Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बैंकको डिजिटल सेवाका बारेमा जानकारी दिँदै विद्यार्थीसँग माछापुच्छ्रे
    आर्थिक

    बैंकको डिजिटल सेवाका बारेमा जानकारी दिँदै विद्यार्थीसँग माछापुच्छ्रे

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र २०, सोमबार ०७:०९ गते3 Mins Read

    कनकाई खबर \ माछापुच्छ्रे बैंक लि.सुरुङ्गा शाखाले झापाको सुरुङ्गा स्थित कनकाई बहुमुखी क्याम्पस साथै यूनिक क्याम्पस सुरुङ्गाका स्नातक तह साथै स्नातकोत्तर तहमा अध्ययनरत ३ सय बढी विद्यार्थीसँग डिजिटल लिटेर्सी कार्यक्रम सम्पन्न गरेको छ ।

    कलेज डे को अवसर पारेर माछापुच्छ्रे बैंकले शुक्रबार विद्यार्थी केन्द्रित कार्यक्रम सम्पन्न गरेको हो । सोही अवसरमा बैंकका तर्फबाट वित्तिय साक्षरता साथै बैंकको डिजिटल सर्भिसका विषयमा साक्षरता तथा सक्षमता बारे जानकारी गराईएको थियो ।


    बैंकले पेपर मनिको सट्टा डिजिटल सर्भिस जस्तो डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग सेवा, एटिएम, क्युआर, पोस सर्भिस सम्बन्धि विद्यार्थी साथै शिक्षकहरुलाई समेत विस्तृत जानकारी गराइएको माछापुच्छ्रे बैंक सुरुङ्गा शाखाका प्रमुख खगेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । साथै बैंकले वित्तिय संस्थाहरुमा बचत गर्ने बानी बसाल्ने, वित्तिय अनुशासन कायम गर्ने, रेमिटेन्स सेवा, आइपि यस, आर टि जि यस, कर्पोरेट—पे को सेवा सम्वन्धि विस्तृत जानकारी गराइएको थियो ।


    बैंकले विद्यार्थीलाई इन्टर्नसिप गर्ने सुविधा प्रदान गर्ने र अध्ययन पुरा गरी राम्रो अंक ल्याई उत्तिर्ण गर्ने छात्र, छात्राहरुलाई बैंकको भ्याकेन्सीमा विशेष प्राथमिकता दिई प्लेसमेन्ट गर्ने मौका प्रदान गर्ने जानकारी गराइएको थियो ।
    कार्यक्रम बैंकका शाखा प्रबन्धक, कर्जा विभागका रिलेसनसिप मेनेजर तथा अपरेसन विभागका रिलेसनसिप मेनेजर क्रमशः खगेन्द्र बहादुर श्रेष्ठ, सिजन श्रेष्ठ र मनोज पौडेलले स्लाइट प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा विद्यार्थीहरुलाई मोवाइलबाटै खाता खोल्न सकिने बैंकको नयां प्रोडक्ट एम वि एल एम स्मार्ट खाता सोही दिनबाट संचालनमा ल्याइएको बताइएको छ । खाता खोली रु.१ सय को रि—चार्ज गर्दा रु.१ सय बैंकले र रु.१ सय फोन—पे बाट क्यास ब्याकको अफर दिएको थियो । खातामा मोवाइल बैंकिङ्गबाटै रु.१ लाख सम्मको कारोबार गर्न सकिने बताइएको छ ।


    माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम स्मार्ट योजनामा नयाँ सुविधा ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग एप, एमबीएल एम स्मार्ट योजनामा स्मार्ट लोन एगेन्स्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको हो ।


    उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन एगेन्स्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरि मोबाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् । विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अवस्थामा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको बताइएको छ ।

    माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनै नपर्ने गरि अनलाईन तथा मोबाईल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन एगेन्स्ट फिक्स डिपोजिटमा सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।

    यस एमबीएल एम स्माट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेशन गर्न सकिने, मोबाईल फोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेका छन् ।


    बैंकले एमबीएल एम स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नयाँ सुविधाहरु थप्दै अघि बढेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.