Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पाटी परित्याग गर्दै दलबहादुरले भने, “कनकाईमा माओवादी अब बत्ती बालेर खोज्नुपर्छ ”
    समाचार

    पाटी परित्याग गर्दै दलबहादुरले भने, “कनकाईमा माओवादी अब बत्ती बालेर खोज्नुपर्छ ”

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र ५, आईतवार १७:२३ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा नेकपा माओवादीको सिङ्गो वडा कमिटीले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको छ ।


    नेकपा माओवादी कनकाई—१ को वडा कमिटिका अध्यक्ष दलवहादुर विश्वकर्मा, सचिव धर्मराज घिमिरे सहित वटाकमिटिले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको हो । पार्टी भित्र कार्यकर्ता बस्न नसकेको भन्दै माओवादी वडाकमिटिका अध्यक्ष विश्वकर्माले अबका केही दिनमै कनकाईमा माओवादी कार्यकर्तालाई बत्ती बालेर खोज्ने समय आउँने बताए । माओवदी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुमा पूर्व जिल्ला कमिटि सदस्य तपनकुमार मण्डल, नगर कमिटि सदस्य कृष्णप्रसाद सिटौला र देवेन्द्र गहतराज, वडाकमिटि सदस्य खेमविर लकान्द्री र पहलमान विश्वकर्मा, अखिल नेपाल किसान संघ नगर सचिव सीता भट्टराई घिमिरे, क्रान्तीकारी माओवादीका जिल्ला कमिटि सदस्य भक्त विश्वास, स्वतन्त्रबाट पुष्पा भट्टराई लगायत विभिन्न जिम्मेवारीमा रहेका माओवादी कार्यकर्ताहरुले सामुहिक राजीनामा दिएका हुन् ।


    पाटी परित्यागपछि प्रेस विज्ञप्ती सार्वजनिक गर्दै माओवादी कनकाई १ का वडाअध्यक्षको जिम्मेवार रहेका विश्वकर्माले पछिल्लो समय पार्टी अप्राकृतिक गठबन्धनमा लागेर अराजक बनेपछि आँफूहरुले पार्टी त्याग्न बाध्य भएको बताए । धेरै लामो समय माओवादी आन्दोलनमा बिताएका विश्वकर्माले माओवादी पार्टी स्वार्थको राजनीति तर्फ लिप्त भएको र चरम गुटबन्दीमा लागेपछि त्यस्तो गतिविधि आँफूहरुलाई मान्य नभएको भन्दै पार्टी परित्याग गरेको जनाएका छन् । पार्टीभित्र आत्माकेन्द्रित व्यक्तिवाद, त्याग तपस्या र बलिदानीप्रतिको उपेक्षा, स्वेच्छाचारिता, अहंकारवादमा लिप्त हुँदै हरेक आदर्शलाई सौदाबाजीको रुपमा उपयोग हुनु साथै सिमिति व्यक्ति कमाउँ धन्दामा लिप्त भएर ईमान्दार पार्टी कार्यकर्ताप्रति उपेक्षा भएका कारण एक मात्र विकल्प विद्रोह बाँकी रहेपछि ईमान्दराीताका साथ पार्टी परित्याग गरेको विज्ञप्ती मार्फत जनाइएको छ ।

    नवप्रवेशी सबैलाई नेकपा एमाले जिल्ला कमिटी झापाका अध्यक्ष दिपक कार्की, केन्द्रिय सल्लाहकार परिसद सदस्य तारा समयाङ्या र वालकृष्ण मैनाली, प्रदेश कमिटी सदस्य टंकवहादुर कार्की साथै प्रतिनिधि सभा सदस्य एवम् एमाले प्रदेश कमिटी सदस्य एल.पी.सावा लिम्बू, क्षेत्रीय संयोजक खेमनाथ मिश्र, क्षेत्र नं.४ (ख) का समन्वय कमिटी संयोजक गोकर्ण ओझा, तुलाराम बस्नेत लगायतले स्वागत गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.