Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साहित्य चौतारी २४ औँ वर्षमा प्रवेश
    समाचार

    साहित्य चौतारी २४ औँ वर्षमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ३१, शुक्रबार ०५:२३ गते2 Mins Read

    बिर्तामोड \ साहित्य चौतारी झापा आजदेखि २४ औँ वर्षमा प्रवेश गरेको छ । झापाली साहित्यको विकास र प्रवद्र्धनमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको चौतारीले २३ वर्ष बिताएको हो ।

    शुक्रवार चौतारीले २३ औँ वार्षिकोत्सव मनाउँदैछ । झापाको साहित्यिक अभियानको दुई दशकभन्दा लामो यो दौरानमा साहित्य चौतारी कोसेढुंगा सावित भएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ बताउँछन् । २०५६ साल असार ३१ गते साहित्य चौतारीको स्थापना भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको बाहुलीबाट उद्घाटन भएको चौतारीले साहित्य, संगीत, कला, भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

    दिवंगत मातापिता स्व. भीमबहादुर श्रेष्ठ, स्व. पञ्चकुमार श्रेष्ठ र स्व. धनमाया बिमलीको स्मृतिमा देवीभक्त श्रेष्ठ र उर्मिला बिमलीको अग्रसरतामा स्थापना भएको संस्थाले दर्जनौँ प्रतिभाशाली कलाकार जन्माएको छ । ‘साहित्य चौतारीको उर्वर भूमिबाट धेरै प्रतिभाशाली स्रष्टा सर्जक जन्मिएका छन्’, संरक्षक श्रेष्ठले भने, ‘चौतारीले हुर्काई बढाई गरेका प्रतिभाले देशव्यापी चर्चा कमाएको देख्दा गौरवले छाती साँच्चै ठूलो हुन्छ ।’साहित्य चौतारीको काव्यसभाबाट खारिएका धेरै स्रष्टा सर्जक देशभित्र र बाहिर चर्चित छन् । साहित्य चौतारीको गौरवपूर्ण इतिहाससँग जोडिएका धेरै प्रतिभाले राष्ट्रियरुपमा आफूलाई स्थापित गरेको सचिव खगिन्द्रा खुशी बताउँछिन् ।

    साहित्य, संस्कृति, कला र भाषाको संरक्षण अभियानलाई निरन्तरता दिँदै यसवर्ष २३ औँ वार्षिकोत्सव मनाउने चौतारीको योजना छ । वार्षिकोत्सव तथा भानु जयन्तीको अवसरमा यसवर्ष पूर्व क्षेत्रका शास्त्रीय संगीतका विद्वान कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान अर्पण गरिँदैछ ।

    सिंहबाहिनी महिला समूहको नौमती बाजासहित आयोजना हुने कार्यक्रममा ख्याति प्राप्त लोक गायक इलाम निवासी देवीप्रसाद गौतम प्रमुख अतिथिका रुपमा निम्त्याइएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.