Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा वालमनोविज्ञानमा आधारीत“हाम्रो पाठशाला”
    समाचार

    सुरुङ्गामा वालमनोविज्ञानमा आधारीत“हाम्रो पाठशाला”

    ramBy ram२०७५ चैत्र ९, शनिबार ०७:२१ गते4 Mins Read

    राम निरौला \

    कनकाई खबर   \ कनकाई नगरीका शिक्षा प्रेमी अभिभावकहरुको आवश्यकतालाई मध्यनजर गरेर कनकाई नगरपालिका वडा नं.–३ मा वालवालिकाको युग अनुकुल शिक्षा प्रदान गर्ने उद्येश्यले चाइल्ड सेन्टर्ड अत्याधुनिक “हाम्रो पाठशाला” शैक्षिक सत्र २०७६ देखि सञ्चालन हुने भएको छ ।

        लामो समय शिक्षण पेशामा सम्लग्न रहेका स्थानीय शिक्षासेवी अखिलकुमार कोइरालाले सोही पेशामा रहेकी आफ्नी श्रीमति धर्मकला कोइराला र अध्ययनमा गहिरो रुची राख्ने र उच्चमाध्यमिक विद्यालय स्तरीय परीक्षामा विज्ञान संकायमा बोर्ड प्रथम समेत भैसकेकी हाल डेकिन युनिभर्सिटीमा डेटा एनालाइटिक्समा मास्टर्स गरिरहेकी छोरी आस्था कोइराला समेत संस्थापक रहने गरी विद्यालय सञ्चालनमा ल्याउन लागीएको संचालक अखिल कोइरालाले वताएका छन् । कलानिधि शिक्षा प्रतिष्ठान निजि शैक्षिक गुठीद्वारा संचालीत यस विद्यालयमा संचालनको पहिलो वर्ष कक्षा नर्सरी, एल.केजी. र युकेजीका कक्षा संचालन गरिने वताइएको छ ।
    कोइरालासँग भएको ३२ वर्ष लामो शिक्षण अनुभवका साथै विषय वस्तुको गहिरो ज्ञानको भरपुर सदुपयोग गर्दै विद्यार्थीहरुलाई अनुशासन र समय सापेक्ष संस्कारको शिक्षा दिने योजना रहेको वताइएको छ । अवको प्रतिष्पर्धात्मक समयमा अभिभावकहरुको प्रत्यक्ष सहभागिता विना वालवालिकाको शिक्षा पूर्ण नहुने विचार राख्दै संचालक कोइरालाले विद्यालयहरु वालवालिकाको शिक्षाको निम्ति रिसर्च सेन्टर बत्र सक्नु पर्ने तर्फ जोड दिँदै ग्लोवलाइजेशनको यो युगका चुनौतीहरु सामना गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने कार्यमा हरेक शैक्षिक संस्था क्रियाशिल हुनु पर्ने तर्फ कोइरालाले जोड दिएका छन् ।

       आँफूले सञ्चालन गर्ने विद्यालय “हाम्रो पाठशाला” वालवालिकाको शिक्षाको निम्ति रिसर्च सेन्टर बन्ने तर्फ जोड दिँदै संचालक कोइरालाले यस कार्यमा आफ्नै नेतृत्वमा वालमनोविज्ञानमा आधारित शिक्षकहरु सक्रिय रहने वताएका छन् । विद्यालयमा आफ्ना वालवालिकाको अध्ययन र अनुसन्धानमा अभिभावकहरुको सक्रिय सहभागिता हुने जानकारी गराउँदै कोइरालाले आफ्नो शिक्षाको निम्ति विद्यार्थीहरु स्वयं नै अनुसन्धानमा रहने किसिमको नयाँ शैक्षिक पद्धतीको विकास गर्न लागीएको वताएका छन् ।

       तत्कालिन समयमा आर्थिक अवस्था ज्यादै न्युन भएका कनकाई नगरका स्थायीवासी कोइरालाले ३२ वर्ष अघि सुकेडाँगी स्थित जानकी प्राविवाट शिक्षण कार्य प्रारम्भ गरेका हुन् । दैनिक जिविकोपार्जनका लागि अध्ययनसँगै अध्यापनलाई समेत निरन्तरता दिँदै आएका कोइरालाले सुरुङ्गास्थित कनकाई मावि, हरिकुल नमुना मावि, कनकाई बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाहरुमा एक दशकको समय खर्चिएका थिए ।

      त्यसपछिका दिनहरुमा काठमाण्डौ स्थित वाइट हाउस, बर्न हार्ट, लिटल एन्जल्स जस्ता चर्चित क्याम्पस साथै रातो बंगाला, एमविसन एकाडेमी लगायतका शैक्षिक संस्थाहरुमा जिम्मेवारीका साथ शिक्षा सेवामा लामो समय विताएका कोइरालाले अन्ततः आँफू जन्मेको माटोमा आफ्नो अनुभव पोख्न खोजेको वताएका छन् । हाल दुई वर्षदेखी दुर्गापुरस्थित नवयुग शिक्षा निकेतनमा प्रिन्सिपलका रुपमा कार्यरत कोइरालाले नर्सरीदेखी कक्षा १० सम्म अध्ययन अध्यापन हुने गणित र अतिरिक्त गणितका पाठ्य सामाग्रीका रुपमा रहेको किताव समेत प्रकाशित गरिसकेका छन् ।

       शिक्षा जसलाई आवश्यक छ उसको सक्रिय सहभागितालाई व्यवस्थित गर्नै पर्ने तर्क दिँदै कोइरालाले आफ्नै जग्गामा विद्यालय सञ्चालनको लागि निर्माण भएको भवनमा अत्याधुनिक शैक्षिक सामाग्रीको व्यवस्थापन गरेका छन् । सुरुङ्गा जेसीजको भवनवाट थोरै पूर्व रिङ् रोड भित्र एकान्त र सुनसान ठाउँमा रहेको विद्यालय जहाँ वालमैत्री कक्षा कोठाहरु, प्रयोगशाला, वालसुलभ खेल सामाग्रीहरु, वालवालिकाका निम्ति पुस्तकालय सहित अन्य आवश्यक व्यवस्थापनका साथ यहि चैत्र २५ गतेदेखि कक्षा संचालन गर्न लागेको वताइएको छ ।

       ग्लोवलाइजेशनको यो युगमा आफ्ना वालवालिकालाई भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिष्पर्धा गर्न सक्ने गरी कसरी शिक्षित बनाउने भन्ने चिन्ता व्यक्त गर्ने अभिभावकहरुको संख्या शहरोन्मुख कनकाई नगरीमा दिनानुदिन बढ्न थालेपछि यस किसिमको शैक्षिक संस्था संचालनमा ल्याउँन लागेको वताइएको छ । विभिन्न शहरहरुमा अभिभावकहरुको यस्तो चिन्तालाई सम्वोधन गर्ने गरी वालवालिकाको शिक्षाको निम्ति आधुनिक प्रि–स्कुलहरु सञ्चालन हुने गरेका छन् । अझ महानगर र उप–महानगरहरुमा त विभित्र अन्तर्राष्ट्रिय स्कूलका शाखा प्रशाखा नै पनि खुल्ने गरेका छन् । यसका पूर्व प्राथमिक कक्षाहरु मन्टेश्वरी अवधारणाका आधारमा र प्राथमिक तहका कक्षाहरु त्यसैको प्रोग्रेशिभ अवधारणाको आधारमा सञ्चालन हुने वताइएको छ ।

       नेपाल सरकारले वाल–वालिकाको शिक्षाको निम्ति तय गरेको पाठ्यक्रमलाई केन्द्रमा राखेर उनीहरुको “ओभरअल डेभलप्मेन्ट” को लागि ओपन करिकुलम समेत प्रयोग गर्ने तयारी गरि रहेको यो विद्यालयले आठ घन्टे स्कुलिङ्ग गर्ने वुझिएको छ ।
    वालवालिकाको मनोविज्ञानलाई वुझेर शिक्षाको स्तर बढाउन प्रतिबद्ध रहेको यस विद्यालयले कनकाई नगरलाई शिक्षाको गन्तव्य बनाउने स्थानीय सरकारको घोषित लक्ष्य प्राप्तीका लागि एउटा उदाहरण बत्र सक्ने स्थानीयवासी वताउँछन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.