Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपालमै पहिलो पटक “हाम्रो जंगल” सार्वजनिक
    समाचार

    नेपालमै पहिलो पटक “हाम्रो जंगल” सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०७९ श्रावण २६, बिहीबार ०९:२० गते2 Mins Read

    कनकाई खबर \ नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित चलचित्र हाम्रो जंगल निर्माणपछि सार्वजनिक भएको छ ।


    वनहरु समुदायमा हस्तान्तरण भएसँगै भए गरेका प्रगतिको कथामा आधारित चलचित्रलाई वृत्तचित्रको रुपमा वन दिवशको अवसर पारेर जामुनवारी सामुदायिक वन समुहको सभा हलबाट प्रदर्शनको सुरुवात गरिएको हो ।
    ‘हाम्रो जंगल’ नामक एक घण्टाको उक्त वृत्तचित्रको छायांकन पूरा गरी झापाको जामुनवारी सामुदायिक वन समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा सार्वजनिक गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको प्रस्तुती र माइबेनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको वृत्तचित्र सातौँ वन दिवसको सन्दर्भ पारेर सार्वजनिक गरिएको हो ।

    सामुदायिक वन उपभोक्ता महासंघ झापाद्वारा कनकाई नगरपालिका–२÷१ स्थित जामुनवारी सामुदायिक वन समूहको सभाहलमा आयोजित कार्यक्रममा वृक्षारोपणसहित वन नियमावली सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो । ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त चलचित्र सामुदायिक वन समूहको क्षेत्रमा छायांकन गरिएको छ । मेचीनगर निवासी निर्देशक केरुङले निर्देशन गरेको माझीदाई, आमाको काख, हामी शरणार्थी चलचित्र यस अघि नै हिट भइसकेका छन् ।


    तिनै सफल निर्देशक केरुङले सामुदायिक वनमा आधारित चलचित्र बनाएका हुन् । सामुदायिक वनका गतिविधिलाई कथामा समेट्न खोजिएको उनले बताए । ‘सामुदायिक वनहरु यहाँसम्म आइपुग्न उपभोक्ताको ठूलो हात छ,’ उनले भने, ‘यही सफलतालाई पर्दामा देखाउने जमर्को गरेको छु ।’


    चलचित्रको मुख्य भूमिकामा कलाकारहरू सुभास मेचे, समिता गिरी, सुरवीर पण्डित, पुकार भट्टराई र विपिन प्रसाईं छन् । त्यस्तै, कृष्ण कोइराला, विक्रम श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ । निर्माता विस्मार्क लिम्बूका अनुसार वृत्तचित्रलाई देशभरका २२ हजार ४ सय सामुदायिक वनका उपभोक्ता समूह मार्फत उपभोक्तालाई देखाइनेछ ।

    महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षता एवम् केन्द्रीय सदस्य संगीता थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष प्रेम घिमिरेले गरेका थिए । कार्यक्रममा जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष ख्याम सिटौला, कनकाई नगरपालिका २ का वडाअध्यक्ष प्रताप राई लगायातको आतिथ्य रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.