Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव अफ सुरुङ्गाको वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार राईलाई
    समाचार

    रोटरी क्लव अफ सुरुङ्गाको वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार राईलाई

    कनकाई खबरBy कनकाई खबर२०७९ असार २६, आईतवार १३:४५ गते2 Mins Read

    कनकाई खबर \ रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ ।


    “हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार” बाट झापाको अर्जुनधारा ७ निवासी यलम्बर टाइम्सका सम्पादक÷प्रकाशक समेत रहेका पत्रकार राई पुरस्कृत भएका हुन् । ग्रामिण क्षेत्रको पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल हुँदै संचारको माध्यमबाट रोटरी क्लवका गतिविधि साथै विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व तहमा रहेर समाज रुपान्तरणमा खेलेको भूमिकाप्रति उच्च मुल्याङकन गर्दै रोटरीले पत्रकार राईलाई सम्मान गरेको जनाएको छ ।


    कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष साथै रोटरी क्लव अफ सुरुङ्गाका सहसचिव समेत रहेका कनकाई नगर क्षेत्रका क्रियाशिल पत्रकार रामप्रसाद निरौला र श्रीमति शान्ता निरौलाले आफ्ना जन्मदाता एवं कर्मदाता बुबाआमा टिकाराम र हेमकला निरौलाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार राई सम्मानित भएका हुन् । सम्मानित पत्रकार छनौटकालागि रोटरी क्लवका तर्फबाट पुर्व अध्यक्ष कुमारमणि पोखरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई साथै दाता परिवारका तर्फबाट रामप्रसाद निरौलासहित तीन सदस्यीय समितिले भुमिका खेलेको बताइएको छ ।


    रोटरी एवम् रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको क्रमशः पाँचौं साथै तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा पत्रकार राईलाई दोसल्ला ओढाएर नगद १५ हजार एक सय सहित सम्मान पत्रबाट सम्मान गरिएको हो ।
    कार्यक्रमका प्रमुख अतिथी रोटरीका निवर्तमान डिस्ट्रिक गभर्नर सन्तोष रिजाल, एजी निकिता गिरी, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाई, निवर्तमान अध्यक्ष सुशीलकुमार श्रेष्ठ, पुर्व अध्यक्ष टिकाप्रसाद जमरकट्टेल लगायतले सम्मान गरेका हुन् । दाता परिवारका तर्फबाट टिकाराम एवं हेमकला निरौला, रामप्रसाद एवं शान्ता निरौला, सार्थक र समृद्धि निरौलासहित परिवारका सदस्य तारानिधि दवाडीले पत्रकार राईलाई सम्मान गरेका हुन् । कार्यक्रममा पत्रकार राईका बिषयमा पुरस्कार दाताका तर्फबाट राम निरौलाले चर्चा गरेका थिए ।


    रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष खेमप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान डिस्ट्रीक गर्भनर सन्तोष रिजालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एजी निकिता गिरीसहित रोटरी साथै रोट्रयाक्ट क्लवका अन्य शाखाका अध्यक्ष साथै पदाधिकारीहरु, विभिन्न सामाजिक साथै स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । क्लवका प्रेसिडेन्ट इलेक्ट शिवकुमार कडेलले स्वागत गरेको कार्यक्रमको संचालन रोटरी र रोट्रयाक्ट क्लवका सचिवद्वय क्रमशः मेनुका उप्रेती र सारिका गिरीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.