Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘दुई वर्ष भित्रमा आवश्यक्ता हेरेर नगरवासी सबै कृषकलाई सिंचाई मोटर उपलव्ध हुन्छ’ ः नगर प्रमुख पोखरेल
    समाचार

    ‘दुई वर्ष भित्रमा आवश्यक्ता हेरेर नगरवासी सबै कृषकलाई सिंचाई मोटर उपलव्ध हुन्छ’ ः नगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०७९ असार २२, बुधबार ०६:२० गते2 Mins Read

    कनकाई खबर \ कृषि क्षेत्रलाई प्राथमिक्तामा राखेको झापाको कनकाई नगरपालिकाले नगरवासी कृषकलाई सिंचाई मोटर निशुल्क वितरण गरेको छ ।


    दुई वर्ष भित्रमा कनकाईका आवश्यक पर्ने सबै कृषकलाई सिंचाई मोटर उपलव्ध गराउँने लक्ष्य लिएको कनकाई नगरपालिकाले मंगलवार एक विशेष कार्यक्रमका विच १ सय १० वटा सिंचाई मोटर निशुल्क रुपमा वितरण गरेको बताइएको छ ।


    कृषिमा आत्मनिर्भर बनेका नगरवासी कृषकहरुको पहिचान गरी यस अघि नै ३ सय ४० वटा सिंचाई मोटर वितरण गरिसकेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । नगर प्रमुख पोखरेलका अनुसार मोटर वितरण गर्नु पूर्व पनि नगर र वडाको कृषि समितिले अनुगमन गरेर कृषक छनौट गरेको थियो, अब मोटर जडानमा पनि अनुगमन हुने छ । नगरले बनाएको मापदंण्डका आधारमा मोटर वितरण गरिएको हो । मोटर पाउनको लागि कृषकले पहिले नै बोरिङ गरेको हुनुपर्ने हुन्छ तर प्राविधिक कारणले बोरिङ जडानको काम नभएको भए तुरुन्त जडान गर्नुपर्ने साथै १ सय ५० मिटर भन्दा कम दुरीमा विद्युत लाईन भएको हुनु पर्ने लगायतको मापदंण्ड रहेको बताइएको छ ।


    आ.व. २०७९÷८० मा कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको कनकाईले प्रत्येक वडामा अनुगमन गरी अनुदानमा सिंचाई मोटर वितरण गरेको साझेदारी कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजनाका कार्यक्रम संयोजक हरि सिलवालले बताए ।


    कनकाईमा ९ वटै वडाका कृषकलाई सिंचाई सुविधा उपलब्ध गराउँने उद्येश्यका साथ कृषकको पहिचान गरी यस पटक थप सिंचाई मोटर वितरण गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिए । यसका साथै कनकाई नगरवासी कृषकको उत्पादनलाई बजारीकरण गर्ने कार्यकालागि समेत नगरपालिकाले थप नयाँ योजना ल्याउँन लागेको नगर प्रमुख पोखरेल बताउँछन् ।


    लोडसेडिङको समस्या झेलिरहेका कनकाई नगरवासीकालागि नगरपालिकाको पहलमा आवश्यक्ताअनुसार ट्रान्सफरमरको व्यवस्था भइरहेको बताउँदै नगर प्रमुख पोखरेलले विद्युत प्राधिकरणसँगको साझेदारीमा निर्माण भइरहेको मार्टस लाइट र सिटी लाइटलाई अबको डेड महिना भित्रमा संचालनमा ल्याएर कनकाईलाई उज्यालो नगरी घोषणा गर्ने बताए् ।


    नगर प्रमुख पाखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा नं. १ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, वडा नं. ४ का वडाअध्यक्ष रोशन सुवेदी, वडा नं. ६ का वडाअध्यक्ष दीर्घवहादुर थापा, वडा नं.७ का वडाअध्यक्ष भीष्म सिटौला, वडा नं. ८ का वडाअध्यक्ष लीलावहादुर कटुवाल लगायत अन्य जनप्रतिनिधिसहित, कनकाईका कृषि शाखा प्रमुख यदु उप्रेती, पशुपंक्षी तथा मत्स्यपालन सेवा केन्द्र कनकाईका प्रमुख तेजवहादुर पौडेल, सामुदायिक सहजकर्ता इन्दिरा गिरी, ग्रामिण कृषि तथा पशु स्वास्थ्य उद्यमी छत्रमाया लम्साल सहित परियोजनाका सहजकर्ताहरुको सहभागीता रहेको थियो ।


    कनकाई नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा अभियान नेपालको सहजीकरणमा कनकाईका कृषकलाई मोटर वितरणसहित कृषि तथा पशुपालनका क्षेत्रमा महत्वपूर्ण कार्यक्रम संचालन भइरहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.