Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा सुर्तीजन्य पदार्थको बिक्रि वितरणमा रोक लगाउँने तयारी
    Uncategorized

    कनकाईमा सुर्तीजन्य पदार्थको बिक्रि वितरणमा रोक लगाउँने तयारी

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र २८, मंगलवार १६:५३ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले सरकारी कार्यालय आसपासमा सुर्तीजन्य पदार्थको बिक्रिवितरणमा रोक लगाउँने तयारी थालेको छ ।

    कनकाईमा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थितीमा लागुऔषध तथा दुव्र्यसन न्युनीकरण, सुरक्षित वैदेशिक रोजगार र मानव बेचविखन विषयक एकदिवसीय कार्यशाला गोष्ठी समापनसँगै पहिलो चरणमा निश्चित क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रिवितरणमा रोक लगाउँने निर्णय गरिएको हो ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न गोष्ठीको अग्रज पत्रकार उमाकान्त खनाल, प्रहरी नायब निरीक्षक रुगमवहादुर कुँवर र कारितास नेपालका वरिष्ठ प्रशिक्षक अर्जुनदेव भट्टले सहजीकरण गरेका थिए । गोष्ठी समापनसँगै विगत दुई बर्षदेखि कनकाई नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीकालागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको कारितास नेपालको सहयोगमा कनकाई नगरपालिकासहित स्थानीय प्रमुख राजनीतिक दल साथै क्रियाशिल संघसंस्थाहरुले नगर क्षेत्रको सुशासनकालागि लिखित रुपमा प्रतिवद्धता जनाएका छन् ।


    जस अनुसार कम्तीमा सार्वजनिक स्थल नगरपालिका, वार्ड कार्यालय र स्कुल, क्याम्पस वरिपरि एक सय मिटरभित्र रक्सी, चुरोट र गुट्खा लगायत सुर्तीजन्य पदार्थको पुर्ण रुपमा विक्री वितरणमा रोक लगाउने , सुरक्षित वैदेशिक रोजगारीका लागि नगरपालिकाले आफ्नै सपm्ट्वेयर निर्माण समेत गरी हेल्प डेस्कको व्यवस्थापन गर्ने जनाइएको छ ।


    त्यस्तै नगरपालीकाका युवालाई वैदेशिक रोजगारीमा जानुअघि कम्तीमा अभिमुखीकरण तालिम नगरपालिकाकै तर्फबाट प्रदान गर्ने , वैदेशिक रोजगारीमा गई समस्यामा परेका आफ्ना नागरिकलाई गुनासो सुन्नका लागि विभिन्न माध्यम खडा गरि उद्धार लगायतका काम गर्ने, महिला दिदी बहिनीहरुकालागि आत्मनिर्भर बनाउँन विभिन्न तालिम र सीपको व्यवस्था गर्ने , नगरमै रोजगारी श्रृजना गर्नकालागि युवा स्वरोजगार मार्फत रोजगारको श्रृजना गर्ने प्रतिवद्धता जनाइएको छ ।


    यसैगरी नगरका सबै टोल विकास समितिको संयोजकत्वमा लागुऔषध दुव्र्यसनीको विरुद्धमा सचेतना कार्यक्रम संचालन गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाइने प्रतिवद्धता जनाइएको छ ।
    प्रतिवद्धतामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी ,कनकाई नगरपालिकाका प्रशासकीय अधिकृत विवेक भण्डारी, कारितास नेपालका प्रादेशिक प्रबन्धक देवेन्द्र पोखरेल, सुरक्षित वैदेशिक रोजगारीका कार्यक्रम अधिकृत हिमालयन अधिकारी, कनकाईका विभिन्न वडाका जनप्रतिनिधिहरुसहित कारितासका कनकाई नगर संयोजक विवेक शिवाकोटी, कनकाई नगर वाल संजालका अध्यक्ष अविशेक मिश्र, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला लगायत सुरक्षा निकायका तर्फबाट हस्ताक्षर गरीएको छ ।
    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको स्वागत तथा कनकाईका वालकल्याण अधिकारी उमानाथ ढकालले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक वडा नं.८ का वडाअध्यक्ष लिलावहादुर कटुवालले औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको थप सहजीकरण कारितास नेपालका प्रादेशिक प्रबन्धक देवेन्द्र पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.