Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नारी सञ्चार गृह झापाको स्थापना दिवसमा दुईवटा पुरस्कार घोषणा
    समाचार

    नारी सञ्चार गृह झापाको स्थापना दिवसमा दुईवटा पुरस्कार घोषणा

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र १९, आईतवार १८:०४ गते2 Mins Read

    झापा \ नारी सञ्चार गृह झापाले आफ्नो ११औं स्थापना दिवसको अवसरमा दुईवटा महत्वपुर्ण पुरस्कार घोषणा गरेको छ ।


    स्थापना दिवसको अवसर पारेर महिलाहरुलाई पत्रकारितामा उत्पे्ररित गर्ने, क्षमता विकास र पेशामा कलम चलाउन सक्रियता बढाउने उद्देश्यले नारी सञ्चार गृह झापाले पुरस्कार घोषणा गरेको बताइएको छ । संस्थाले स्थापना दिवसका अवसरमा एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार र २५ हजार ५ सय ५ रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार घोषणा गरेको हो । उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार महिलालाई प्रदान गरिने बताइएको छ ।


    नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार झापाका पत्रकारका संघ÷संगठनले वितरण गर्ने पुरस्कारमध्ये नै ठूलो पुरस्कार राशि रहेको छ । उक्त पुरस्कार हरेक २÷२ बर्षमा वितरण हुने नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिइन् । पत्रकारिता क्षेत्रमा क्रियाशील र नवप्रवेशी महिलालाई सङ्गठित एवम् तालिम तथा प्रशिक्षण प्रदान गर्दै आएको संस्थाले रु. २५ लाखको अक्षयकोष खडा गरेको छ । पुरस्कारका लागि छुट्टै अक्षयकोष बनाइने बताइएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश नम्बर १का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले गरेका थिए । सो समारोहमा संस्थाको परिचय, कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत संस्थापक अध्यक्ष सावित्रा दाहालले गरेकी थिइन् । कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. १ उपाध्यक्ष हिमा चेम्जोङले आफ्नो भनाइ राखेकी थिइन् ।


    संस्थाकी अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको दोस्रो सत्रमा मर्यादित पत्रकारिताका लागि भूमिका, सुझाव र प्रतिवद्धता विषयक अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा एमाले झापाका सचिव शिव ढुंगेल,कांग्रेस झापाका सचिव कृष्ण हुमागाँई, राप्रपा झापाका सचिव भवानी राजवंशी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, पत्रकारहरु गोपाल काफ्ले, सुब्रत न्यौपाने, पर्वत पोर्तेल, प्रदिप परियार तथा अधिकारकर्मीहरु कोपिला खड्का बस्नेत, कविता शर्मा, प्रेमा भट्टराई, दीपक दास लगायतले विभिन्न सुझाव तथा प्रतिबद्धता राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन सचिव भूमिका फियाक सुब्बा र अन्तरक्रियाको सहजीकरण उपाध्यक्ष रेजिना रोदनले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.