Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव अफ सुरुङ्गाको तालिमबाट बैंकर्ससहित ८० बढी लाभान्वीत
    समाचार

    रोटरी क्लव अफ सुरुङ्गाको तालिमबाट बैंकर्ससहित ८० बढी लाभान्वीत

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र २६, आईतवार ०४:१९ गते2 Mins Read

    कनकाई खबर \ युवाहरुको लागि लिडरशिपको प्रेरणा दिने रोटरी क्लव अफ सुरुङ्गाले एक दिवसीय लिडरशिप साथै मोटिभेशन तालिम उत्साहजनक रुपमा सम्पन्न गरेको छ ।


    झापाको दुर्गापुरस्थित सगुन रेष्ट्रो एण्ड पार्टी प्यालेसमा सम्पन्न तालिममा सहभागी विभिन्न क्षेत्रको नेतृत्व तहमा रहेका ८० जना भन्दा बढी स्थानीय युवाहरु लाभान्वीत भएको बताइएको छ । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष एवं अस्ट्रेलियाकालागि पूर्व नेपाली राजदुत महेश दहाल प्रमुख प्रशिक्षक रहेको तालिममा नयाँ भिजन वा परिकल्पनाका साथ अघि बढेको नेतृत्व मात्र जीवनमा सफल हुने जानकारी गराइएको थियो । सन् २०११ मा नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको नेतृत्व सम्हालेका जेसीआई सिनेटर दाहाल नेपाल जेसीजका कुशल प्रशिक्षक समेत हुन् । स्पष्ट वक्ता, कुशल नेतृत्व दाहाल युवाहरु माझ लोकप्रिय मानिन्छन् ।


    सकारात्मक सोच भएन भने रचनात्मक काम हुन नसक्ने भन्दै प्रमुख प्रशिक्षक दहालले संसारको सृष्टि गलत नभएको तर दृष्टि गलत भएका कारण भविष्य देख्न नसक्नु ठूलो भुल भएको बताए । हरेक मानिस आँफैमा लिडर भएको प्रष्ट पार्दै प्रशिक्षक दहालले प्रत्येक व्यक्तिले आफ्नो नेतृत्व जगाउँनु पर्ने तर्फ जोड दिए । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरीयनहरु आफंैमा फरक क्षेत्रका लिडर भएका कारण ‘लिडर अफ दि लिडर’ का रुपमा रोटरीयनहरुबाट समाजमा नैतिकतासँगै व्यवहारिक कुराहरु समेत सिक्न सकिने प्रशिक्षक दहालको ठम्याई छ ।


    पाँच वर्ष अघि स्थापना भएको रोटरी क्लव अफ सुरुङ्गाको हालसम्ममा स्थानीय सामाजिक अभियन्ताहरु लक्ष्मीप्रसाद(एल.पी)उप्रेती, कुमारमणि पोखरेल, टिकाप्रसाद जमरकट्टेल,शुशिलकुमार श्रेष्ठले नेतृत्व सम्हालीसकेका छन् भने वर्तमान अवस्थामा खेमप्रसाद प्रसाईँको नेतृत्वमा संस्थाको तर्फबाट सामाजिक क्षेत्रमा गतिविधि भइरहेको क्लवका प्रेसिडेन्ट इलेक्ट शिवकुमार कँडेलले जानकारी दिए ।


    रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष ख्याम प्रसाईको सभापतित्व रहेको औपचारिक समारोहमा कार्यक्रम संयोजक क्लवका प्रेसिडेन्ट नोमिनी लुवराज उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी स्थानीय क्रियाशिल सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैंकर्स लगायत रोटरी एण्ड रोट्रयाक्ट क्लवका पदाधिकारीहरुको सहभागीता रहेको कार्यक्रममा क्लवका उपाध्यक्ष डिल्लीराम मैनालीले स्वागत गरेका थिए ।

    क्लवकी महासचिव मेनुका उप्रेतीले संचालन गरेको तालिम समापनपछि अनुभुति मन्तव्य राख्दै रोटरी क्लव अफ विर्तामोड मिडटाउनका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले तालिम अत्यन्तै उपलव्धीमुलक भएको प्रतिक्रिया दिए । झापामा क्रियाशिल अन्य रोटरी क्लवका पदाधिकारीहरुको समेत उपस्थिती रहेको कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ रिजन—७ का ट्रेनिङ कमिटी चेयर रोटरीयन कुमार गिरी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.