Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शोकमा डुब्यो कचनकबल
    राष्ट्रिय

    शोकमा डुब्यो कचनकबल

    कनकाई खबरBy कनकाई खबर२०७९ श्रावण ८, आईतवार १६:०९ गते2 Mins Read

    कनकाई खबर \ झापाको कचनकवल गाउँपालिका– ५ की १६ वर्षीया करिना, कल्पना र १७  वर्षीया अञ्जली गणेश साथीसाथी हुन् ।

    घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्राय सँगै हुन्थे ।  शनिबार दिउँसो १२ बजे तिर पनि उनीहरु सँगै निस्किए । घरबाट निस्किएपछि बेपत्ता भएका तीन जनाको शव आइतबार विहान घर नजिकैको  एउटै  रुखमा झुन्डिएको अवस्थामा भेटिएको  छ  ।

    घटनास्थलमा आफन्तसँग कुरा गरेर फर्किएका कचनकवल गाउँपालिका– ५ का वडा अध्यक्ष मो. नुर आलमका अनुसार तीनवटै परिवार छोरी फर्किएर आउने आशमा बसेको थियो । घर आउने आशमा फर्किएका आफन्तले आइतबार विहान मृत्युको खबर पाए ।

    ‘दिउँसो १२ बजेसँगै हिडेका कारण आफन्तको घरमा बसे होलान् भनेर  परिवारले धेरै खोजी गरेनन्, आफन्तको घर पनि नजिकै  रहेछ, ’ उनले भने,‘आज विहान चिया टिप्न जानेले रुखमा झुन्डिएको देखेछन्  ।

    उनका अनुसार घटनाको बारेमा  स्थानीयबासी र परिवारले विहान सात बजे  जानकारी पाएका थिए । घटनाका कारण गाउँ नै शोकमा डुबेको उनले बताए । छोरी घर फर्कने आशमा बसेको तीन वटै परिवारमा अचानक मृत्यु भएको खबर पुगेको थियो । ‘घटनाले मृतकको परिवार र गाउँ शोकमा डुबेको छ’, उनले भने  ।

    गाउँबाट पूर्वतर्फ रहेको झिङ खोलाको डिलमा रहेको बयरको रुखमा किशोरीहरु झुण्डिएको अवस्थामा मृत भेटिएको उनले बताए । ‘म घटनास्थलमा १० बजेतिर पुगेको थिएँ’, उनले भने, ‘घटनास्थल आसपास भेला भएका गाउँलेहरु शोकमा थिए ।’

    तीन किशोरी साथीसाथी रहेको उनको भनाइ छ । ‘उनीहरु सँगै काम गर्ने साथी हुन्’, उनले भने, ‘एक्कासी झुण्डिएको अवस्थामा भेटिएका छन्, मृत्युको कारण खुलेको छैन ।’ उनका अनुसार १६ वर्षीया करिना गणेशको घर घटनास्थलबाट करिब चार सय मिटर पर पर्छ । कल्पना गणेशको घर घटनास्थलबाट करिब २ सय मिटर टाढा छ । अञ्जली गणेशको घर भने घटनास्थलबाट करिब दुई किलोमिटर टाढा पर्छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.