Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साहित्य चौतारीले आफ्नो स्थापना दिवसलाई संगीत वर्षको रुपमा मनाउने
    समाचार

    साहित्य चौतारीले आफ्नो स्थापना दिवसलाई संगीत वर्षको रुपमा मनाउने

    कनकाई खबरBy कनकाई खबर२०७९ असार २७, सोमबार १८:०७ गते1 Min Read

    कनकाई खबर \ बिर्तामोडमा रहेको साहित्य चौतारीले आफ्नो स्थापना दिवसलाई संगीत वर्षको रुपमा मनाउने भएको छ ।

    २३औं स्थापना दिवस तथा २०९औँ भानु जयन्तीको अवसर पारेर चौतारीले यस वर्षलाई संगीत वर्षका रुपमा मनाउँन लागेको बताइएको छ । यसै अवसरमा संस्थाले शास्त्रीय संगीतका विद्वान प्रशिक्षक कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान अर्पण गर्ने भएको छ ।

    आफ्नो स्थापना दिवसको सन्दर्भमा संगीत वर्षको रुपमा मनाउने र संगीत साधकलाई विशिष्ट सम्मान गर्ने तय गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

    साहित्य चौतारी झापाको स्थापना २०५६ साल असार ३१ गते भएको हो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्य चौतारी झापाको उद्घाटन गरिदिएका थिए ।

    आगामी असार ३१ गते सिंहवाहिनी महिला समूहको नौमती बाजासहित साहित्यकारहरुको र्यालीले बिर्तामोड नगर परिक्रमा गर्ने र सभाहलमा संगीत साधक राईलाई सम्मान अर्पण गर्ने संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

    होटल हिकोला हेरिटेज साहित्य चौतारीको सभाहलमा लोक तथा लोकदोहोरी गायक इलामे श्रष्टा देवीप्रसाद गौतमको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा गायन, नृत्य, कविता वाचनलगायतका साहित्यिक तथा साँगीतिक प्रस्तुति रहने संरक्षक श्रेष्ठले बताए ।

    कार्यक्रम संयोजक तथा साहित्य चौतारी झापाका उपाध्यक्ष दिपक रायमाझीको अध्यक्षता तथा साहित्य चौतारी झापाका साहित्य तर्फका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए । महासचिव खगेन्द्रा खुशीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासाको समाधान संस्थापक संरक्षक श्रेष्ठले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.