Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कतारमा निधन भएका भेट्वालको कनकाईमा दाहसंस्कार
    समाचार

    कतारमा निधन भएका भेट्वालको कनकाईमा दाहसंस्कार

    ramBy ram२०७५ चैत्र २३, शनिबार ०४:४९ गते2 Mins Read

      सुरुङ्गा /दोहा कतारमा २२ दिन अघि निधन भएका कनकाई नगर ५ तुलसीवारी निवासी ३६ वर्षिय सुरेश भेट्वालको शुक्रवार कनकाई माईमा दाहसंस्कार गरिएको छ ।

      एघार वर्ष अघिदेखी ग्रुपफोर सेक्युरिटीमा कार्यरत भेट्वाल दोहा कतारस्थित अस्ताद प्रोजेक्ट विन महम्मद विल्डीङ्मा कार्यरत थिए । अघिल्लो महिनाको फागुन २९ गते राती १० वजेसम्म तुलसीवारीस्थित निजी निवासमा श्रीमति मन्जुसँग सधैं झैं भिडीयो कलवाट हाँसो खुशीका साथ राम्रैसँग कुराकानी गरेर सुतेका भेट्वाल उज्यालो हुँदा ३० गते विहान आफ्नै कोठामा शंकास्पद तरिकाले मृतअवस्थामा फेला परेका थिए । कोठामा ६ जना साथीहरु मिलेर वस्दै आएको भएपनि दुईजना डिउटीमा रहेकाले त्यो रात भेट्वालसहित चारजना सुतेको कोठामा उनी झुन्डीएको अवस्थामा फेला पर्नुले घटनालाई रहस्यमय वनाएको मृतक सुरेशका भाइ गोविन्द भेट्वालले वताउँदै आएका थिए ।

       लामो समय वितिसक्दा पनि घटनाको वारेमा सत्य तथ्य सार्वजनिक नहुँदा दिनप्रतिदिन परिवारलाई तनाव बढ्दै गएको थियो । घटना भएको लामो समयपछि कतार सरकारले मृतकको पोष्ट मार्टमको रिपोर्टका साथ आवश्यक प्रक्रिया पूरा गरेर मात्र भेट्वालको शव नेपाल पठाएको वताइएको छ । विहिवार विहान काठमाण्डौवाट प्रक्रिया पूरा गरेर भेट्वालको शव राती अवेला झापा तुलसीवारीस्थित भेट्वाल निवासमा ल्याइएको हो ।

      इलामको दानावारी हालको महमाई नगरपालिका ४ निवासी नरनाथ र चेवनकुमारी दहालकी साइली छोरी मन्जु ६ वर्ष अघि २०६९ सालको असार १० गतेका दिन १९ वर्षकै उमेरमा कनकाई ५ स्थित तुलसीवारी निवासी लक्ष्मीप्रसाद र विष्णुमाया भेट्वालका साइला छोरा सुरेश भेट्वालसँग विवाह वन्धनमा वाँधिएकी थिइन् । विवाह हुनु भन्दा पाँच वर्ष अघिदेखी नै सुरेश वैदेशिक रोजगारीका लागि दोहा कतार गएका थिए ।

       विवाहका लागि दुई महिनाको विदामा आएका सुरेशले विवाहपछि एक महिनाकी वेहुली वावुआमाका साथमा छाडेर आँफू परदेश तर्फ लागेका थिए । दश महिनापछि २०७० सालको वैशाख ५ गतेका दिन छोराको जन्म भएपछि सुत्केरी मन्जुलाई हस्पीटलवाट घरमा ल्याएसँगै सोही दिन वेलुका सुरेश कतारवाट घर आएर दुई महिना वसेका थिए ।

       त्यसपछाडी यस अघि २०७३ सालको चैतमा दुई महिनाको विदाको समय घर परिवारसँग विताएर गएका सुरेश अव मन्जुसँग मात्र नभई यो संसारवाट नै सदाका लागि विदा भएको खबर आएपछि मन्जु भुँइमा ढलेकी थिइन् । अरु दुई वर्ष विदेशमा वसेपछि आँफ्नो व्यवहार केही सहज हुने विश्वास लिएका सुरेशले त्यसपछिका दिनमा स्वदेशमै आएर परिवारका साथ गाईपालन र कुखुरा फर्म खोल्ने र श्रीमतिका लागि छुट्टै पसल संचालन गरिदिने भावि योजना सुनाउँने गरेको वताइएको छ । विदेश गएर आर्जन गरेको पैशाले कनकाई ५ स्थित तुलसीवारीमा चार वर्ष अघि किनेको घरमा सुरेशले आफ्नी श्रीमति मन्जु र उनको पाँच वर्षको छोरा सुमनलाई व्यवस्थापन गरेका थिए । शुक्रवार कनकाई माईमा भएको अन्तिम दाहसंस्कारपछि स्व.भेट्वालको परिवार तुलसीवारीस्थित आफ्नै घरमा काजक्रियामा जुटेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.