Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अधुरै रह्यो सुरेशको सपना विदेशवाट दुई साता वित्दा पनि शव आएन
    कनकाई खबर बिशेष

    अधुरै रह्यो सुरेशको सपना विदेशवाट दुई साता वित्दा पनि शव आएन

    ramBy ram२०७५ चैत्र १३, बुधबार १५:०२ गते4 Mins Read

    राम निरौला

    कनकाई / आजभन्दा दुई हप्ता अघि फागुन ३० गते विहिवार दिउँसोको ४ वजेतिरको समय थियो, खेतमा मकै गोडीरहेकी कनकाई नगरपालिका ५स्थित तुलसीवारीकी २५ वर्षिया मन्जु भेट्वाललाई आएको फोन रिसिभ गर्ने वित्तिक्कै उनी बेहोस भइ भुँइमा ढलिन् । जसोतसो मकै गोड्ने साथीसँगीहरुले मन्जुलाई उनको घरमा पुर्याए । बेहोस अवस्थामा भुइँमा ढलेकी मन्जुलाई कसैले सम्झाउँन सक्ने अवस्था थिएन । सवैका आँखावाट आँसु झरीरहेका थिए । त्यो बेलासम्म नजिकै रहेका अन्य सवैलाई यथार्थ कुराको जानकारी प्राप्त भइसकेको थियो ।

      इलामको दानावारी हालको महमाई नगरपालिका ४ निवासी नरनाथ र चेवनकुमारी दहालकी साइली छोरी मन्जु ६ वर्ष अघि २०६९ सालको असार १० गतेका दिन १९ वर्षकै उमेरमा कनकाई ५ स्थित तुलसीवारी निवासी लक्ष्मीप्रसाद र विष्णुमाया भेट्वालका साइला छोरा सुरेश भेट्वालसँग विवाह वन्धनमा वाँधिएकी थिइन् । विवाह हुनु भन्दा पाँच वर्ष अघिदेखी नै सुरेश वैदेशिक रोजगारीका लागि दोहा कतार गएका थिए ।

      विवाहका लागि दुई महिनाको विदामा आएका सुरेशले विवाहपछि एक महिनाकी वेहुली वावुआमाका साथमा छाडेर आँफू परदेश तर्फ लागेका थिए । दश महिनापछि २०७० सालको वैशाख ५ गतेका दिन छोराको जन्म भएपछि सुत्केरी मन्जुलाई हस्पीटलवाट घरमा ल्याएसँगै सोही दिन वेलुका सुरेश कतारवाट घर आएर दुई महिना वसेका थिए । त्यसपछाडी यस अघि २०७३ सालको चैतमा दुई महिनाको विदाको समय घर परिवारसँग विताएर गएका सुरेश अव मन्जुसँग मात्र नभई यो संसारवाट नै सदाका लागि विदा भएको खबर आएपछि उनी भुँइमा ढलेकी थिइन् ।

      एघार वर्ष अघिदेखी ग्रुपफोर सेक्युरिटीमा कार्यरत ३६ वर्षीया भेट्वाल दोहा कतारस्थित अस्ताद प्रोजेक्ट विन महम्मद विल्डीङ्मा कार्यरत थिए । दुई साता अघि फागुन २९ गते राती १० वजेसम्म पनि सुरेशसँग सधैं झैं भिडीयो कलवाट हाँसो खुशीका साथ राम्रैसँग कुराकानी भएको मन्जु वताउँछिन् । भेट्वाल दम्पती विच भावि योजना सहित भएको रमाइलो कुराकानी उज्यालो हुन नपाउँदै अस्ताउन पुगेको छ । उज्यालो भएपछिको समय भोली पल्ट ३० गते विहान आफ्नै कोठामा भेट्वाल शंकास्पद तरिकाले मृतअवस्थामा फेला परेपछि भेट्वाल दम्पती विचको सपना अधुरै रहने भएको हो ।

       कोठामा ६ जना साथीहरु मिलेर वस्दै आएको भएपनि दुईजना डिउटीमा रहेकाले त्यो रात भेट्वालसहित चारजना सुतेको कोठामा उनी झुन्डीएको अवस्थामा फेला परेको सोही कम्पनीका सुपरभाइजर अनिल गुरुङ्लाई उदृत गर्दै मृतक सुरेशका भाइ गोविन्द भेट्वालले वताएका छन् । दुई साता वितिसक्दा पनि सत्य तथ्य सार्वजनिक नहुँदा दिनप्रतिदिन परिवारलाई तनाव बढ्दै गएको गोविन्दले वताएका छन् । कतार सरकारले घटनाको वारेमा छानविन गरिरहेकाले कानुनी प्रक्रिया पूरा हुनासाथ सम्वन्धित पक्षलाई जिम्मा लगाउँने जानकारी गराएको काठमाण्डौस्थित मृतकका आफन्त सुनिल भेट्वालले वताएका छन् ।

      पोष्टमार्टमको रिपोर्ट आउँन समेत ढिला भएको साथै मृतक भेट्वालका साथीहरुसँग समेत अलग अलग दिनमा वयान लिने काम कतार प्रशासनवाट भइरहेकाले केही दिन ढिला भए पनि यथार्थ कुराको तथ्यसहित अव चाँडै सम्वन्धित पक्षलाई लास जिम्मा लगाउँने तयारी भएको स्रोतले जनाएको छ । आज दुई हप्ता वितिसक्दा पनि रातमा निन्द्रा न दिनमा भोक भएर त्यतिक्कै वस्नु पर्दा सपना जस्तो लागेको जनसंसद दैनिकका पत्रकार राम निरौलासँगको भेटमा मन्जुले वताएकी छन् । आँफ्नो आँखाले नदेखेका कारण फोनवाट आएको खबर अझै पनि के कसो हो भन्ने आँफूलाई लागेको वताउँदै मन्जुले आँखाभरी आँशु पार्दै भक्कानिँदै भनिन्– अवको दशैं, तिहार सँगै मनाउँनुपर्छ है, भन्नुहुन्थ्यो ।

      विवाह भएदेखी दशैंतिहार लगायतका कुनै पनि चाडपर्व एकैसाथ मनाउँने अवसर नमिलेकाले अव एकैचोटी दशैंमा विदा मिलाएर आउँने र चाडपर्व रमाइलोका साथ विताउँने भेट्वाल दम्पतीको सपना अव अधुरै रहेको छ । अरु दुई वर्ष विदेशमा वसेपछि आँफ्नो व्यवहार केही सहज हुने विश्वास लिएका सुरेशले त्यसपछिका दिनमा स्वदेशमै आएर परिवारका साथ गाईपालन र कुखुरा फर्म खोल्ने र श्रीमतिका लागि छुट्टै पसल संचालन गरिदिने भावि योजना सुनाउँने गरेको मन्जु वताउँछिन् ।

      विदेश गएर आर्जन गरेको पैशाले कनकाई ५ स्थित तुलसीवारीमा चार वर्ष अघि किनेको घरमा सुरेशले आफ्नी श्रीमति मन्जु र उनको पाँच वर्षको छोरा सुमनलाई व्यवस्थापन गर्न भ्याएका थिए । हाल पाँच वर्षका छोरा सुमन स्थानीय विद्योदय अंग्रेजी माविमा कक्षा युकेजीमा अध्ययनरत छन् । मिहिनेत र परिश्रममा विश्वास गर्ने भेट्वाल सानैदेखी अत्यन्तै मिलनसार एवम् सहयोगी भएको नजिकका आफन्त श्रीप्रसाद भेट्वाल एवम् छिमेकी दुर्गा विमली लगायतले वताएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.