Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वाल दिवसमा माविस्तरिय नृत्य प्रतियोगिता सम्पन्न, उपाधी ग्लोबल एडुकेयरको पोल्टामा
    शिक्षा

    वाल दिवसमा माविस्तरिय नृत्य प्रतियोगिता सम्पन्न, उपाधी ग्लोबल एडुकेयरको पोल्टामा

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र २९, बुधबार २३:२५ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा ५८ औं वालदिवस विविध साँस्कृतिक प्रस्तुतीसहित भव्य रुपमा सम्पन्न भएको छ ।

    कनकाई नगरपालिकाको समन्वय एवं कनकाई नगर वाल संजालको आयोजनामा सम्पन कार्यक्रममा नगर क्षेत्रका मावि तह स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको हो । कनकाई नगर क्षेत्रका निजी तथा सामुदायिक गरी दशवटा विद्यालयको सहभागीता रहेको प्रतियोगितात्मक नृत्यमा सुरुङ्गास्थित ग्लोबल एडुकेयर एकाडेमीले पहिलो उपाधी हात पारेको छ । प्रतियोगितामा सहभागी मध्ये कनकाई मावि द्वितीय, श्री हरिकुल मावि तृतीय र झापा मेरिगोल्ड मावि शान्त्वना भएका छन । नृत्य निर्देशक द्वय अमन गुप्ता र दिवस कार्कीले निर्णायकको भुमिका निर्वाह गरेको प्रतियोगितामा विजेता उपविजेतालाई नगर वाल कल्याण अधिकारी उमानाथ ढकाल र वाल संजालका अध्यक्ष अभिषेक मिश्रले ट्रफी , मेडल र प्रमाण पत्र वितरण गरे ।


    सांस्कृतिक प्रस्तुतीसहित गीत , कविता र अन्य नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा कनकाई माविका कक्षा ११ र १२ का विद्यार्थीबाट विज्ञान प्रदर्शनी समेत गरिएको थियो । “वाल मैत्री समाजको आधार , जिम्मेवार परिवार , उत्तरदायी सरकार” भन्ने नाराका साथ अघि बढेको नगर वाल संजालले स्थानीय स्तरमा वालवालिकासँग सम्बन्धित विभिन्न सचेतनामूलक गतिविधि संचालन गर्दै आएको छ ।

    कनकाई नगर वाल संजालका अध्यक्ष अभिषेक मिश्रको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , जनप्रतिनिधि, वाल संजालका पूर्व पदाधिकारीहरु , शिक्षक प्रतिनिधिसहितको उपस्थिती रहेको थियो ।


    नगर वाल संजालकी कोषाध्यक्ष गंगा दाहालले स्वागत गरेको कार्यक्रममा नगर प्रमुख पोखरेलसहित उपप्रमुख आशा शिवाकोटी, कनकाई ४ का वडाअध्यक्ष रोशन सुवेदी, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी , सामाजिक ब्यक्तित्व नेत्र प्रसाई लगायतले शुभकामना मन्तब्य राख्दै वालवालिकाको क्षेत्रमा नगरस्तरीय वाल संजालले गर्दै आएको सचेतनामूलक गतिविधिको प्रशंसा गरेका थिए ।

    वाल संजालको सक्रियतामा लागु औषध एवं दुरव्यसनीको न्युनीकरण साथै मानव वेचविखनका विषयमा समेत सचेतनामूलक गतिविधि हुँदै आएको बताइएको छ । औपचारिक कार्यक्रमको संचालन रोशन प्रसाईं र अश्लेसा कडेंलले साथै सांस्कृतिक कार्यक्रमको संचालन अभिषेक बुढाथोकी र समिर विश्वकर्माले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.