Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ठेकेदार कम्पनीको लापरबाहीका कारण कनकाईको लक्ष्मीमार्ग सडक अलपत्र
    समाचार

    ठेकेदार कम्पनीको लापरबाहीका कारण कनकाईको लक्ष्मीमार्ग सडक अलपत्र

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ३०, बिहीबार १२:४० गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालय झापाको मिलेमतोमा सडक निर्माणको कार्य अलपत्र परेको छ ।


    तीन महिना अघि नै निर्माण कार्य सम्पन्न गरी सक्नु पर्ने कनकाई—४ स्थित लक्ष्मी पाण्डेको सालिक हुँदै गौतमचौकसम्म जाने २ हजार १ सय मिटर सडक ठेकेदार कम्पनीको लापरवाहीका कारण हाल सम्म पनि निर्माण सम्पन्न नहुनु जनताको सपनामा कुठाराघात भएको ठहर गर्दै प्रतिनिधि सभा सदस्य एवं झापा क्षेत्र नं.४ का सांसद एलपी साँवा लिम्बूले आपत्ति जनाएका छन् । ठेकेदार कम्पनी साथै सडक डिभिजन कार्यालयको मिलेमतोमा जनतालाई विकासबाट टाढा राख्ने साथै निर्वाचित जनप्रतिनिधिहरुलाई बदनाम गर्ने दुस्प्रयास भएको भन्दै सांसद साँवाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । समयमा काम सम्पन्न नगरी बजेट फरफारकमा हतारिएका निर्माण व्यवसायीहरुले सम्बन्धित निकायसँगको साँठगाँठमा जनतालाई धोका दिन नहुने भन्दै सांसद साँवाले सम्बन्धित निकायबाट सत्यतथ्य बाहिर आउँनु पर्नेमा जोड दिएका छन् ।


    सडक डिभिजन कार्यालय साथै ठेकेदार कम्पनीको लापरवाहीका कारण लक्ष्मी मार्ग सडक खण्ड हाल सम्म पनि निर्माण कार्य सम्पन्न नभएपछि स्थानीय जनप्रतिनिधिसहित उपभोक्ताहरु आक्रोसीत बनेका छन् । सडक कालो पत्रे निर्माणकालागि ६ महिना अघि सडक विभाग दमकबाट सुनकोसी एभरग्रिन कन्स्ट्रक्सन कम्पनीले ठेक्का सम्झौता गरेको हो ।


    सम्झौता अनुसारको काम सम्पन्न नगर्दा झापाको कनकाईमा ठेकेदार कम्पनीको लापरबाही एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् । भर्खरै मात्र कनकाई ३ स्थित सुरुङ्गा खोला पुल हुँदै कनकाई ४ को सिमा सम्मको पंचायत मार्गको कालो पत्रे निर्माणमा समेत स्थानीय ठेकेदार कम्पनीको लापरबाहीका कारण उपभोक्ताको खबरदारी पछि रातारात निर्माण भएको कालोपत्रे सडक पुनः भत्काएर निर्माण गरिएको थियो । हतारोमै तत्काल निर्माण गरिएको पंचायत मार्गको स्थायीत्वका बारेमा स्थानीवासीले दिन गन्न थालीसकेको बताएका छन् ।


    आफ्नो क्षेत्रको विकासमा बजेट व्यवस्थापनकालागि सरकारसँग पौठेजोरी खेलेको दृष्टान्त सुनाउँदै सांसद साँवाले सडक निर्माणमा लागेको ठेक्का—निर्माण कम्पनीले समयमै कार्य सम्पन्न नगर्दा नेताले काम गरेन भन्ने जनताको गुनासो सुन्नु परेको भन्दै दुःख व्यक्त गरेका छन् । संसदमा झगडा गरेर रकम निकासा गरेपनि ठेकेदार गतिलो नपर्दा जनताको गालीजति नेताले खानुपरिरहेको सांसद साँवाले गुनासो पोखे ।


    कनकाईको वडा नं. ४ अन्तर्गत पर्ने सडक खण्ड समयमा निर्माण हुन नसक्दा धेरै वडाबासी मतदाताले चासो दिएर सम्पर्क गरेका कारण वडावासीलाई आँफूले सम्झाउँनै गाह्रो भइसकेको सोही वडाका वडाअध्यक्ष रोशन सुवेदी बताउँछन् । लक्ष्मी मार्ग सडक खण्डमा वडा कार्यालय साथै प्रदेश नं. १ का पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य हिराकुमार थापाको समेत निवास भएकाले सोही सडक खण्डका विषयमा जनताले बढी चासो राख्ने गरेको वडाअध्यक्ष सुवेदी बताउँछन् ।


    यसवारेमा सडक डिभिजन कार्यालय दमकका प्रमुखसँग पटक पटक फोन सम्पर्क गर्न खोज्दा स्विज अफ भएको जानकारी प्राप्त भएको छ । निर्माण कम्पनीका ठेकेदार भरत भट्टराईसँग सम्पर्क गर्दा फोन रिसिभ नभएको साथै एक हप्ताअघि भएको कुराकानीमा तत्काल कालो पत्रे भइहाल्ने जानकारी प्राप्त भएको बताइएको छ । कालो पत्रे गर्न तयारी अवस्थामा रहेको लक्ष्मी मार्ग सडक खण्डमा हाल ढाट लगाएर अवरोध गरिएको छ ।


    सोही वडाका वडाअध्यक्ष सुवेदीसहित पुर्व वडाअध्यक्ष गोविन्द पौडेल, वडा नं.३ का वडासदस्य गोविन्द सुवेदीसहित जनप्रतिनिधिहरु, एमाले कनकाईका ईञ्चार्ज रविन्द्र लम्साल, उपाध्यक्ष विनोद राना, उपसचिव दिपक चापागाईँ , कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष जविन तिम्सिना, समाजसेवी ओम पाठक, सांसद साँवाका स्वकीय सचिव विशाल खनालसहित स्थानीय उपभोक्ताहरुले सडक निर्माणमा भएको ढिलासुस्तीप्रति आक्रोस व्यक्त गर्दै सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.