Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माविमा शैक्षिक गुणस्तरसम्बन्धी गोष्ठी
    शिक्षा

    कनकाई माविमा शैक्षिक गुणस्तरसम्बन्धी गोष्ठी

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ३२, शनिबार ११:१७ गते2 Mins Read

    संगीता उप्रेती
    कनकाई खबर/ नमुना विद्यालयको रूपमा प्रस्तावित कन्काई माध्यमिक विद्यालय कनकाई नगरपालिका–३, सुरुङ्गामा ‘उत्कृष्ट विद्यालयका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनार्दन उप्रेती र कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेशनल प्रोग्राम सेन्टरका प्रमख सञ्चालक एवम् विद्यालयमा मनोविज्ञान कार्यक्रमका प्रमुख अभियानकर्ता डा. सुशिल कडेंल, कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतम, मोरङ बेलबारी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव भूपेन्द्र कोइराला र वीरेन्द्र नमुना क्याम्पस भद्रपुरका शिक्षा संकाय प्रमुख प्रेमराज घिमिरेले विद्यालयमा गुणस्तर सुधारमा शिक्षक, प्रधानाध्यापक, अभिभावक, विद्यार्थी र शिक्षा अधिकारीहरूको भुमिका सम्बन्धमा प्रकाश पारेका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको वर्तमान अवस्था, चुनौति तथा भावी लक्ष्यहरू बारेमा प्रस्तुति राखेका थिए भने विद्यालयका पीटीए अध्यक्ष रमेश शेर्पाले ‘विद्यालय सुधारमा अभिभावकको भूमिका’ विषयमा आफ्नो विचार राखेका थिए ।

    त्यस्तै, सो कार्यक्रममा नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत प्रअ कर्णबहादुर डाँगी, सप्रअ हरिप्रसाद तिम्सिना, लेखा प्रमुख चेतन रिजाल, शिक्षकहरू राधादेवी के.सी., लोकन्द्रराज दाहाल र युन्छोक कन्दङ्वालाई ल्यापटप वितरण गरिएको थियो । सो कार्यक्रममा नर्सरीमा अध्यापन गर्ने शिक्षक सुष्मा पाठकलाई ५ हजार नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

    सल्लाहकार डिल्लीराम मैनाली, कनकाई नगर शिक्षा अधिकृत हरिप्रसाद मिश्र, स्रोत व्यक्ति मेदनीप्रसाद पाठक, वि. व्य. स. सदस्यहरु चन्द्रप्रसाद प्रसाई, बालकृष्ण नेपाल, क्रान्ति सुवेदी, लीला प्रसाई (संग्रौला), आमा समूहका संयोजक विनिता प्रसाईं, पीटीए सदस्यहरू, आमा समूहका सदस्यहरू, शिक्षक, कर्मचारी र विद्यार्थी क्लबका प्रतिनिधिहरू गरी १ सय बढीको सहभागिता रहेको कार्यक्रममा सल्लाहकार संयोजक गणेशप्रसाद पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

    शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रम सहायक प्रधानाध्यापक तीर्थराज खरेलले संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.