Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कारिताससँगको समन्वयमा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउँदै कनकाई नगरपालिका
    समाचार

    कारिताससँगको समन्वयमा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउँदै कनकाई नगरपालिका

    कनकाई खबरBy कनकाई खबर२०७९ श्रावण १२, बिहीबार ०९:१९ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले कारितास नेपालसँगको सहकार्यमा युवालाई सिपमुलक तालिम प्रदान गर्दै स्वदेशमै आत्मनिर्भर बनाउँने अभियान संचालन गरेको छ ।


    “जब सम्म युवाहरुलाई स्वरोजगार बनाउँन सकिदैन तब सम्म समृद्धिको सपना पूरा हुन सक्दैन”भन्ने कुरामा जोड दिँदै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले युवा लक्षित कार्यक्रमलाई नगरपालिकाले अभियानका रुपमा अघि बढाएको बताए । दातृ संस्थाका रुपमा कारितास जापान साथै कनकाई नगरपालिकाको समन्वय रहेको सिपमुलक तालिम कार्यक्रम कारितास नेपालले आयोजना गरेको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले तालिममा सहभागीहरुले आर्जन गरेको सिपलाई आफ्नो पुँजीका रुपमा लिनु पर्ने कुरामा जोड दिए ।


    युवालाई सिप सिकाएर स्थानीय स्तरमै स्वरोजगार बनाउँने योजनाका साथ कनकाई नगरपालिकाले युवा लक्षित विभिन्न कार्यक्रम संचालन गर्दै आएको नगर प्रमुख पोखरेलले जानकारी दिए । स्थानीय सरकार नगरवासीको चौतर्फी हितकालागि सधैं गम्भिर रहेको भन्दै नगर प्रमुख पोखरेलले सबैबाट हरपल सकारात्मक साथै रचनात्मक सहयोगको अपेक्षा राख्ने गरेको बताए ।


    “सुरक्षित वैदेशिक रोजगारको सुनिश्चितता र प्रवासीहरुको दिगो स्थानीय पुर्नस्थापना प्रवद्र्धन” परियोजनाद्वारा संचालित सिपमुलक तालिम कार्यक्रमबाट महिला र पुरुष गरी विभिन्न विधामा ३२जना युवा लाभान्वीत भएको कारितास नेपाल सुरक्षित वैदेशिक परियोजना कनकाईका प्रमुख विवेक शिवाकोटीले जानकारी दिए । तालिममा कनकाईको वडा नं.३, ४ र ८ का स्थानीय युवाहरुको सहभागीता रहेको बताइएको छ ।


    कारितास नेपाल प्रादेशिक प्रवन्धक देवेन्द्र पोखरेलको सभापतित्वमा सुरुङ्गास्थित होटल क्विनमा सम्पन्न तालिममा दुई महिने आधारभुत झोला निर्माण तर्फ १२ जना, ३ सय ९० घण्टाको सामान्य कुक तर्फ १० जना साथै ३ सय ९० घण्टाकै विद्युतीय मोटर रिवान्डर तर्फ १० गरी ३२ जना लाभान्वीत भएको बताइएको छ । तालिमको प्रशिक्षकका रुपमा झोला तर्फ स्थानीय सहजकर्ता मीना खबास साथै विद्युत मोटर र कुक तर्फ झापा प्राविधिक शिक्षालयका सहजकर्ता क्रमशः दिपेन्द्र विमली र माधव पराजुलीले सहजीकरण गरेको परियोजना अधिकृत हिमालयन अधिकारीले जानकारी दिए ।

    कार्यक्रममा कारितास नेपाल प्रादेशिक प्रवन्धक पोखरेलले तालिममा सहभागीहरुले सिकेको ज्ञान सिप मरेर जानु नहुने भन्दै आयआर्जनमुलक बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । कारितास नेपालले होटल क्विनमा बुधबारदेखि तीन दिने आधारभुत व्यवसायीक योजना तर्जुमा छनौट तालिम समेत संचालन गरीरहेको कारितास नेपालको सुरक्षित वैदेशिक परियोजनाका होम भट्टराईले बताए । परियोजना अन्तर्गत कनकाईका प्रमुख विवेक शिवाकोटीको संचालन तथा परियोजना अधिकृत हिमालयन अधिकारीले स्वागत गरेको तालिम समापन कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष युवराज चौंलागाईँ, सहभागीका तर्फबाट मीना खबास र मीना पाठक सिटौलाले आआफ्नो अनुभव सुनाएका थिए ।


    गैरनाफा मुलक संस्था कारितासले प्रशिक्षण मात्र नभई आवश्यक्ता र अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री, विऊविजन तथा अन्य सामाग्रीहरु पनि वितरण गर्दै आएको छ । कारितासले सिप सिक्नेहरुलाई आत्मनिर्भर मात्रै नभई आम्दानीको एउटा विकल्प समेत बनाउने गरी कार्यक्रम संचालन गरिरहेको बताइएको छ । कारितास नेपालले शहर केन्द्रीत कृषिलाई पनि सन् २०१७ देखि प्राथमिकतामा राखेको छ । शहरबासीलाई अर्गानिक र स्वच्छ तरकारी खुवाउने उद्देश्यले कारितासले काठमाडौँ, ललितपुर र पोखरामा कौसी खेती कार्यक्रम सञ्चालन गर्दै आएको छ । कौसी खेतीलाई पनि कारितास नेपालले महत्वपुर्ण परियोजनाको रुपमा अघि सारेको छ ।


    नेपालको कृषिको विकास र व्यवसायिकीकरणमा पनि कारितास नेपालको भूमिका उल्लेखनीय रहेको बताइएको छ । कारितासले विभिन्न जिल्लामा स्थानीयसँगको सहकार्यमा सुरु गरेको होमस्टे सफलतापूर्वक सञ्चालन भइरहेको बताइएको छ । होमस्टेले बेरोजगार तथा विदेशबाट फर्किएकाहरुलाई स्वरोजगार बनाउन थप मद्दत पुग्ने जनाइएको छ ।


    विश्वका १६८ देशमा फैलिएको गैरनाफामूलक संस्था कारितासको उपस्थिति नेपालमा पनि २०४७ सालदेखि रहेको छ । कारितास नेपालको नामबाट यो संस्थाले नेपालमा दैवी तथा प्राकृतिक प्रकोपको क्षेत्रमा थुप्रै कामहरु गर्दै आएको छ । विपत्तिमा परेका मानिसलाई उद्दार तथा पुनस्थापन गर्ने बाहेक कारितास नेपालले वातावरण, खाद्य सुरक्षा, आयमूलक सीपको तालिम तथा कृषि लगायतका विविध क्षेत्रमा काम गर्दै आएको बताइएको छ ।


    कारितास नेपाल विशेषगरी दैवी तथा प्राकृतिक प्रकोपमा परी घरबार गुमाएकाहरुलाई पुनस्थापनमा केन्द्रीत रहँदै आएको छ । २०७२ सालको भूकम्पमा पनि नेपाल सरकार बाहेक सबैभन्दा ठूलो परिमाणमा भूकम्प पीडितलाई तुरुन्तै राहत दिनेमा कारितास नै रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.