Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्गापुरमा जिल्ला स्तरीय बुद्धिचाल(चेस) प्रतियोगीता सम्पन्न
    खेलकुद

    दुर्गापुरमा जिल्ला स्तरीय बुद्धिचाल(चेस) प्रतियोगीता सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७९ श्रावण १२, बिहीबार ०८:३१ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई ७ दुर्गापुर स्थित जनकल्याण समाजले तीन दिवसीय जिल्ला स्तरीय चेस प्रतियोगीता सम्पन्न गरेको छ ।


    जिल्ला भरिका १२ बर्षदेखि ७२ बर्षसम्मका ४५ जना खेलाडीहरुले सहभागीता जनाएको प्रतियोगीतामा दमकका प्रकाश चन्द्र नेपाल प्रथम, दमक–४ का मिसन दाहाल द्वितीय, दमककै सुमन श्रेष्ठ तृतीय र काकरभिट्टाका विश्वविजय घिमिरे चौथो भएका छन् ।

    विजयीहरुलाई क्रमशः नगद रु.१० हजार, रु.७ हजार ५सय, रु.५ हजार, रु.३ हजार , ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी राजन सुवेदी पाँचौ, दुर्गापुरका राज लिम्बू छैंटौ, दमकका विवेक बज्राचार्य सातौं, दमककै उमेश शाह आठौं, दुर्गापुरका अमृत योङहाङ नवौं र शिवसताक्षीका यदु दाहाल दशौं भएका थिए ।


    पाँचौदेखि दशौं स्थानका विजयी खेलाडीहरुलाई जनही रु.२ हजार नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा भेट्रान तर्फ मेचीनगरका इन्द्रप्रसाद सिग्देल, बालखेलाडी तर्फ कमल–५ का निर्देश दङ्गाल, महिला तर्फ दमक–९ का खुस्बु थापा र अनरेटेड खेलाडी तर्फ दुर्गापुरका तारानाथ बस्नेत क्रमशः नगद रु.२ हजार ५सय, रु.२ हजार,.एक÷एक हजार ,ट्रफी र प्रमाण पत्र सहित पुरस्कृत भएका थिए ।


    प्रतियोगीता सम्पन्न गर्न विभिन्न व्यक्ति संस्थाहरुबाट नगद तथा जिन्सि सौजन्य प्राप्त भएको थियो । प्रथम पुरस्कारको लागि युसाज केसीबाट रु.१० हजार, दोस्रो पुरस्कारको लागि सुरेन्द्र कार्कीबाट रु.७ हजार ५सय , तेस्रो पुरस्कारको लागि रेवतीरमण घिमिरे र जिष्णु घिमिरेबाट रु.५ हजार, चौथो पुरस्कारको लागि दिपक पोखरेल र उप्रेती हाउजीङबाट रु.३ हजार प्राप्त भएको थियो । त्यसैगरि पाँचौ पुरस्कारको लागि युवराज बोहोराबाट रु.२ हजार, छैटौं पुरस्कारको लागि भिष्मभूषण सिटौलाबाट रु.२ हजार, सातौं पुरस्कारको लागि अमृत योङहाङबाट रु.२ हजार , आठौं पुरस्कारको लागि साझा बहुउदेश्यीय सहकारी संस्थाबाट रु.२ हजार, नवौं पुरस्कारको लागि भवानी पौडेलबाट रु.२ हजार र दशौं पुरस्कारको लागि नवयुग शिक्षा निकेतनले रु.२ हजार प्रदान गरेको थियो ।

    त्यसैगरि भेट्रानको लागि तेजबहादुर पौडेलले रु.२ हजार ५सय, बालखेलाडी पुरस्कारको लागि हरि शिवाकोटीबाट रु.१ हजार, महिला तर्फको पुरस्कारको लागि भरत थपलियाबाट रु.२ हजार र अनरेडेट पुरस्कारको लागि निर्मल आङथुपोबाट रु.१ हजार प्राप्त भएको थियो । त्यसैगरि प्रथम, द्वितीय र तृतीय खेलाडीहरुको लागि रु. ५ हजार बराबरको ट्रफी समाजसेवी शेरबहादुर थापाबाट सौजन्य स्वरुप प्राप्त भएको थियो ।


    संस्थाका अध्यक्ष मनोजकुमार थापाको सभापतित्व एवं झापा क्षेत्र नं.४ का सङ्घीय सांंसद एल.पी. साँवा लिम्बूको प्रमुख आतिथ्य रहेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संस्थाले आयोजना गर्ने विभिन्न खेलकुद कार्यक्रमको निमित्त अक्षयकोष खडा गर्न आफ्नो एक महिनाको तलब रु. ३५ हजार प्रदान गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा सल्लाहकार सदस्य अमृत योङहाङ, वडाअध्यक्ष भिष्मभूषण सिटौला, खेल अर्विटर भुपेन्द्र निरौलाले मन्तव्य राखेको कार्यक्रमको संचालन मोहन तिम्सिनाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.