Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई सामुदायिक वन क्षेत्रमा अलपत्र अवस्थामा भेटिएकी एक महिलाको उद्धार
    समाचार

    कनकाई सामुदायिक वन क्षेत्रमा अलपत्र अवस्थामा भेटिएकी एक महिलाको उद्धार

    कनकाई खबरBy कनकाई खबर२०७९ श्रावण ४, बुधबार १६:१८ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई माई आसपासको कनकाई सामुदायिक वन समूहको जगंलमा अलपत्र अवस्थामा भेटिएकी एक महिलाको उद्धार भएको छ ।


    मेची महाकाली बुहारी संयुक्त आवाज संस्थाले अलपत्र परेकी महिलाको उद्धार गरेको हो । केहि दिनदेखि कनकाई माई कोटीहोममा देखिएकी महिला शरीरभरी चोट पटकले ग्रस्त अवस्थामा स्थानीयले भेटेका थिए । आफ्नो नाम सुमित्रा शाह वताउँने ती महिला कसरी यस ठाउँमा आईपुगिन् भन्ने विषयमा कसैलाई पनि थाहा नभएको बताइएको छ ।


    मानसिक सन्तुलन गुमाए जस्तो देखिने ती महिला बोल्न सक्ने भएपनि कहिले तोपगाछि कहिले बरगाछि आफ्नो घर वताउँछिन । कनकाई माई वरपर असहायहरु बस्दै आएका देखिन्छन् । स्थानीयका अनुसार बाटोमा अलपत्र परेका असहायलाई प्रहरीले नै यो स्थानमा ल्याएर छोडिदिने गरेको वताइएको छ ।


    कनकाई माईमा भक्तजनले सहयोग गरेको दानले नै यिनीहरुको पेट भरिएको पाईन्छ । कनकाईका समाजसेवी शेरबहादुर थापाले उनलाई ईटहरी लानु अघि कपडा, ब्ल्याङकेट तथा फलफूल वितरण गरेका थिए । स्थानीयको सुचना पाएर मेची महाकाली संयुक्त बुहारी आवाजका सदस्यहरु सोही ठाउँमा पुगेका थिए । एक दिनको लागी कोटीहोमको प्रणामी मन्दिरको आश्रममा राखेर संस्थाले प्रहरी तथा नगरपालिकामा बेसहारा महिलाको बारेमा अवगत गराउँदै सहयोग माग गरेका थिए ।


    अलपत्र परेकी ती महिलालाई साधुसन्त बाट नै असुरक्षित महसुस गरी मेची महाकाली संयुक्त बुहारी आवाज संस्थाले उद्धार गर्ने निर्णय गरेको संस्थाकी झापा अध्यक्ष शिखा खड्का गणेशले बताएकी छन् ।
    उनलाई नुहाउने र कपडा फेर्नको लागी बुहारी आवाज संस्थाका सदस्यले मद्दत गरेका छन। कनकाई नगरपालिका वडा नं ४ का वडअध्यक्ष रोशन सुवदीको पहलमा एम्वुलेन्स उपलब्ध भएको थियो । सिफारिस पत्र सहित ईटहरीको मानव उद्धार गर्ने संस्था माया घरमा उनलाई लगिएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.