Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शहीद डिल्ली गौतमको स्मृति सभामा सम्मानसहित रक्तदान
    समाचार

    शहीद डिल्ली गौतमको स्मृति सभामा सम्मानसहित रक्तदान

    कनकाई खबरBy कनकाई खबर२०७९ श्रावण ४, बुधबार १५:३९ गते3 Mins Read
                    ११ महिला सहित ४६ जनाले गरे रक्तदान

    कनकाई खबर \ झापाको सुरुङगामा शहीद डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न शहीद गौतमको २९ औं स्मृतिसभामा ११ महिला सहित ४६ जनाले रक्तदान गरेका छन् । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी धरान रक्तसंचार सेवाको प्राविधिक सहयोग रहेको बताइएको छ । कार्यक्रममा शिक्षासेवी एवं साहित्यकार कोमलप्रसाद पोखरेल साथै झापा जिल्ला बार एशोसिएसनकी सचिव हेमकला कट्टेललाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद एल.पी. साँवालिम्बू, संविधान सभा सदस्य अम्बिका राजवंशी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, निवर्तमान नगर उपप्रमुख मन्जु प्रसाईँ लगायतले सम्मानित व्यक्तित्वलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।


    प्रतिष्ठानका अध्यक्ष रवीन्द्र लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीका रुपमा रहेका सांसद साँवाले समाजमा बेथिती, अन्याय र भ्रष्टाचारको जालो रहेसम्म शहीदको सपना साकार हुन नसक्ने बताए । समाज रुपान्तरणकालागि सामाजिक एकता अपरिहार्य रहेको भन्दै सांसद साँवाले कनकाईको सुरुङ्गामा शहीदसँग जोडिएको लक्ष्मी मार्ग सडक निर्माणमा ठेकेदार कम्पनी र सडक विभागबाट भएको लापरबाही शहीदप्रतिको अपमान भएको जनाएका छन् । बजेटको व्यवस्थापन भएर ठेक्का सम्झौता भइसकेपछि तोकिएको समय सिमामा कार्य सम्पन्न हुनु पर्ने भन्दै सांसद साँवाले शहीदको सपना साकार पार्ने कार्यमा सबै राजनीतिक दल, सामाजिक संघसंस्थाहरु एक ठाउँमा उभिनु पर्ने बताए ।


    सांसद साँवाले प्रतिष्ठानको नाममा रहेको तीन कठ्ठा जमिनमा भवन निर्माण गर्ने काममा एकजुट हुन सबैलाई अनुरोध गर्दै बजेट व्यवस्थापनमा आफ्ना तर्फबाट तत्काल लाग्ने प्रतिवद्धता जनाएका छन् । प्रतिष्ठानकालागि कनकाई नगरपालिकाका प्रमुख रोजेन्द्र पोखरेलले तीन कठ्ठा जमीन अनुदान दिइएको जनाइएको छ ।


    कार्यक्रममा सहभागीहरुले शहीद डिल्ली गौतमको व्यक्तित्वका बारेमा चर्चा गर्दै अन्याय, अत्याचार र विभेदका विरुद्ध लड्ने क्रममा वि.सं. २०५० को साउन ४ गतेका दिन शहादत भएको बताए । उनी एक लगनशील, मेहनेती, कर्तव्यपरायण र कम्युनिष्ट विचारधाराप्रति गहीरो आस्था राख्ने मजदुर थिए । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय रुपमा हत्या भएको थियो । हत्याकाण्डको विरुद्धमा देशव्यापी शोक फैलिएसँगै हत्याको सत्यतथ्य सार्वजनिक गर्न आन्दोलन चर्किएको थियो । सोही समयमा पार्टीको आयोजनामा झापाको दमकमा स्वतस्फुर्त निस्किएको मजदुरहरुको जुलुश अगाडि बढिरहेको बेला प्रहरीले चलाएको गोली लागेर गौतमले अमरत्व प्राप्त गरेका थिए ।


    प्रतिष्ठानको मातहतमा कनकाई नगरपालिका–१ मा रहेको ३ कठ्ठा जमिनमा आगामी दिनमा सभाकक्ष साथै प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष रवीन्द्र लम्सालले जानकारी दिए ।तालिम केन्द्रमा सिपमुलक विभिन्न तालिम संचालन गर्दै बेरोजगारी युवाहरुलाई स्वरोजगार बनाउँन पहल गर्ने बताइएको छ ।


    शहीदपत्नी देवका र आमा पुण्यवती गौतम लगायत परिवारजन साथै विभिन्न पार्टीका कार्यकर्ता तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा प्रतिष्ठानकी सदस्य मन्जु प्रसाईँले औचित्यसहित स्वागत मन्तव्य राखेकी थिइन् । सचिव विनोद रानामगरले सञ्चालन गरेको कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय कोमलप्रसाद पोखरेल र हेमकला कट्टेल, प्रजापति सामुदायिक वन समूहका अध्यक्ष दलवहादुर वि.क., नेकपा माओवादी कनकाईका अध्यक्ष यामनाथ सेड्याईँ लगायतले शहीदले देखाएको बाटोमा इमान्दारिताका साथ लाग्नुपर्नेमा जोड दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.