Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » डिएसपीकै संरक्षणमा अपहरण र मिटर ब्याज संचालन
    समाचार

    डिएसपीकै संरक्षणमा अपहरण र मिटर ब्याज संचालन

    कनकाई खबरBy कनकाई खबर२०७९ श्रावण ३, मंगलवार १६:२२ गते5 Mins Read

    दमक/ दमकमा डिएसपीकै संरक्षणमा अपहरण र मिटर ब्याज संचालन हुने गरेको खुलासा भएको छ ।

    झापा गाउँपालिका ३ सिमलवाडीका ४० बर्षिय युवा अशोक राईलाई गत शनिबार बिहान चार बजे चेक बाउन्सको मुद्धा लिएर प्रहरी र बाउन्स गराउने समुहनै घरमा पक्रन गर्न पुगेपछि उक्त कुरा सार्वजनिक भएको हो ।

    झापाको दमकलाई बेस बनाएर जुवा खेलाउने र चर्को मिटर ब्याजमा पैसा लगाउनेहरुलाई प्रशासनकै संरक्षण रहेको रहस्य अशोक राईले पत्रकार सम्मेलनमा बताएका हुन ।

    जुवा खेलाउने समुहले आफै उस्काउने र महँगो मिटर ब्याजमा पैसा लगानी गरी चेक काट्न लगाएर चेक बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि मानिसलाई अपहरण कुटपिट समेत गर्ने गरेको पाइएको हो । सो कार्यमा प्रहरीले समेत सहयोग गर्ने गरेको पीडितका परिवारले बताएका छन् ।

    झापा गाउँपालिका–३ सिमलवाडीका ४० वर्षीय अशोक राईको अहिले जुवाले सर्वश्व गुम्नुका साथै ज्यानै जोखिममा परेपछि प्रशासनबाट समेत असुरक्षित भएको भन्दै पत्रकार सम्मेलन गरेपछि जुवा खेलाउने र मिटर ब्याजीलाई प्रहरीकै संरक्षण रहेको रहस्य खुलेको हो ।

    आफूले लिएको पैसाका मिटर ब्याजीहरुले अनेक हत्कण्डा अपनाएर उनलाई घर न घाटको बनाउनुका साथै ज्यानै जोखिममा परेको उनकी श्रीमति र बाबुले बताए ।सोही क्रममा चेक बाउन्सको मुद्दा लिएर प्रहरी र बाउन्स गराउने समुह नै राईलाई पक्रन पुगेपछि गाउँलेसंग झडप भएको थियो । गाउँलेको टोलीले प्रतिकार गर्दा सो समुह भागेको स्थानीय प्रत्यक्षदर्शीले बताए । त्यसपछि मात्र राईका परिवारले जुवा र मिटर व्याज काण्ड थाहा पाएपछि क्रमश जुवाडेका नाम सार्वजनीक हुँदै गएका छन् ।

    केही दिन अघि पिडित राईलाई दमकको एक होटलमा मरणासन्न हुने गरी कुटपिट समेत गरेको उनले बताए । एउटा चेक बनाउन लगाए, “मरणासन्न हुनेगरी कुट्यो, कानको जाली फुटेर बीएण्डसीमा उपचार गराएँ, धरानमा पनि एक साता बसे’, राईले भने, ‘दमकको घरजग्गा, सुरुङ्गाको भिटासँगै भएभरको सम्पत्ती बुझाए ।
    मिटर ब्याजका हिसाबले ४ लाखको ६ लाख बुझाउँदा पनि प्रहरी प्रशासन समेतको संरक्षणमा मिटरब्याजीहरुले लखेटिरहे, अहिले ज्यान नै जोखिममा परेको छ, उनले भने ।

    पक्राउ गर्न आउने दमक–५ का विशाल पौडेल गाउँलेले प्रतिकार गर्दा सामान्य घाइते समेत बनेका छन् । सिभिलमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरिक्षक भीम श्रेष्ठ नेतृत्वको टोली र रकम लिने समुह शनिबार बिहान राईको घरमा विहान ४ बजेको समयमा पुगि जवरजस्ती राईलाई धकेल्दै गाडीमा लैजान खोजेपछि घर परिवार र स्थानीयबासीले प्रतिकार गरेको राईका पिता दिपक राईले बताए ।
    दमकका नामुक जुवा घरका संचालक समेत रहेका पूर्णप्रसाद रिजालले आफुलाई घरमा जुवा खेल्न बोलाई केही पैसा सापट दिएको र पछि मिटर व्याज जोडेर आफुले साँबा र ब्याज रकम तिरिसक्दा समेत थप ८ लाख रुपैँयाको चेक दमकको होटल हाइवेमा लगेर काटन लगाएको पिडित अशोक राईले पत्रकार सम्मेलनमा बताएका छन् ।
    कुटपिटबाट बिरामी भएकाले घरमै औषधि गरेर बसिरहेको बेलामा तिरिसकेको रमकको समेत चेक बाउन्स गरेर प्रहरी समेतलाई आर्थिक प्रभावमा पारेर राती घरमै नियन्त्रणका लागि आएको राईकी श्रीमती कमला लिम्बूले बताइन् ।

    दमकका पूर्णप्रसाद रिजाल, सोम खनाल, कमल खनाल, दुर्गा पौडेल लगायातले मिटर ब्याज सहित खेलाएको जुवा खालबाट आफूले ३ बर्षभित्रमा ५ करोड भन्दा वढी रकम सकाएको राईले बताए ।
    आफुले यस बीचमा दमकमा रहेको घर डेढ करोडमा विक्री गरेको तथा कनकाई नगरपालिका ३ मा रहेको २ कठ्ठा माटो झापा गाउँपालिका ३ मा रहेको १ बिगाह जमिन समेत विक्री गरेर सबै पैसा जुवामा सकाएको पिडित राईले बताएका छन् ।
    सो गिरोहले सुरुमा जतिपनि पैसा सापटी दिने र पछि प्रहरी समेतको संग्लनतामा महगो ब्याज जोडेर चेकमा सहि गर्न लगाउने गरेको पाइएको छ ।

    जुवा खेलाउने गिरोहसँग प्रहरीको राम्रो साँठगाठ समेत रहने गरेको जानकारहरुको भनाई छ । इलाका प्रहरी कार्यालय दमकले आफ्नो क्षेत्राधिकार मिचेर झापा गाउँपालिका ३ सिमलवाडीमा अपहरण शैलीमा विहान प्रहरी पठाएको राई परिवारको गुनासो रहेको छ । यसवारेमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख दिलिप गिरीले उजुरी दमकमा परेका कारण प्रहरी चेक वाउन्सको पक्राउ पुर्जीको कार्यान्वयन गर्न गएको बताए । प्रहरीले त्यहाँको स्थानीय प्रहरीसँग संचार सेटबाट समन्वय गरेको समेत गिरीको भनाई थियो ।


    यता झापामा पछिल्लो समय जुवा र मिटर व्याजको गिरोहहरुका कारण सयौ घरपरिवार विचल्लीमा परिसकेको भन्दै यस्ता अपराधिक समुहको सरक्षण प्रहरीले गरिरहेको राई परिवारले बताएको छ । ‘मसँग भएको सबै सम्पत्ति पनि सकियो अझै पनि चेक बाउन्स भनेर दुख दिने काम भइरहेको छ यही तरिका हो भने हामी परिवारलेनै आत्महत्या गर्नुको विकल्प छैन’, राईले भने ।
    महगो मिटरब्याजको रकम उठाउन प्रहरी र गुण्डाको प्रयोग उक्त गिरोहले गर्ने गरको राईले बताए ।

    महिला माथि प्रहरी ज्यादत्ती

    इलाका प्रहरी कायालय दमकका प्रमुख डिएसपी दिलिप राज गिरिले महिलामाथी ज्यादत्ती गरेकाछन ।
    दमक स्थित आम्दा इन्टिच्यूट अफ हेल्थ साइन्समा प्राध्यापन गर्ने अम्बिका प्रसाई थापा लाई ज्याद्धती गरेको पत्रकार सम्मेलनमा अम्बिकाले जानकारी गराएकी छिन ।

    उनले रातको समयमा आफ्नो छोरालाई होष्टलमा लिन जादा बाटोमै प्रहरीले सडक चेकिङका नाममा दुव्र्यव्हार गरेको बताएकी हुन ।
    रातको समयमा आफु घर बसेकै कपाडामा छोरालाई लिन स्कुटीमा जाँने क्रममा उहाँ प्रहरी चेकिङमा पर्नु भएको थियो । सो बेला आफुले स्कुटरको कुनैपनि कागजात नबोकेको र लाइसेन्स पनि नबोको गल्ती स्विकार गर्र्दै गल्ती गरेकोको सजाय स्वरुप जरिवाना काट्न लगाउँदा पनि नकाटेको प्रसाईको भनाई थियो ।

    घटना विवरण सुनाउँदै उनले भनिन प्रहरीले पहिलै नसोधि स्कुटरको चावी खोसेको र जरिवाना पनि नकाट्ने र प्रहरी कार्यालयमा स्कुटीको सबै कागजपत्र र लाइसेन्स लिएर जादा पनि स्कुटर नछोडेपछि आफुमाथी दुव्र्यवहार भएको प्रसाईको भनाई छ ।

    नेपाल खेलकुद महासघं झापा र राष्ट्रिय यूवा सघं नेपाल झापा कमिटीले संयूक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुद महासघंका अध्यक्ष भवानी बरालले दमक क्षेत्रमा लागु औषध , यौजनज्य क्रियाकलाप , जुवातास , चोरी निकासी व्यवसायीक रुपमै बढिरहेको र यसको नियन्त्रण गर्न प्रहरी असफल भएको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.