Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रतिनिधि सभाकोलागि एमाले झापाबाट ओली र कोइरालाको नाम सर्वसम्मत सिफारिस
    राजनीति

    प्रतिनिधि सभाकोलागि एमाले झापाबाट ओली र कोइरालाको नाम सर्वसम्मत सिफारिस

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र २०, सोमबार १६:४४ गते3 Mins Read

    कनकाई खबर \ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमाले झापाको सिफारीसमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली साथै केन्द्रिय सदस्य रविन कोइराला सर्व सम्मत भएका छन् ।

    ओली क्षेत्र नं.५ बाट र कोइराला क्षेत्र नं.१ बाट सर्वसम्मत रुपमा सिफारीस भएका हुन् । पार्टीले ५ वटै क्षेत्रबाट माथिल्लो कमिटिमा उम्मेद्वारको नाम सिफारीस गरेको छ । पार्टीले भावी प्रधानमन्त्रीका रुपमा समेत अघी सारेको कारण सर्वसम्मत रुपमा पार्टी अध्यक्ष ओलीको नाम सिफारिस भएको बताइएको छ ।


    जिल्लाको ५ वटै क्षेत्रमा पार्टिको क्षेत्रीय कमिटीको बैठक बसी भएको निर्णय अनुसार क्षेत्र नं.४ को क्षेत्रीय कमिटीले वर्तमान प्रतिनिधिसभा सदस्य एलपी साँवा सहित ५ जना आकांक्षीको नाम माथिल्लो कमिटिमा सिफारीस गरेको बताइएको छ । क्षेत्र नं.४ मा रहेका २८ वटा वडाबाट पार्टीको वडा कमिटी अध्यक्ष सहितका अधिकांश पदाधिकारीहरुले एल.पी.साँवाको पक्षमा सर्व सम्मत बनाउँने प्रयास गरेपनि अन्य आकांक्षीहरुले नाम फिर्ता नलिएपछि ५ जनाको नाम सिफारीस गरिएको क्षेत्रीय कमिटीका एक जिम्मेवार नेताले जानकारी दिए ।

    सांसद साँवासहित प्रदेशसभा सदस्य तथा पुर्व कृषि मन्त्री हिराकुमार थापा, शिवसताक्षी नगरपालिकाका निर्वतमान मेयर एवं उपमेयर चन्द्रकुमार शेर्मा र भोजकुमारी नेपाल साथै होम गौतमले उम्मेदवार दावी गरेपछि ५ जनाकै नाम सिफारीस भएको क्षेत्रीय समितिले जनाएको छ । उम्मेद्वारीको दाबेदार बनेका कसैले पनि आफ्नो नाम फिर्ता नलिएको एक आकांक्षीले बताए । केन्द्रको सर्कुलर अनुसार आकांक्षीहरु सबैको नाम माथिल्लो कमिटीमा सिफारीस पठाउनु पर्ने भएपछि क्षेत्र नं.४ बाट पाच जनाकै नाम सिफारीस भएको बताइएको छ । केही व्यक्ति र संचार माध्यमले एकलौटी प्रचारबाजी गरेको भन्दै आकांक्षीहरुले दुःख व्यक्त गरेका छन् ।


    नेकपा एमाले ३ नम्बर क्षेत्रीय समन्वय कमिटीको सोमबार सम्पन्न बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन केन्द्रीय सदस्य दुर्गा प्रसाईं, प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मी, जिल्ला कमिटी सदस्य हरि घिमिरे, जिल्ला विभागका सदस्य लोकनाथ भट्टराई र क्षेत्रीय समन्वय कमिटीका सदस्य गंगा धमलाको नाम माथिल्लो कमिटीलाई सिफारिस गरेको जनाइएको छ ।

    यस्तै क्षेत्र नं २ मा चार जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा पूर्व महान्याधिवक्ता तथा नेकपा एमालेका झापा इन्चार्ज अग्नि खरेल, नेकपा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरे, वर्तमान प्रतिनिधि सभा सदस्य पबित्रा निरौला खरेल र विर्तामोड नगरपालिकाका निवर्तमान प्रमुख ध्रुव कुमार शिवाकोटीको नाम सिफारिस भएको छ ।


    त्यस्तै झापाको क्षेत्र नं १ मा नेकपा एमालेका केन्द्रिय सदस्य रबिन कोईरालाको नाम सर्व–सम्मतले सिफारिस गरिएको एमाले झापाले जनाएको छ ।

    नेकपा एमालेको झापा क्षेत्र नम्बर ४(ख)मा प्रदेशसभा सदस्यको उम्मेद्धारका लागि १५ जनाको नाम सिफारिस भएको छ ।


    कनकाई ३ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा बसेको पार्टीको निर्वाचन परिचालन कमिटीको बैठकबाट यस क्षेत्रका लागि १५ सदस्यको नाम सिफारिस गरेर जिल्लामा पठाइएको हो । यसरी प्रदेश सांसदका लागि सिफारिस हुनेहरुमा झापाका पुराना कम्युनिष्ट नेता गोकर्ण ओझादेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीका ज्वाइँ एक जुझारु युवा नेताका रुपमा परिचित कमल कट्टेलसम्म परेका छन । प्रदेशको नेतृत्व युवा पुस्ताले गर्नु पर्ने तर्फ जोड दिँदै यस क्षेत्रमा अधिकांश युवा पुस्ता नै आकांक्षीका रुपमा देखिएको बताइएको छ ।

    प्रदेश कमिटी उम्मेद्धारको सिफारिसमा हालका माननीय सांसद एलपीसाँवा लिम्बुका स्वकीय सचिव विशाल खनाल र साँवाकै विश्वासपात्र मानिने युवा संघका केन्द्रिय नेता मिलन कट्टेलको समेत नाम सिफारिस गरिएको छ । अन्यमा पार्टीका कनकाई नगर इन्चार्ज रविन्द्र लम्साल, तुलाराम बस्नेत, कृष्ण खतिवडा, पार्टीका कनकाई नगर उपाध्यक्ष तथा पुर्व कृषि मन्त्री हिरा थापाका पिए विनोद रानामगर, ओम पाठक, ख्याम मिश्र, गजेन्द्र ताम्ली, मनोज ताम्ली, धनबहादुर थेबे, डम्बर अधिकारी रहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.