Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकामा विपन्नलाई ६०३ आवास हस्तान्तरण
    समाचार

    झापा गाउँपालिकामा विपन्नलाई ६०३ आवास हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०७९ असार १४, मंगलवार ०६:४८ गते2 Mins Read

    झापा \ सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत साहारा नेपाल, ह्याविट्याट फर ह्युमानिटी र झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा ६०३ वटा आवास निर्माण भएका छन् ।

    सो गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा १३०, २०२१ मा ११३, २०२१ मा ११५ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको छ । तीमध्ये केही सम्पन्न हुन बाँकी रहेका छन् । आइतवार झापा गाउँपालिकास्थित कुमरखोदमा आयोजित अन्तरक्रिया कार्यक्रममा टिम लिडर टीकाप्रसाद कँडेलले घर निर्माण सम्बन्धी तथ्याङ्कको बिवरण प्रस्तुत गरेका हुन् । सुरक्षित आवासका लागि पालिका स्तरीय परियोजना, सल्लाहकार समितिको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा सुरक्षित आवास कार्यक्रमका टिमलिडर कडेलले विपन्न वर्गका लागि सुरक्षित, बलियो र पर्याप्त आवास निर्माण गर्ने सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाको उद्देश्य रहेको जनाए ।

    परियोजनाले गरिबीको रेखामुनी रहेका अति विपन्न, गरीब, घरविहीन, सुकुम्बासी, पिछडिएका, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका ब्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गर्दै आएको जनाइएको छ । कार्यक्रममा त्रिपक्षीय साझेदारीमा बनेका सुरक्षित आवासका बारेमा जानकारी दिइएको थियो ।

    गाउँपालिका अध्यक्ष जयनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा साहारा नेपालका संरक्षक डिल्लीराम सिटौला, ह्याविट्याट फर ह्युमानिटीका सिनियर अप्रेशन मेनेजर रामसिंह दनुवारलगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा ह्याविट्याट नेपालका सिनियर अप्रेशन मेनेजर दनुवारले ह्याविट्याट नेपालले विपन्न आवास निर्माण गर्दा नयाँ–नयाँ कार्यक्रम लिएर आएको बताए । अहिले आवाससँगै शौचालयसमेत निर्माण गर्ने अभियान लिएको बताउँदै अझै नयाँ केही गर्ने योजना रहेको जानकारी दिए ।

    कार्यक्रममा वडा नम्बर १ र ७ वडाध्यक्ष राजकुमार यादव र सखीचन्द्र ठाकुरले आफ्नो वडामा धेरै विपन्न मानिसहरुको बसोबास रहेकाले आवास निर्माणमा सहकार्य निरन्तर हुनुपर्ने बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष साहले विपन्नको आवास निर्माणमा संस्थाहरुको सहयोगको प्रशंसा गरे । गाउँपालिकाले नेपाल सरकारसँग पहल गरेर एउटा आवास निर्माण गर्नका लागि सशर्त अनुदानसमेत प्राप्त गरेको अध्यक्ष साहाले जानकारी दिए ।

    सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा काम गर्दै आएको सहारा नेपालका लेखा अधिकृत राजु गिरीले बताए । उनले झापा, मोरङ, सुनसरी र उदयपुरमा साझेदारीमा परियोजनाले आवास निर्माण गर्दै गरेको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.