Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विविध कार्यक्रमका साथ कनकाईमा मनाइयो धान दिवस
    समाचार

    विविध कार्यक्रमका साथ कनकाईमा मनाइयो धान दिवस

    कनकाई खबरBy कनकाई खबर२०७९ असार १५, बुधबार १४:४२ गते2 Mins Read

    कनकाई खबर / “धानवालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनामा सहयोग” भन्ने मूल नाराका साथ झापाको कनकाईमा राष्ट्रिय धान दिवस मनाइएको छ ।

    कनकाई नगरपालिका र कारितास नेपालको विशेष सहयोगमा राष्ट्रिय धान दिवसको कार्यक्रम सम्पन्न भएको हो । कनकाई ५ स्थित जैविक आई.पि.एम.कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल एवम् उपप्रमुख आशा शिवाकोटीले हिलोमा छुपु—छुपु धान रोपेर धान दिवसको उद्घाटन गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले कनकाईमा कृषकको उत्पादन र बजारीकरणलाई विशेष जोड दिँदै अघि बढ्ने योजना रहेको बताएका छन् । आ.व.२०७९/८० मा कनकाई नगरपालिकाको तर्फबाट कृषिलाई नै प्राथमिक्तामा राखेर बजेट विनियोजन गरेको बताउँदै नगर प्रमुख पोखरेलले नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउँने अभियान चलाएको बताए । पछिल्लो समय कारितास नेपालसँगको सहकार्यमा कनकाई नगरपालिकाले कृषकहरुलाई जैविक खेती तर्फ अघि बढ्न प्रेरित गरेको बताइएको छ ।

    “आइ.पि.एम. प्रविधि अपनाऔं, दिगो कृषि विकासमा टेवा पुर्याऔं” भन्ने अभियानका साथ अघि बढेको कारितास नेपालले कनकाई नगरपालिकासँगको सहयोगमा विभिन्न सचेतनामुलक गतिविधि, आयआर्जनसँग जोडिएका सिपमुलक कार्यक्रमसहित कृषि उत्पादनमा टेवा पुग्ने किसिमका कार्ययोजना संचालन गर्दै आएको कारितास नेपाल क्षेत्रीय कार्यालय दमकका कार्यक्रम व्यवस्थापक देवेन्द्र पोखरेलले जानकारी दिए । कारितासले कनकाईको वडा नं.३,४,५ र ८ मा विभिन्न कृषि समूह गठन गरी कृषकहरुलाई जैविक खेती तर्फ लाग्न प्रोत्साहन गरेका कारण कृषिबाट नै जिविकोपार्जनमा सहज हुँदै गएको स्थानीयवासी बताउँछन् । स्थानीय स्तरमा कृषकहरुको सक्रियतालाई मध्यनजर गर्दै कारितास नेपालको पहलमा कनकाईको वडा नंं. ८ र वडा नं.५ मा कृषि समूह नै दर्ता गरेर कृषकहरु क्रियाशिल बन्दै आएको बताइएको छ ।

    आयोजक समितिकी अध्यक्ष गायत्रा सुवेदीको सभापतित्व रहेको कार्यक्रममा कारितास नेपाल क्षेत्रीय कार्यालय दमकका कार्यक्रम व्यवस्थापक देवेन्द्र पोखरेलले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा कृषकहरुलाई आवश्यक कृषि सामाग्री समेत वितरण गरिएको कारितास नेपाल कनकाईका प्रमुख विवेक शिवाकोटीले जानकारी दिए ।

    कनकाईका कृषि शाखा प्रमुख यदु उप्रेतीले धान दिवसको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई ५ का वडाअध्यक्ष कृष्णवहादुर राई, कनकाईका प्रशासन शाखा प्रमुख विवेक भण्डारी लगायतले परम्परागत कृषि प्रणालीमा परिवर्तनको आवश्यक रहेको बताए । धानदिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीय अगुवा कृषकहरुसहित, कनकाई वडा नं.५ का जनप्रतिनिधि, कर्मचारीसहितको उपस्थिती रहेको बताइएको छ । कार्यक्रमको संचालन कारितास नेपाल क्षेत्रीय कार्यालय दमकका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.