिका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा “स्याट” कमिटका संयोजक टिकाराम घिमिरे र सदस्यद्वय योन्जन सुनुवार र किरण ढकाललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट नृत्य ,गायन , कविता , गजल प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि मातृका सिटौला , प्रदेश सांसद हिराकुमार थापा , त्रिलोचन उप्रेती , नवलकिसोर दत्त , तुलसी बिमली , दुर्गा प्रसाई ,गोकुल उप्रेती , शेर बहादुर थापा , विष्णु बीमली , हरिभक्त सिटौला लगायतले शुभकामना मन्तव्य राख्दै कनकाई बहुमुखी क्याम्पसले क्युएए प्राप्त गर्नु सबैको गौरवको बिषय भएको बताए । क्याम्पस संचालक समितिका अध्यक्ष प्रेमप्रसाद (प्रकाश) चुडालको अध्यक्षता रहेकोे कार्यक्रमको संचालन प्राध्यापकद्वय शेरबहादुर बानियाँ र दिनेश तिम्सिनाले गरेका थिए । क्युएए प्राप्तीको खुशीयालीसँगै केही दिन अघि मात्र क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी,प्राध्यापक, कर्मचारीका तर्फबाट क्याम्पस परिसरमा दिप प्रज्वलन कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.