Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा धान दिवस : कतै सामुहिक रोपाईं, कतै हिले दौड
    राष्ट्रिय

    झापामा धान दिवस : कतै सामुहिक रोपाईं, कतै हिले दौड

    कनकाई खबरBy कनकाई खबर२०७९ असार १५, बुधबार १६:०० गते2 Mins Read

    झापा \ नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशको अर्थतन्त्र उकास्नका लागि कृषिमा पनि जोड दिनुपर्ने बताएका छन् ।

    आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९औँ राष्ट्रिय धान दिवसको अवसरमा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज कोइरालाले यस्तो बताएका हुन् । कोइरालाले कृषिमा आत्मनिर्भर बन्न पनि कृषि क्रान्ति गर्न जरुरी रहेको बताए ।

    धान दिवस कार्यक्रममा एमाले नेताहरु कोइराला, केन्द्रीय सल्लाहकार परिसद् सदस्य विष्णु प्रसाई, प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, एमाले नगर कमिटी अध्यक्ष राजु पोखरेल, १३ नम्बर वडाध्यक्ष कृष्णराज सिग्देल लगायतले धान रोपेर मनाएका छन् ।

    अखिल नेपाल किसान महासंघ मेचीनगर अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षता र महासंघका जिल्ला सदस्य ताकेन्द्र तामाङले सञ्चालन गरेका थिए ।

    कृषिमा यान्त्रिकीकरण आजको आवश्यकताः मन्त्री दर्लामी

    यसैबीच, प्रदेश १ का कृषिमन्त्री झलकसिंह दर्लामीले परम्परागत खेती प्रणालीलाई यान्त्रीकरण गर्न सकेमात्र कृषकको आम्दानीमा वृद्धि हुने बताएका छन् ।

    कमल गाउँपालिकाको आयोजना तथा लखनपुर साना किसान कृषि सहकारी संस्था र मूल कृषक समूहको व्यवस्थापनमा कमल गाउँपालिका वडा नम्वर ७ मा लालधन्द्रामा सम्पन्न १९औं राष्ट्रिय धान दिवसमा मन्तब्यका क्रममा मन्त्री दर्नालले यस्तो बताएका हुन् ।

    ‘नेपालमा दुई तिहाई जनता कृषि पेशामा आवद्ध भए पनि वर्षेनी धान चामल लगायतका खाद्यान्न आयत गरिरहेका छौं । हिजो बुबाले गरेको निर्वाहमुखी खेती नै आजको पुस्ताले पनि पछ्याई रहेको कारण कृषक धनी हुन नसकेका हुन्’ मन्त्री दर्लामीको भनाई छ ।

    कृषकको प्रगति र उन्नति नभएसम्म गाउँपालिकाको विकास सम्भव छैन भन्दै गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यसैकारण नयाँ प्रविधि भित्राएको बताए ।

    नयाँ प्रविधि मार्फत धान रोप्दा लागत घट्ने र उत्पादनमा समेत वृद्धि हुने भएकोले नयाँ प्रविधिबाट धान रोपेको अध्यक्ष राईले बताए ।

    निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिकीकरण गर्नतर्फ गाउँपालिका लागिपरेको जनाउँदै गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले कृषकलाई व्यासायिक बनाउँदै रसायनिक विषदीको प्रयोगलाई घटाउँदै आग्र्यानिक उत्पादनतर्फ कमल गाउँपालिका लागेको बताइन् ।

    यसैबीच, राष्ट्रिय धान दिवसको अवसरमा भद्रपुर नगरपालिका कृषि शाखाको संयोजनमा भद्रपुर २ स्थित कमलधाप क्षेत्रमा रोपाईं गरिएको छ ।

    मार्गदर्शक महिला कृषि सहकारीको आयोजनामा भएको धान दिवसमा नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, वडा सदस्य द्रोणप्रसाद कोइराला लगायत जनप्रतिनिधिहरूले धान रोप्दै मनाएका हुन् । सो अवसरमा हिले दौडसमेत सम्पन्न गरिएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.