Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बाह्रदशीको सय दिन ः स्वास्थ्य र शिक्षा जनप्रतिनिधिको प्राथमिकतामा
    समाचार

    बाह्रदशीको सय दिन ः स्वास्थ्य र शिक्षा जनप्रतिनिधिको प्राथमिकतामा

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र ११, शनिबार १७:३१ गते3 Mins Read

    कनकाई खबर \ झापाको बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको आज एक सय दिन पुरा भएको छ । गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले अध्यक्षको जिम्मेवारी पाएपछि जनताको सेवामा क्रियाशिल भएको सय दिन पुरा भएको जानकारी दिए ।


    कार्यभार सम्हालेर जनताको बीचमा सय दिन काम गर्दै गर्दा शिक्षा र स्वास्थ्यलाई नै मुख्य प्राथमिकतामा राखेर अघि बढेको जानकारी दिए । गाउँपालिकाले सबै क्षेत्रलाई समेटेर अघि बढेको छ, अध्यक्ष चम्लागाईले भने – त्यसमा पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा ध्यान दिएका छौं ।

    निर्वाचित भएपछि सबै स्थानीय तहले बजेट ,नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका १५ पालिकाले आर्थिक वर्ष ०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । बाह्रदशी गाउँपालिकाले भदौं १० गते कार्यक्रमको पुस्तिका नै सार्वजनिक गरिसकेको छ । त्यसका अलवा गाउँपालिकाका अध्यक्ष चम्लागाईले सय दिनका मुख्य कामहरु सार्वजनिक गरेका छन् ।

    गाउँपालिकाको कार्यभार सम्हाले लगत्तै अध्यक्षले गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्सरे गर्ने घोषणा गरे बमोजिम कार्यान्वय भइसकेको छ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका अध्यक्ष चम्लागाईले भर्खरै ५० लाख बराबरको स्वास्थ्य उपकरणसहित सामग्री ल्याएका छन् । ५ शैयाको अस्पताल सञ्चालनका लागि मन्त्रालयबाट डिजिटल एक्सरे, इसीजी मेसिन लगायतका सामग्री ल्याएको चम्लागाईको भनाई छ । अस्पताल सञ्चालनका लागि एमबीबीएस डाक्टरको व्यवस्था भइसकेको गाउँपालिकाले जनाएको छ ।

    हालसम्म आधारभुत स्वास्थ्य केन्द्र स्थापना नभएको वडा नं. ३ मा स्वास्थ्य सेवा प्रदान गर्नलाई अहेव, अनमी र कार्यालय सहयोगी नियुक्त गरेर सेवा प्रारभ्म गरिएको छ । स्वास्थ्य स्वयमसेविकाहरुलाई तलव बृद्धि गरिएको छ ।

    यस्तै, अध्यक्ष चम्लागाईका अनुसार स्वयम्सेविकाहरु अवकास हुँदा एकमुष्ट १ लाख रुपैयाँ उलपब्ध गराउने निर्णय गरिएको छ ।

    बाह्रदशी गाउँपालिकाबासी नागरिकलाई निशुल्क रगतको व्यवस्था मिलाइएको छ । त्यसका लागि गाउँपालिकाले रेडक्रससँग सम्झौता गरिसकेको छ । बाह्रदशीका नागरिकले उपचारका क्रममा रगत खोजीमा भौतारिनु नपर्ने र कुनै शुल्क पनि बुझाउनु नपर्ने व्यवस्था मिलाइएको अध्यक्ष चम्लागाईले जानकारी दिए । गापाले एम्बुलेन्स खरिदका लागि समेत बजेट छुट्याइसकेको छ ।


    सय दिनका मुख्य–मुख्य काम र निर्णयहरु सार्वजनिक गर्दै उनले बाह्रदशीमा सामुदायिक क्याम्पस नभएकाले स्थापनाका लागि आवश्यक प्रक्रिया थालिएको जानकारी दिए ।
    शिक्षा, स्वास्थ्य र वडा कार्यलयहरुको अनुगमन गरिसकेका अध्यक्ष चम्लागाईले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि टेण्डर आव्हान गरिसकेको बताए । उनका अनुसार त्यसका लागि आवश्यक व्यवस्थापनको काम पनि भइरहेको छ ।

    हरेक वर्ष बाढी, कटानको जोखिम रहेको वडा नं. ७ को गोलुगाउँ पश्चिम बाँसको सहायतामा नियन्त्रणको काम गरेको उनको भनाई छ । सो कार्यले प्रभावित नागरिक सुरक्षित भएका छन् ।

    यस्तै, आवास विहीनहरुका लागि आवास निर्माण, खानेपानीका समस्या समाधान र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि सरोकारवाला माथिल्लो निकायसँग समन्वय भइरहेको अध्यक्षको भनाई छ ।

    अध्यक्ष चम्लागाईले सय दिन उपलब्धिमुलक भएको प्रतिक्रिया दिदैं बितेको सय दिनमा सबै जनप्रतिनिधिहरु, कर्मचारी र आम बाह्रदशीबासी नागरिकसँग अपेक्षाकृत सहकार्य र समन्वय भइरहेको जानकारी दिए । उनले गाउँपालिकाबासीको आशा पुरा गर्ने अभियानका क्रियाशिल रहने बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.