Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको पीटीए अध्यक्षमा शेर्पा
    समाचार

    कनकाईको पीटीए अध्यक्षमा शेर्पा

    कनकाई खबरBy कनकाई खबर२०७९ असार १४, मंगलवार ०७:१८ गते2 Mins Read

    संगीता उप्रेती,
    कनकाई खबर / नमुना विद्यालयका रूपमा प्रस्तावित कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयको अभिभावक भेलाले शिक्षक अभिभावक संघ (पीटीए) अध्यक्षमा रमेश शेर्पा (दावा शेर्पा) लाई सर्वसम्मत चयन गरेको छ ।

    विभिन्न गैरसरकारी तथा सामाजिक संस्थाका आबद्ध रही क्रियाशिल सामाजिक अगुवाको छबि बनाएका शेर्पा सोही विद्यालयका पूर्व विद्यार्थी पनि हुन् । सञ्चारकर्मी र कविको रूपमा आफ्नो परिचय बनाएका शेर्पा विद्यमान कानुन, नियम र नियमावलीको परिधिभित्र रहेर पनि शिक्षक, अभिभावक, विद्यार्थी, शैक्षिक अभियन्ता र सरकारी तथा गैरसरकारी संस्थाको समन्वयात्मक प्रयत्नबाट धेरै सुधारका काम गर्न सकिने प्रतिबद्धताका साथ शैक्षिक गुणस्तर अभिवृद्धिमा भूमिका खेल्न पीटीएमा आबद्ध बनेको बताउँछन् । सो भेलाबाट पीटीए सदस्यमा दीपक पाण्डे, खगमाया चापागाईं, निर्मलादेवी भट्टराई, लोकेन्द्रराज दाहाल, दुर्गा पौडेल (प्रसाई), राजन पराजुली, राम घिमिरे र मीना खतिवडा चयन भएका छन् । पीटीएमा पदेन सदस्यका रूपमा विव्यस अध्यक्ष र प्रअ समेत रहने प्रावधान छ ।

    त्यसै गरी, भेलाले विनिता प्रसाईंको अध्यक्षतामा १५ सदस्यीय आमा समूह पनि गठन गरेको छ । आमा समूहको उपाध्यक्षमा मुना मैनाली (गौतम), सचिवमा प्रमिला उप्रेती र कोषाध्यक्षमा मेनुका शिवाकोटी चयन भएका छन् । सदस्यमा सीता अधिकारी, सरिता खवास, बबिता भट्टराई (नेपाल), सुशान्ति लिम्बू, गीता चिमरिया (पराजुली), जमुना अधिकारी, लक्षिमा दवाडी, गीता नेपाल, सावित्रा कटुवाल (रायमाझी), लक्ष्मी थपलिया र पुष्पा सिटौला रहेका छन् । त्यस्तै, आमा समूहको सल्लाहकार समितिको संयोजकमा पम्फादेवी विश्वकर्मा, सचिवमा कृष्णकुमारी तुम्बाहाम्फे, सदस्यहरूमा कमला ठटाल, सीतादेवी भट्टराई र सरिता बस्नेत चयन भएको विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रप्रसाद प्रसाईंले जानकारी दिए । पीटीए र आमा समूहको नेतृत्व सर्वसम्मत चयनका लागि विद्यालयका सहायक प्रअद्वय हरिप्रसाद तिम्सिना र चन्द्रप्रसाद शिवाकोटी, आधारभूत तह संयोजकद्वय खड्गप्रसाद आचार्य र खेमराज भट्टराई, विशेष शिक्षा संयोजक जीतबहादुर बस्नेत, विज्ञान समूह संयोजक साजनकुमार लिम्बू लगायतले सहजीकरण गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षतामा भएको भेलामा विद्यालय–समुदाय सम्बन्ध समितिका संयोजक एवम् शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले स्वागत मन्तव्यसहित भेलाको औचित्यमाथि प्रकाश पारेका थिए । भेलाले प्रधानाध्यापक कर्णबहादुर डाँगीद्वारा प्रस्तुत विगतको समीक्षा, वर्तमान अवस्थाको चित्रण र भावी लक्ष्य समेटिएको प्रगति प्रतिवेदन र पीटीए अध्यक्ष नेत्रप्रसाद प्रसाईद्वारा प्रस्तुत विद्यालयको आ.व. २०७७/ ०७८ को सामाजिक परीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

    कार्यक्रममा नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा पाठकले नानीबाबुहरूको पठनपाठनमा आमाहरूको महत्वपूर्ण भूमिका हुनेमा जोड दिएकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालयका सूचना अधिकारी तीर्थराज खरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.