Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकाबाट ५ पत्रकारसहित एक दर्जन बढी सम्मानित
    समाचार

    कनकाई नगरपालिकाबाट ५ पत्रकारसहित एक दर्जन बढी सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ३१, शुक्रबार २३:२४ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले एक कार्यक्रमका विच पाँच पत्रकारसहित एक दर्जन बढी नगरपालिकाका कर्मचारी, पुर्व जनप्रतिनिधि एवं कृषकलाई सम्मान गरेको छ ।


    नगरपालिकाको आ.व.२०७९÷८० को नीति,बजेट तथा कार्यक्रम सार्वजनिकिकरण तथा सम्मान—पुरस्कार वितरणका अवसरमा पत्रकारसहित एक दर्जन बढी सम्मानित भएका हुन् । यसरी सम्मानित हुने पत्रकारहरुमा राससकी मेचीअञ्चल प्रमुख अम्बिका भण्डारी, कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष एवं पुर्वाञ्चल दैनिक साथै कनकाई खबर साप्ताहिक तथा कनकाई खबर डटकममा समेत आवद्ध पत्रकार तीर्थराज खरेल, आमसंचार डटकमका विनोद पाण्डे, युटुभर दिपेश प्रसाइँ र फेशबुक पेजका मदन संग्रौला रहेका छन् । सम्मानित पत्रकारहरुलाई नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।


    सम्मान ग्रहणपछि सम्मानित पत्रकारका तर्फबाट मन्तव्य राख्दै पत्रकार तीर्थराज खरेलले सम्मानका कारण आँफूमा थप जिम्मेवारीको महसुश भएपनि स्थानीय सरकारका खराब गतिविधिप्रति कलम चलाउँन कुनै गाह्रो नहुने बताए । त्यस्तै सम्मानित पत्रकार भण्डारीले सम्मानबाट थप जिम्मेवारीका साथ खबरदारी गर्ने प्रेरणा जगाएको भन्दै स्थानीय पत्रकार साथै संचार माध्यमका विषयमा नगरपालिकाले नीति निर्माण गरी कार्यान्वय गर्नु पर्ने सुझाव दिएकी छन् ।
    नगरपालिकाबाट सम्मानीत हुनेहरुमा कनकाईको प्रशासनीक भवन निर्माण अनुगमन समितिका सदस्य तथा निवर्तमान वडा नं. १ का वडाअध्यक्ष रोशनराज पोखरेल, नगरमा सबैभन्दा बढी घरबहाल कर तिर्ने सनराइज बैंक सुरुङ्गा, ब्यक्तिगत तर्फबाट घरनक्सा पास दस्तुर वापत धेरै कर तिर्ने शिशिरकुमार पोखरेल, सम्पत्ती कर तर्फ कृष्ण÷प्रेमकुमार गिरी, कृर्षितर्फ भिम सुब्वालाई सम्मान गरिएको थियो । त्यस्तै निर्माण उपभोक्ता समितिका तर्फबाट कनकाई ३ स्थित शान्ती मार्ग निर्माण उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।


    त्यस्तै नगरका कर्मचारीतर्फ नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, कुशल हुमागाई, अनुप रेग्मी, कुलवहादुर गुरुङ, उमानाथ ढकाल, निर्मला बास्कोटा, रुपा बस्नेत, याम अधिकारी, कोपिला अधिकारी, अस्मिता गुरुङ, मनिता राईलगायत नगरका कर्मचारीहरुलाई नगद २० हजारसहित सम्मान गरिएको थियो ।


    त्यस्तै स्थानीय तह निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै तत्कालिन कनकाईका निर्वाचन अधिकृत दिपक कोइराला, सहायक अधिकृत विवेक पाठक सहित कर्मचारीहरु भोजराज आचार्य,लक्ष्मीप्रसाद अधिकारी,अनिल कटुवाल, गोपाल अधिकारी,याम अधिकारी, मीरादेवी चर्माकार लगायतलाई प्रशंसा पत्र प्रदान गरियो ।

    सम्मानीतहरुलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, निवर्तमान उपप्रमुख मञ्जु प्रसाईले सम्मान गरेका थिए । स्वागत उपमेयर शिवाकोटीले गरेको कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, सम्मानीतका तर्फबाट पत्रकार तीर्थराज खरेल र अम्बिका भण्डारी, पूर्व कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्य तथा लेखा समिति संयोजक भगन टुडु, सुशासन समिति संयोजक साबित्रा वर्देवा, वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाई, निवर्तमान उपमेयर प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।


    सोही अवसरमा कनकाई राजपत्र जारी गर्दै नगरपालिकाले ‘कनकाई नगरपालिकाको आर्थिक ऐन,२०७९’ सार्वजनिक गरेको छ । नगरपालिका क्षेत्रमा यहि साउन १ गतेदेखि लागुु हुने गरी ऐन सार्वजनिक भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।


    नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरको नीति, बजेट तथा कार्यक्रमसमेत पारित गरिएको थियो । उपप्रमुख शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.